प्युठान । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर शेरबहादुर देउवा समूहले प्युठानमा समानान्तर गतिविधि अघि बढाएको छ । समूहले महाधिवेशनका कार्यक्रम सञ्चालन गर्न बिहीबार प्युठान नगरपालिका–४, बिजुवारमा सम्पर्क कार्यालय स्थापना गरेको हो ।
लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री सरोज थापा (रोज राणा)ले कार्यालय उद्घाटन गरेका हुन् । कार्यालय स्थापना गरेसँगै वडा अधिवेशनका कार्यक्रमसमेत अघि बढाइएको समूहले जनाएको छ ।
देउवा समूहले जिल्लाका नौवटै पालिकामा अधिवेशन संयोजक तोकेको छ । प्युठान नगरपालिकामा नेत्र केसी, मल्लरानीमा कुमार श्रेष्ठ, ऐरावतीमा एशन शाही, सरुमारानीमा पुष्प न्यौपाने, माण्डवीमा दीपक केसी, स्वर्गद्वारीमा कृष्णप्रसाद बस्याल, नौबहिनीमा देवीराम पुन मगर, झिमरुकमा प्रमोद पोखरेल र गौमुखीमा अर्जुन गिरीलाई संयोजकको जिम्मेवारी दिइएको छ ।
समूहले असोज १८ गतेसम्म जिल्लाका सबै वडामा अधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका बनाएको जनाएको छ ।
कांग्रेसभित्र १५औँ महाधिवेशनको कार्यतालिका र नेतृत्वको आधिकारिकतालाई लिएर विवाद छ । देउवा समूहले छुट्टै महाधिवेशनको तयारी अघि बढाइरहेका बेला पार्टीको संस्थापन पक्षले भने केन्द्रीय महाधिवेशनको तयारी गरिरहेको छ ।
प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए
प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए
Advertisement
तपाईको प्रतिक्रिया