प्युठान। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्युठान प्रदेश निर्वाचन क्षेत्र ‘ख’ मा रोचक प्रतिष्पर्धा हुने देखिन्छ ।
माओबादि केन्द्र र राष्ट्रीय जनमोर्चा सहित गठवन्धनले यहा नेपाली कांग्रेसका क्षेत्रीय सभापती सरोज थापा (रोज राणा)लाई मैदानमा उतारेको छ भने एमालेले केन्द्रीय सदस्य हरिप्रसाद रिजाललाई दोश्रो पटक अबसर दिएको छ।
चलचित्र निर्माता समेत रहेका रोज राणा पहिलो पटक सांसदको चुनाब लड्दैछन। रिजाल भने २०७४ को निर्वाचनमा प्रदेश ‘क’ बाट चुनाब जितेर प्रदेश मन्त्री समेत भएका थिए।
कांग्रेस नेता थापा पार्टीभित्रका युवा नेता हुन्। रिजालसंग जिल्ला पार्टीको नेतृत्व र तत्कालिन जिल्ला बिकास समितीको उपसभापती भएको अनुभव छ। प्रदेश सरकारमा मन्त्री हुँदा रिजालले प्रभावकारी संसदीय भूमिका निभाएको जिल्लाबासी चर्चा गर्छन ।
यी दुवै उम्मेदवारहरु अहिले भोट माग्दै मतदाताको घरदैलोमा पुगिरहेका छन् । यद्दपी, मतदाताले कस्लाई रुचाउने छन् त्यसको फैसला मंसिर ४ ले गर्नेछ ।