प्यूठानमा लकडाउन खुकुलो ः असार २० गतेसम्म थप

प्यूठान । प्यूठानमा जारी लकडाउन खुकुलो बनाउदै दस दिन थप गर्ने निर्णय भएको छ।

यसअघि असार १० गतेसम्मका लागि लकडाउन तोकिएको थियो। जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले जिल्लाभरि लागू हुने गरी आउदो असार २० गतेसम्मका लागि लकडाउन थप गर्ने निर्णय भएको प्यूठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय प्यूठानले सुरक्षा मापदण्ड अपनाएर होटल रेष्टुरेन्ट सञ्चालन गर्ने(टेक अवे), सबै प्रकारका व्यापार–व्यवसाय बिहान ८ देखि बेलुका ५ बजेसम्म खोल्न पाउने गरी  आदेश जारी गरेको छ ।
यस्तै, नीजी सवारी साधन जोर विजोरका आधारमा सञ्चालन गर्ने, म्याजिक, अटो रिक्सा सञ्चालन हुने भएको छ ।
बैठकले सरकारी कार्यालयबाट दिने सेवा पालिका अनुसार सञ्चालन गर्ने, विवाहमा बढीमा दुई वटा साना गाडी प्रयोग गर्न सकिने निर्णय गरेको छ । प्रजिअ भुसालका अनुसार शैक्षिक क्षेत्र, धार्मिक स्थल, मठ मन्दिर , पार्टी प्यालेस भने यसअघिकै आदेशअनुसार पूर्णरुपले बन्द रहनेछन् ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...