काठमाडौं । नेकपा एमालेले मंसिरको पहिलो साता राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकले मंसिर २६ गते वडा र पुस ४ गते पालिका अधिवेशन गर्ने निर्णयसमेत गरेको छ।
बैठकपछि निर्णय सार्वजनिक गर्दै उपमहासचिव लेखराज भट्टले राष्ट्रिय भेलामा प्रदेश तथा जिल्ला पदाधिकारी, पालिका अध्यक्ष–उपाध्यक्ष र संघ, प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि सहभागी हुने जानकारी दिए । उनका अनुसार राष्ट्रिय भेलामा पार्टीको सांगठनिक अवस्था र आगामी गतिविधिबारे छलफल हुनेछ ।
यसैगरी, एमालेले मधेश प्रदेशमा समानुपातिकतर्फ रौतहटबाट प्रतिनिधित्व गर्ने जैनव खातुनको निधनपछि रिक्त स्थानमा नाजमा खातुनलाई पठाउने निर्णय गरेको छ। भट्टका अनुसार बन्दसूचीको क्रम संख्या ४० मा रहेकी धनुषाकी नाजमा खातुनलाई मापदण्डअनुसार रिक्त स्थानमा पठाउने निर्णय भएको हो ।
एमाले स्थायी कमिटी बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्नेछ ।
एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
Advertisement
तपाईको प्रतिक्रिया