प्यूठान । झिमरुक गाउँपालिका–२ का दीपक एमसी कक्षा ७ मा पढ्दै गर्दा बुबा गुमाए। बाल्यकालमै अभिभावकको सहारा गुमे पनि उनले पढाइलाई निरन्तरता दिए।
परिवारको कमजोर आर्थिक अवस्थाका कारण उच्च शिक्षा पढ्दै गर्दा उनले बोर्डिङ विद्यालयमा पढाउन थाले। सुरुवातमा जीविकोपार्जनका लागि रोजेको शिक्षण पेसा विस्तारै उनको रुचि र लक्ष्य बन्दै गयो।
निरन्तरको मेहनतपछि २०७१ सालमा उनी प्राथमिक र माध्यमिक दुवै तहको शिक्षकका लागि सिफारिस भए। उनले माध्यमिक तह रोजे र अंग्रेजी विषय अध्यापन सुरु गरे।
शिक्षक बनेपछि पनि उनले आफ्नो योग्यता र क्षमता बढाउने प्रयास जारी राखे। २०८१ सालको आन्तरिक प्रतिस्पर्धात्मक परीक्षामा वैकल्पिक उम्मेदवार बने पनि उनले प्रयास छाडेनन्।
यही निरन्तर प्रयासको परिणामस्वरूप उनी अहिले माध्यमिक तह द्वितीय श्रेणीमा बढुवाका लागि सिफारिस भएका छन्।
दीपकको सफलताको अर्को संयोग पनि छ—आज उनी आफूले पढेको झिमरुक–२, बाँदीकोटस्थित श्री बलभद्र माध्यमिक विद्यालयमै शिक्षकका रूपमा अध्यापन गराइरहेका छन्।
विद्यार्थी बनेर देखेको सपना, त्यही विद्यालयमा शिक्षक बनेर पूरा गर्दैछन् दीपक।
बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्यायो
बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्यायो
Advertisement
तपाईको प्रतिक्रिया