बुटवल । बुटवल–९ मिलनचोकमा रहेको तीनतले घरसहितको जग्गा आफूहरूको जानकारीबिनै कम मूल्यमा लिलामी गरिएको भन्दै पीडित परिवारले लुम्बिनी विकास बैंकको देवीनगर शाखाअगाडि धर्ना दिएका छन्।
लक्ष्मी विष्ट पौडेलको नाममा रहेको उक्त घरजग्गा बैंकले ५३ लाख रुपैयाँमा लिलामी बिक्री गरेको परिवारको दाबी छ। परिवारका अनुसार उक्त सम्पत्तिको वास्तविक मूल्य १ करोड २५ लाख रुपैयाँभन्दा बढी छ। परिवारले बैंककै मूल्यांकनअनुसार घरजग्गाको मूल्य ८१ लाख ९१ हजार रुपैयाँ कायम गरिएको जनाएको छ। तर, मूल्यांकनभन्दा पनि कम रकममा सम्पत्ति लिलामी गरिएको भन्दै उनीहरूले आपत्ति जनाएका छन्। ऋण चुक्ता गर्ने विषयमा बैंकसँग छलफल र समन्वय भइरहेका बेला आफूहरूलाई पर्याप्त जानकारी नदिई घरजग्गा लिलामी गरिएको पौडेलको गुनासो छ।
आफ्नो नाममा रहेको करोडभन्दा बढी मूल्यको सम्पत्ति कम रकममा लिलामी गरिएको भन्दै उनले लिलामी प्रक्रिया, सम्पत्तिको मूल्यांकन र बैंकको भूमिकामाथि प्रश्न उठाएकी छन्। लिलामी प्रक्रिया पुनरावलोकन गरी आफूहरूको समस्या सम्बोधन गर्नुपर्ने माग गर्दै पीडित परिवारले सोमबार बुटवल–११ देवीनगरस्थित लुम्बिनी विकास बैंकको शाखा कार्यालयअगाडि धर्ना दिएका हुन्।
परिवारले लिलामी प्रक्रिया र सम्पत्तिको मूल्यांकनबारे बैंकसँग स्पष्ट जानकारी माग गर्दै न्यायोचित समाधानको माग गरेको जनाएको छ।
५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना
५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना
Advertisement
तपाईको प्रतिक्रिया