सुरज भट्टराई, देवदह । रुपन्देहीको देवदहमा महामानब गौतम बुद्धको प्रतिमा अनावरण गरिएको छ।
रुपन्देहीको देवदह विशालनगर स्थित ज्ञानज्योती माध्यमिक विद्यालय परिसरमा बुद्धको प्रतिमा अनावरण गरिएको हो । पूर्वमन्त्री तथा रुपन्देही क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य छबिलाल विश्वकर्माले प्रतिमाको अनावरण गरे। बिहिबार प्रतिमाको अनावरण गर्दै विश्वकर्माले देवदह बुद्धको मावली गाउँ भएकोले यसलाई चिनाउन थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले प्रतिमा अनावरणसंगै ओझेलमा परेको प्राचीन नगरको महत्वलाई उजागर गर्ने बिश्वास ब्याक्त गरे।
देवदहमा लुम्बिनी बौद्ध विश्व विद्यालय निर्माण गर्न स्थानियले जग्गा उपलब्ध गराएको भन्दै उनले खुसी ब्याक्त गरे । तर, बौद्ध विश्व विद्यालयको काम अपेक्षा गरिएअनुसार अगाडि बढ्न नसकेको उनको गुनासो छ। तत्कालका लागि गुरुयोजना अनुसार पुर्वाधार निर्माण गर्नुपर्ने बताउदै विश्वकर्माले विश्व विद्यालयमा मास्टर्स मात्र नभएर ब्याचलरको पनि पढाइ संचालन गर्न आग्रह गरे ।
विश्व विद्यालय आसापासका क्षेत्रमा प्लास्टिक रहित वातावरण बनाउन प्रतिनिधीसभा सदस्य बिस्वकर्माको आग्रह थियो ।
अनावरण कार्यक्रममा लुम्बिनि प्रदेश सांसद डा. कृष्ण न्यौपाने, विश्वविद्यालयका उपकुलपति हृदयरत्न बज्राचार्य, नगर प्रमुख धुब्र प्रसाद खरेल लगायतको उपस्थिती रहेको थियो।
भने, लुम्बिनी विश्व विद्यालयका डिन उकेशराज भुजुले धन्यवाद ज्ञापन गरेका थिए ।
