प्युठान । विशेषज्ञ चिकित्सक डा. सन्तोष केसीको आगमनसँगै बिजुवार अस्पतालमा प्रसूति सेवा लिनेको संख्या बढेको छ। पछिल्लो एक महिनामा मात्रै अस्पतालमा १८० जनाले प्रसूति सेवा लिएका छन्।
अस्पतालको प्रसूति विभागकी इन्चार्ज सवित्रा गौतमका अनुसार १८० जनामध्ये १९ जनाको शल्यक्रिया (सिजेरियन) मार्फत प्रसूति गरिएको छ। १५१ जनाको सामान्य प्रसूति भएको छ भने जटिल प्रकृतिका १० जना प्रसूतिको समेत अस्पतालमै व्यवस्थापन गरिएको छ।
प्युठानकै बासिन्दा रहेका डा. केसीले जिल्लाका नागरिकलाई सम्भव भएसम्म आफ्नै जिल्लामा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताललाई स्वेच्छिक रूपमा सहयोग गर्दै आएका छन्। उनले यसका लागि पारिश्रमिकसमेत नलिने जनाइएको छ।
विशेषगरी प्रसूति र आकस्मिक अवस्थाका बिरामीलाई समयमै विशेषज्ञ सेवा उपलब्ध गराउने तथा अनावश्यक रेफर रोक्ने उद्देश्यले डा. केसीले अस्पतालमा निरन्तर सेवा दिइरहेको अस्पतालले जनाएको छ।
विशेषज्ञ जनशक्तिको उपलब्धता, सेवा विस्तार र स्वास्थ्यकर्मीबीचको समन्वय बढेसँगै जिल्लामै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने वातावरण बन्न थालेको अस्पतालको भनाइ छ।
बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा
बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा
Advertisement
तपाईको प्रतिक्रिया