• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • २. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

  • ३. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ४. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ५. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ६. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ७. राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

  • ८. बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

  • ९. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • १०. रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा


  •   शुक्रबार, असोज ०२, २०८३ मा प्रकाशित
  • प्यूठान। जिल्लाको गौमुखी गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ । १९ करोड ३ लाख ४५ हजार ५५२ रुपैयाँ लागतमा निर्माण भएको अस्पतालको शुक्रबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरेका छन् ।
    अस्पतालको उद्घाटनसँगै स्वास्थ्य सेवा पनि सुरु भएको छ । अस्पताल सञ्चालनमा आएपछि गौमुखी तथा आसपासका क्षेत्रका नागरिकलाई सामान्य उपचार र स्वास्थ्य परीक्षणका लागि अन्यत्र जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ ।
    अस्पताल उद्घाटन कार्यक्रममा मुख्यमन्त्री आचार्यले दुर्गम क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेश सरकारले स्वास्थ्य पूर्वाधार निर्माण र सेवा विस्तारलाई प्राथमिकता दिएको बताए। अस्पतालका लागि आवश्यक जनशक्ति, उपकरण र औषधिको व्यवस्थापनमा सहयोग गर्ने उनले बताए ।
    ‘डाक्टरहरूलाई सहरमुखी होइन, गाउँमुखी बनाउन हामीले ध्यान दिएका छौं,’ उनले भने, ‘सुगम ठाउँभन्दा दुर्गम ठाउँलाई प्राथमिकतामा राखेर प्रदेश सरकार अघि बढिरहेको छ ।’ कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दीपेन्द्र पुनले अस्पताल सञ्चालनसँगै जनशक्ति र उपकरण व्यवस्थापन चुनौतीपूर्ण रहेको बताए । गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीले अस्पताल सञ्चालनमा आएपछि स्थानीयले आधारभूत स्वास्थ्य सेवा गाउँमै पाउने बताए ।
    प्यूठानका नौ स्थानीय तहमध्ये तीन स्थानीय तहमा आधारभूत अस्पतालका भवन निर्माण सम्पन्न भएका छन् । थप तीन स्थानीय तहमा भवन निर्माणको काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।
    सो अवसरमा गाउँपालिकाले अस्पतालका लागि आवश्यक जनशक्ति र उपकरण व्यवस्थापनसहित विभिन्न आयोजनालाई प्राथमिकतामा राखेर बजेट व्यवस्था गर्न मुख्यमन्त्रीसमक्ष माग गरेको थियो ।

    Advertisement

    शुक्रबार, असोज ०२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान
    आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन
    नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • २.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ४.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ५.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ६.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    भर्खरै

    • १.
      प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    • २.
      धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

    • ३.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

    • ४.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    • ५.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ६.
      कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

    • ७.
      बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

    • ८.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation