• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज १८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ५. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ६. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे


  •   आइतबार, असोज १८, २०८३ मा प्रकाशित
  • बुटवल । नेपाल स्काउट लुम्बिनी प्रदेशले सामाजिक विकासमन्त्री रामजीप्रसाद घिमिरेलाई दीक्षित गरेको छ। प्रदेश स्काउट समितिले आइतबार आयोजना गरेको दीक्षान्त समारोह तथा छैटौँ पूर्ण बैठकका अवसरमा प्रदेशका प्रमुख आयुक्त दिननाथ भट्टराईले मन्त्री घिमिरेलाई दीक्षित गर्नुभएको हो।
    नेपाल स्काउटको संघीय संरचनाअनुसार प्रदेशमा मुख्यमन्त्री संरक्षक र सामाजिक विकासमन्त्री प्रमुख स्काउट रहने व्यवस्था छ। सोही व्यवस्थाअनुसार मन्त्री घिमिरेलाई दीक्षित गरिएको प्रदेश प्रमुख आयुक्त भट्टराईले जानकारी दिनुभयो। दीक्षान्त समारोहलाई सम्बोधन गर्दै मन्त्री घिमिरेले आफू विद्यार्थी जीवनमै स्काउटको सदस्य रहेको स्मरण गर्दै स्काउटले आफूलाई अनुशासित जीवन जिउन प्रेरित गरेको बताउनुभयो। स्काउटबाट प्राप्त सिकाइ र संस्कारले आफ्नो व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान गरेको उहाँको भनाइ थियो।
    कुनै पनि संस्थाको विकासका लागि सक्षम नेतृत्व आवश्यक पर्ने बताउँदै मन्त्री घिमिरेले लुम्बिनी प्रदेश स्काउटको वर्तमान नेतृत्वप्रति आफू सकारात्मक रहेको उल्लेख गर्नुभयो। लामो इतिहास बोकेको स्काउट महत्वपूर्ण संस्था भएकाले आगामी आर्थिक वर्षमा प्रदेश सरकारले स्काउटका लागि छुट्टै शीर्षकमा बजेट विनियोजन गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।
    स्काउटका कार्यक्रम सञ्चालन तथा संस्थागत विकासका लागि प्रदेश सरकारबाट आवश्यक सहयोग गर्ने उहाँले बताउनुभयो।
    नेपाल स्काउट लुम्बिनी प्रदेशका प्रमुख आयुक्त भट्टराईले मन्त्री घिमिरे दीक्षित भएसँगै प्रदेश स्काउटले अभिभावक पाएको अनुभूति भएको बताउनुभयो। स्काउटका कार्यक्रमका लागि बजेट अन्य शीर्षकअन्तर्गत व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले मन्त्रीको प्रतिबद्धताले आगामी दिनमा उक्त समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो।
    सो अवसरमा प्रमुख आयुक्त भट्टराईले नेपाल स्काउट लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०८२/८३ को प्रगति प्रतिवेदन मन्त्री घिमिरेलाई हस्तान्तरण गर्नुभयो। कार्यक्रममा प्रदेश युवा परिषद्का सदस्य पंकज पाठकलगायत नेपाल स्काउट लुम्बिनी प्रदेशका पदाधिकारी तथा कार्यकारी सदस्यहरूको सहभागिता थियो।
    यसैबीच, प्रदेश स्काउट समितिको छैटौँ पूर्ण बैठकले आगामी कार्ययोजना तथा आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनलगायतका विषयमा छलफल गरेको छ।
    बैठकले आगामी मंसिर २५ देखि २७ गतेसम्म दुई रात तीन दिनको प्रदेशस्तरीय क्याम्प आयोजना गर्ने निर्णय गरेको प्रमुख आयुक्त भट्टराईले जानकारी दिनुभयो।

    Advertisement

    आइतबार, असोज १८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा
    लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड
    एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते
    दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने
    पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु
    भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ५.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    भर्खरै

    • १.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    • २.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

    • ३.
      हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    • ४.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • ५.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    • ६.
      कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

    • ७.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • ८.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...