• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ५. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ८. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ९. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

रेसुङ्गा र मदाने बन क्षेत्रमा ३०५ प्रजातिका चराहरु फेला


  •   मङ्गलबार, असोज १२, २०७८ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा मदाने वन संरक्षण क्षेत्रमा पाइने चराहरुको पुस्तक बिमोचन गरिएको छ । चरा सम्बन्धी अध्ययन गरिरहेको नेपाल पंक्षी संरक्षण संघ जिविकोपार्जन तथा संरक्षण समायोजन कार्यक्रम गुल्मीले तयार गरेको रेसुङ्गा मदाने वन संरक्षण क्षेत्रमा पाइने चराहरुको पुस्तक बिमोचन गरिएको हो ।
    जिल्ला सदरमुकाम तम्घासमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले पुस्तकको बिमोचन गरेका हुन् । पुस्तक बिमोचन गर्दै समन्वय प्रमुख पराजुलीले नेपाल पंक्षी संरक्षण संघ गुल्मी रेसुङ्गा र मदानेमा चरा सम्बन्धी गरेको अध्ययन प्रशंसनीय रहेको बताए ।
    उनले चरासम्बन्धी अध्ययन गर्ने क्रममा स्थानीय सरकारसँग समन्वय गरेर अरु धेरै काम गर्न सकिने उल्लेख गरे । पंक्षी संरक्षण गुल्मीले जिल्लाको रेसुङ्गा क्षेत्र र मदाने वन क्षेत्रमा चरा सम्बन्धी अध्ययन गर्दै आएको छ ।
    रेसुङ्गा क्षेत्र रेसुङ्गा नगरपालिका र गुल्मीदवार गाउँपालिका स्थानीय तहसँग जोडिएको छ । मदाने क्षेत्र मदाने गाउँपालिका र मालिका गाउँपालिका स्थानीय तहसँग जोडिएको क्षेत्र रहेको छ ।
    पुस्तक बिमोचन कार्यक्रममा ती स्थानीय तहका प्रमुखहरुको पनि सहभागिता रहेको थियो । पुस्तक बिमोचनमा ती स्थानीय तहका प्रमुखहरुले पंक्षी संरक्षण संघ गुल्मीले चरा सम्बन्धी अध्ययन गरेपनि संरक्षणको आबश्यकता रहेको बताएका थिए ।
    नेपाल पंक्षी संरक्षण संघ जीवकिोपार्जन तगा संरक्षण समायोजन कार्यक्रमले गुल्मीका दुर्लभ चराहरुको खोजीगरी वन क्षेत्रसँग जोडिएका स्थानीयवासीहरुलाई वन जंगलको संरक्षण र संवद्र्धनसँगै जीवकिोपार्जनका लागि महत्वपूर्ण काम गरेको भन्दै जिल्लालाई पर्यटनको रुपमा विकास गर्न सकिनेमा जनप्रतिनिहरुले जोड दिएका थिए ।उनिहरुले रेसुङ्गा र मदानेमा नेपालकै लोपउन्मुख प्रजातीका चराहरु फेला परेता पनि त्यसको संरक्षणमा सबैपक्षको सहयोगको खाचो रहेको उल्लेख गरेका थिए । पुस्तक बिमोचन कार्यक्रममा नेपाल पंक्षी संरक्षण संघ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले रेसुङ्गा र मदाने क्षेत्रमा पाइने चराहरुको पछिल्लो अबस्थाको बारेमा जानकारी गराएका थिए ।
    जिल्लाको रेसुङ्गा र मदानेमा नेपालमा पाइने नेपालमा पाइने ८ सय ८६ प्रजातिका चरामध्ये ३५ प्रतिशत रहेको तथ्य फेला परेको छ । रेसुङ्गा क्षेत्रमा २५३ वटा र मदाने वन संरक्षीत क्षेत्रमा २६४ वटा प्रजातीका चराहरु फेला परेको पन्थीले बताए ।
    रेसुङ्गा र मदाने क्षेत्रमा विश्वकै दुर्लभ चराहरु चीर, रणमत्त महाचील, सेतो गिद्ध, सुन गिद्ध, गोमायु महाचील, डंगर गिद्ध रहेका छन् । दुर्लभ चरा भेटिएपनि बासस्थानमा दपरिर्वतन, बिद्युतीकरण, चोरी शिकारी, वन डढेलो, बिजुलीका पोलहरु, बढ्दो रासायनिक पर्दाथको प्रयोग र दूरसंचार आवृत्ति जस्ता चुनौती रहेको पन्थीले बताए ।
    रेसुङ्गा वन संरक्षण क्षेत्रको जंगल क्षेत्र ७ हजार ९०३ हेक्टर रहेको छ । त्यस्तै मदाने वन संरक्षण क्षेत्रमा ५ हजार ७२१ हेक्टर क्षेत्रफल रहेको छ ।
    यी क्षेत्रमा विश्वब्यापी रुपमा लोपोन्मुख गिद्दको बासस्थान रहेको पाइएको छ । नेपालमा मात्र पाइने रैथाने चरा काँडे भ्याकुर लगायत चराहरु भेटिएको तथ्याङ्कमा उल्लेख रहेको छ ।
    पंक्षी संरक्षण संघले डिभिजन वन कार्यालय गुल्मीको सहकार्य गर्दै रेसुङ्गा नगरपालिकाको पराल्मी र भाडागाउँ गुल्मी दरवारको बलीथुम र जुभुङ्गमा र मालिका गाउँपालिकाकको अर्खाबाङ्ग र ह्वाङदीमा दुर्लभ चराहरुको खोजीगरी वन क्षेत्रसँग जोडिएका स्थानीयवासीहरुलाई वन जंगलको संरक्षण र संवद्र्धनसँगै जीवकिोपार्जनका लागि महत्वपूर्ण काम गर्दै आएको छ । पुस्तक विमोचक कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुली, रेसुङ्गा नगरपालिका प्रमुख डिल्लीराज भुसाल, उपप्रमुख सिता भण्डारी, मदाने गाउँपालिका प्रमुख दानबहादुर केसी गुल्मीदरवार गाउँपालिका प्रमुख मिना भण्डारी, मालिकागाउँपालिका उपप्रमुख देवा अर्याल, जिल्ला समन्वय अधिकारी बिजय कार्की, डिभिजन वन कार्यालय गुल्मीका कार्यालय प्रमुख प्रभात सापकोटा लगायतको सहभागिता रहेको थियो । नेपाल पंक्षी संरक्षण संघ गुल्मीका परियोजना अधिकृत शम्भु भट्टराईले सहजीकरण गरेका थिए ।

    Advertisement

    मङ्गलबार, असोज १२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ५.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...