रसुवा । रसुवाको स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसन बनाउने काम सुरु भएको छ ।
७६ मिटर लामो बेलिब्रिज जडानका लागि नदीको दुवैतर्फ अस्थायी सडक (एक्सेस रोड) निर्माणको काम अघि बढाइएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । फाउन्डेसन निर्माणका लागि जग खन्न दुईवटा स्काभेटर परिचालन गरिएको छ ।
बेलिब्रिज जडान गर्न १४ मिटर फाउन्डेसन उठाउने तयारी छ । वेत्रावतीमा बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुगेपछि स्याफ्रुबेसीमा पनि निर्माण कार्यलाई तीव्रता दिइएको मन्त्रालयले जनाएको छ ।
स्याफ्रुबेसीमा बेलिब्रिज निर्माण सम्पन्न भएपछि रसुवागढीसम्मको सडक सञ्जाल पुनःस्थापित हुने मन्त्रालयको भनाइ छ ।
Advertisement