• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, कार्तिक ०६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • २. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ३. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ४. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ५. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक


  •   आइतबार, भदौ २१, २०८३ मा प्रकाशित
  • काठमाडौं । माथिल्लो त्रिशूली–३ए (UT3A) उद्धार अभियानमा सुरक्षाकर्मी र उद्धार टोलीसँगै पर्दापछाडि रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्नेहरू पनि थिए । तीमध्ये एक हुन्–ओखलढुंगाका एक्स्काभेटर अपरेटर सुजन श्रेष्ठ । बाढी र पहिरोपछि UT3A क्षेत्रमा उद्धार कार्य चुनौतीपूर्ण बनेको थियो । जोखिमपूर्ण भूगोल र प्रतिकूल मौसमका कारण एक्स्काभेटर घटनास्थलसम्म पुर्‍याउनसमेत कठिन थियो । कतिपय अपरेटर जोखिमका कारण पछि हटे पनि सुजन भने रोकिएनन् ।
    विपद्को भोलिपल्टै एक्स्काभेटरसहित घटनास्थल पुगेका उनले जोखिम मोलेर मेसिनलाई UT3A को फिल्डसम्म पुर्‍याए । त्यसपछि उनी लगातार उद्धार कार्यमा खटिए ।
    ‘म खाली थिएँ । मैले जानेको कुरा यही हो, यही प्रयोग गर्छु भनेर पुगेको हुँ,’ सुजनले भने, ‘मेरो कारणले कसैको सास भेटिन्छ वा लास भए पनि परिवारसम्म पुर्‍याउन सकिन्छ भने त्यो मेरा लागि ठूलो कुरा हो ।’
    बाढी र पहिरोका कारण जमिन अस्थिर थियो । यस्तो अवस्थामा एक्स्काभेटर सञ्चालन गर्नु चुनौतीपूर्ण थियो । उद्धार टोलीसँग समन्वय गर्दै उनले जोखिमपूर्ण स्थानमा सावधानीपूर्वक मेसिन चलाए ।

    Advertisement

    १०–११ दिन उद्धारमा

    सुजनसँगै नेपाल आर्मी, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, अन्य उद्धारकर्मी र स्थानीय बासिन्दा पनि खोज तथा उद्धारमा खटिएका थिए । सुजनले करिब १०–११ दिन घटनास्थलमै बसेर काम गरे ।
    ‘कहिले जोखिमपूर्ण भूगोल, कहिले प्रतिकूल मौसम र कहिले आफ्नै ज्यानको जोखिम हुन्थ्यो,’ उनले भने, ‘तर ध्यान उद्धारको काम अगाडि बढाउनेमै थियो ।’
    लामो प्रयासपछि उद्धार टोलीले दुई जनालाई जीवितै उद्धार गर्न सफल भयो । त्यसपछि सुजन भावुक भए ।
    ‘यी आँसु दुःखका होइनन्, एउटा जीवन बचाउन पाएको अपार खुसीका हुन्,’ उनले भने ।
    सबैलाई बचाउन नसकेको पीडा भए पनि दुई जनाले नयाँ जीवन पाएको क्षणलाई उनले उद्धार अभियानको सबैभन्दा ठूलो उपलब्धि मानेका छन् ।

    ‘फर्किँदै छु, तर मन अझै त्यहीँ छ’

    उद्धार अभियान सकिएपछि सुजन काठमाडौं फर्किएका छन् । फर्किँदै गर्दा उनले सामाजिक सञ्जालमा आफ्नो अनुभव लेखेका छन् ।
    ‘फर्किँदै छु… तर मन अझै त्यहीँ छ,’ उनले लेखेका छन् ।
    १०–११ दिनसम्म उद्धारकर्मी, नेपाल आर्मी, एपीएफ, नेपाल प्रहरी र स्थानीय बासिन्दा एक भएर दिनरात खटिएको उनले उल्लेख गरेका छन् ।
    ‘सबैलाई बचाउन सकेनौँ भन्ने पीडा सधैं रहनेछ,’ उनले लेखेका छन्, ‘तर दुई जनाले नयाँ जीवन पाएको क्षण हाम्रो संघर्षको सबैभन्दा ठूलो उपलब्धि बन्यो ।’
    काठमाडौं फर्किए पनि घटनास्थलमा बिताएका दिन र त्यहाँ देखेका दृश्य आफूले बिर्सन नसक्ने उनले बताएका छन् ।
    ‘आज काठमाडौं फर्किँदै छु । यो ठाउँ छोड्दै छु, तर त्यहाँका आँसु, संघर्ष र सम्झनाहरू मनबाट कहिल्यै छुट्ने छैनन्,’ उनले लेखेका छन् ।
    उद्धारका क्रममा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले उद्धार अभियानमा सहयोग गर्ने सबैप्रति सम्मान प्रकट गरेका छन् ।

    आइतबार, भदौ २१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • २.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    • ३.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व

    • ४.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ५.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...