• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

प्यूठानका जीवनको दुईटै खुट्टा भाँचियो : पैसा नहुँदा उपचार गर्न धौ धौ


  •   मङ्गलबार, भदौ ०९, २०७७ मा प्रकाशित
  • भैरहवा । नजिकिँदो तीज पर्वमा कपडा किन्न भन्दै प्यूठान नौबहिनी–८, फप्ली गौराचोकका कर्णबहादुर पुन र उनका छोरा जीवन घरबाट बाहाने बजारतर्फ लागे। घरदेखि केही पर पुगेका थिए। बाटोमा हिँड्दा बाबुछोराको दूरी कम्तिमा ५० मिटर थियो। जीवन अघिअघि र बाबु पछिपछि थिए।
    एक्कासी बाटोमाथिको लम्पुक भीरबाट छोराकै अगाडि पहिरो झर्यो। कर्णबहादुर भाग्न सफल भए तर जीवनलाई पहिरोसँगै झरेका ढुंगाले लाग्यो। उनी सख्त घाइते भए। दुबै खुट्टा भाँचिए। तीज मान्न छोरालाई नयाँ कपडा किनिदिने कर्णबहादुरको सपना त्यही तुहियो। यो गत साउन ३० गतेको घटना हो।‘खुशीसाथ तीज मनाउँला भन्ने थियो। बीच बाटोमै दैवदशा लाग्यो। अस्पतालको बास भयो’, कर्णबहादुर भन्छन्,‘तुरुन्तै आफन्तलाई खबर गरेँ र प्यूठानको जिल्ला अस्पताल बिजुवारमा ल्याएँ। उपचार सम्भव भएन। एम्बुलेन्स जोहो गरेर उसैदिन भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा ल्याएँ। अस्पतालले दुबै खुट्टाको तीघ्राको नली भाँचिएर टुक्रा परेको बताएको छ।’अस्पतालमा ल्याएको ११ दिन हुँदासमेत उपचार खर्च जुटाउन नसक्दा जीवनको खुट्टाको अप्रेसन हुन सकेको छैन। ‘ऋण खोजेर ल्याएको पैसा खानबस्न ठिक्क भएको छ। अप्रेसन गर्न चार लाख रुपैयाँ भन्दा बढी लाग्छ भन्छन्’, कर्णबहादुरले भने, ‘पैसा नभएपछि भौतारिँदै आफन्तलगायत सबै सहयोगी मनहरुलाई याचना गरिरहेको छु।’अस्पतालले उपचार खर्च नहुँदासम्म अप्रेसन गर्न नसक्ने जनाएको छ । अर्कोतर्फ कोरोना भाइरसको जोखिम भएको भन्दै पीसीआर जाँच गर्न पनि भनिएको छ ।‘पीसीआर जाँच गर्ने पैसा समेत छैन । अप्रेसन कहिले हुने हो भन्ने थाहा छैन । पैसा नजुट्दासम्म उपचार नहुने निश्चित भइसक्यो’,कर्णबहादुरले भने । १३ वर्षीय जीवन उनका एक्ला छोरा हुन् भने १० वर्षकी छोरी पनि छन् । जीवनले कक्षा ७ मा अध्ययन गर्छन् ।पुन परिवारको आर्थिक अवस्था निकै नाजुक छ। घरको उत्पादनले ३ महिना खान पुग्दैन। कर्णबहादुरले गाउँमा काम गरेर जीविका चलाउँदै र छोराछोरी पढाउँदै आएका छन्। ‘गरिबीले पिल्सिएको परिवारमा यति ठूलो घटना घट्यो। अब छोरा बचाउने कसरी हो भन्ने चिन्ता मात्रै लाग्छ’, उनले भने। लामो समय अप्रेसन नहुँदा जीवनका खुट्टाका औँलाहरुमा रगत जमेको छ। चोट लागेको ठाउँमा मासु कुहिएको छ।घाउको दुखाईले गर्दा जीवन रोइरहन्छन्। उनको छट्पटी कर्ण बहादुरले देख्न नसकेर कहिले होटलतर्फ आउँछन् त कहिले मनलाई सम्हालेर बेडको छेउमा बस्छन्।‘अस्पतालले आर्थिक जोहो गर्न नसक्ने हो भने काठमाडौं लैजानुस् केही सस्तो पर्छ भन्न थालिसकेको छ’,उनी गुनासो गर्छन्। सुरुमा केही दिन आईसीयूमा राखेर उपचार गरिएकोमा अहिले स्वास्थ्यमा सुधार आएपछि जनरल वार्डमा राखिएको छ।‘८५ हजार रुपैयाँ जति खर्च भइसक्यो। अहिले दैनिक ड्रेसिङ गर्न औषधि किन्ने पैसा समेत छैन’,कर्णबहादुरले दुःख पोख्दै भने,‘अप्रेसन गर्ने भन्ने त सपना जस्तै भयो।’उनले होटलमा समेत ११ दिनदेखि उधारो खाना खाँदै आएका छन्।उनको आर्थिक अवस्था देखेर खाना उधारो खान दिएको र आवश्यक पर्दा २÷४ हजार रुपैयाँ समेत ऋण दिने गरेको मेडिकल कलेजअघि रहेको पश्चिमेली सरु गेस्ट हाउसका सञ्चालक लिलाधर भट्टराईले बताए। ‘उहाँहरुको अवस्था निकै दर्दानक छ। यसैले मैले सक्दो सहयोग गरेको छु’,उनले भने। होटल संचालक भट्टराईकै पहलले प्यूठानमा समेत अहिले आर्थिक संकलनको काम भइरहेको कर्णबहादुर बताउँछन्।अस्पतालका प्रशासन प्रमुख तेजकुमार केसीले जीवनको उपचारमा आफूहरुले सक्दो सहयोग गर्ने जनाए। जीवनको उपचारमा डा.प्रकृतिराज कँडेल,डा.किशोरमान श्रेष्ठसहितको चिकित्सकको टोली संलग्न छ। चिकित्सकहरुका अनुसार ढुंगाले थिच्दा उनको खुट्टाको हड्डी सबै भाँचिएका छन्। धेरै ठाउँमा भाँचिएकाले अप्रेसन गर्नै जटिल छ।
    छोरा घाइते भएदेखि आमाको आँखा ओभाना छैनन्। कर्णबहादुर कहिले सहयोग गर्न सबैमा याचना गरेका छन्।‘मेरो केही उपाय छैन। छोरालाई बचाउने कसरी हो। कृपया सहयोग गरिदिनुहोला’, उनले सहयोगको याचना गर्दै भने।

    Advertisement

    मङ्गलबार, भदौ ०९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक
    भान्साबाट देश चिनाउने युवराजको सपना
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार
    विदेशको बाटो छाडेर उद्यममा होमिए दुई दाजुभाइ
    खुट्टाले लेखेर ३.४० जिपिए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • २.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ३.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ७.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ८.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation