• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ५. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ८. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ९. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

रुपन्देहीमा ओलीले उद्घाटन गरे ११ तले भ्यू टावर


  •   मङ्गलबार, चैत १५, २०७८ मा प्रकाशित
  • रुपन्देही। रुपन्देहीको तिलोत्तमा नगरपालिका-२ स्थित वनवाटिकामा बहुउद्देश्यीय भ्यु टावर निर्माण गरिएको छ ।
    भ्यु टावरको नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार उद्धाटन गरे। त्यस अवसरमा अध्यक्ष ओलीले उपलब्ध स्रोत साधनको अधिकतम उपयोगबाट पर्यटन प्रवद्र्धन गर्न सकिने बताए ।
    उनले तिलोत्तमाले अघि बढाएका कार्यहरु प्रशंसनीय रहेको बताउँदै यसले नगरपालिकालाई नियमित आम्दानी दिने उल्लेख गरे ।
    उनले तिलोत्तमा नगरपालिकाले सञ्चालन गरेको खुला पोलिथिन निषेध अभियानलाई व्यापक बनाइनुपर्नेमा जोड दिए । आधुनिक कृषिलाई ध्यान दिए उत्पादन बढ्ने बताउँदै उनले भान्सालाई औषधालयको रुपमा विकासगर्न सबैले आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने बताए ।
    नगर प्रमुख वासुदेव घिमिरेले ‘तिलोत्तमा बहुउद्देश्यीय टावर’ नगरपालिकाको आम्दानीको स्रोत हुने बताए ।
    नगरपालिकाले साढे ११ करोड रुपैयाँ खर्चेर १ सय ३४ फिट उचाइको ११ तले भ्यू टावर निर्माण गरेको हो ।
    तिलोत्तमा नगरपालिका र शकरनगर बन विहारको संयुक्त लगानीमा निर्माण भएको भ्यु टावर आर्थिक वर्ष २०७३/०७४ मा ठेक्का सम्झौता भएको थियो । ०७२ सालको भूकम्पमा ढलेको काठमाडौँको धरहरापछिको दोस्रो अग्लो र सुविधासम्पन्न भनिएको टावरको भुईँ तला ३५ सय ९५ वर्ग फिट क्षेत्रफलमा रहेको छ ।

    Advertisement

    कुल २५ हजार १२२ वर्ग फिट क्षेत्रफलमा रहेको भ्यु टावरको पहिलोदेखि छैटौँ तलासम्म व्यावसायिक प्रयोजन हुनेछ भने बाँकी तलाबाट दृश्यावलोकन हुनेछ। कुल ११ करोड ५४ लाख ८१ हजार रुपैयाँको लागतमा भ्यु टावर निर्माण भएको हो ।

    लिफ्ट सुविधा सहित बनेको भ्यु टावरमा सुविधायुक्त रेस्टुराँ र पर्यटक विश्रामस्थल, रिसर्च रुम, डिपार्टमेन्ट स्टोर, अफिस रुम, एटेज ट्वाइलेट रुम बास मिल्ने गरी वातानुकूलित कोठा, लाइब्रेरी लगायतका संरचनाहरू बनाइएको छ । भ्यु टावरसँगै २ बिघा क्षेत्रफलमा अन्य पर्यटकीय पूर्वाधार र संरचनाहरू अहिले बनिरहेका छन् । भ्यु टावरको उत्तरतर्फ स्विमिङ पुल, अगाडि म्युजिकल फाउन्टेसन निर्माण भइरहेको छ ।टावरको सबैभन्दा माथिल्लो तलाबाट बुटवल, भैरहवा र लुम्बिनीसम्म सजिलै देख्न सकिने छ भने दूरविनको प्रयोग गर्दा भारतको गोरखपुर, नौतनवासम्मका सहर देख्न सकिने जनाइएको छ ।

    चाइल्ड पार्क र स्टेडिएम निर्माणको काम पनि सुरु भइसकेको छ । बाँकी संरचना निर्माण पनि अबको २ वर्षमा सम्पन्न हुने उनको भनाइ छ । भ्यु टावर निर्माणको कुल बजेटको ७० प्रतिशत तिलोत्तमा नगरपालिकाले र ३० प्रतिशत शंकरनगर बन विहार तथा अनुसन्धान केन्द्रले व्यहोरेको छ ।

     

     

    मङ्गलबार, चैत १५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ५.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation