• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

लोकप्रिय समाचार

  • १. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • २. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

  • ३. जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दैछ : प्रधानमन्त्री

  • ४. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ५. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • ६. एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने

  • ७. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ८. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ९. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • १०. रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक


  •   आइतबार, भदौ २१, २०८३ मा प्रकाशित
  • काठमाडौं । माथिल्लो त्रिशूली–३ए (UT3A) उद्धार अभियानमा सुरक्षाकर्मी र उद्धार टोलीसँगै पर्दापछाडि रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्नेहरू पनि थिए । तीमध्ये एक हुन्–ओखलढुंगाका एक्स्काभेटर अपरेटर सुजन श्रेष्ठ । बाढी र पहिरोपछि UT3A क्षेत्रमा उद्धार कार्य चुनौतीपूर्ण बनेको थियो । जोखिमपूर्ण भूगोल र प्रतिकूल मौसमका कारण एक्स्काभेटर घटनास्थलसम्म पुर्‍याउनसमेत कठिन थियो । कतिपय अपरेटर जोखिमका कारण पछि हटे पनि सुजन भने रोकिएनन् ।
    विपद्को भोलिपल्टै एक्स्काभेटरसहित घटनास्थल पुगेका उनले जोखिम मोलेर मेसिनलाई UT3A को फिल्डसम्म पुर्‍याए । त्यसपछि उनी लगातार उद्धार कार्यमा खटिए ।
    ‘म खाली थिएँ । मैले जानेको कुरा यही हो, यही प्रयोग गर्छु भनेर पुगेको हुँ,’ सुजनले भने, ‘मेरो कारणले कसैको सास भेटिन्छ वा लास भए पनि परिवारसम्म पुर्‍याउन सकिन्छ भने त्यो मेरा लागि ठूलो कुरा हो ।’
    बाढी र पहिरोका कारण जमिन अस्थिर थियो । यस्तो अवस्थामा एक्स्काभेटर सञ्चालन गर्नु चुनौतीपूर्ण थियो । उद्धार टोलीसँग समन्वय गर्दै उनले जोखिमपूर्ण स्थानमा सावधानीपूर्वक मेसिन चलाए ।

    Advertisement

    १०–११ दिन उद्धारमा

    सुजनसँगै नेपाल आर्मी, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, अन्य उद्धारकर्मी र स्थानीय बासिन्दा पनि खोज तथा उद्धारमा खटिएका थिए । सुजनले करिब १०–११ दिन घटनास्थलमै बसेर काम गरे ।
    ‘कहिले जोखिमपूर्ण भूगोल, कहिले प्रतिकूल मौसम र कहिले आफ्नै ज्यानको जोखिम हुन्थ्यो,’ उनले भने, ‘तर ध्यान उद्धारको काम अगाडि बढाउनेमै थियो ।’
    लामो प्रयासपछि उद्धार टोलीले दुई जनालाई जीवितै उद्धार गर्न सफल भयो । त्यसपछि सुजन भावुक भए ।
    ‘यी आँसु दुःखका होइनन्, एउटा जीवन बचाउन पाएको अपार खुसीका हुन्,’ उनले भने ।
    सबैलाई बचाउन नसकेको पीडा भए पनि दुई जनाले नयाँ जीवन पाएको क्षणलाई उनले उद्धार अभियानको सबैभन्दा ठूलो उपलब्धि मानेका छन् ।

    ‘फर्किँदै छु, तर मन अझै त्यहीँ छ’

    उद्धार अभियान सकिएपछि सुजन काठमाडौं फर्किएका छन् । फर्किँदै गर्दा उनले सामाजिक सञ्जालमा आफ्नो अनुभव लेखेका छन् ।
    ‘फर्किँदै छु… तर मन अझै त्यहीँ छ,’ उनले लेखेका छन् ।
    १०–११ दिनसम्म उद्धारकर्मी, नेपाल आर्मी, एपीएफ, नेपाल प्रहरी र स्थानीय बासिन्दा एक भएर दिनरात खटिएको उनले उल्लेख गरेका छन् ।
    ‘सबैलाई बचाउन सकेनौँ भन्ने पीडा सधैं रहनेछ,’ उनले लेखेका छन्, ‘तर दुई जनाले नयाँ जीवन पाएको क्षण हाम्रो संघर्षको सबैभन्दा ठूलो उपलब्धि बन्यो ।’
    काठमाडौं फर्किए पनि घटनास्थलमा बिताएका दिन र त्यहाँ देखेका दृश्य आफूले बिर्सन नसक्ने उनले बताएका छन् ।
    ‘आज काठमाडौं फर्किँदै छु । यो ठाउँ छोड्दै छु, तर त्यहाँका आँसु, संघर्ष र सम्झनाहरू मनबाट कहिल्यै छुट्ने छैनन्,’ उनले लेखेका छन् ।
    उद्धारका क्रममा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले उद्धार अभियानमा सहयोग गर्ने सबैप्रति सम्मान प्रकट गरेका छन् ।

    आइतबार, भदौ २१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    भान्साबाट देश चिनाउने युवराजको सपना
    बाढीपीडितका लागि चीनको ३३ करोडभन्दा बढी सहयोग
    रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन
    सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

    लोकप्रिय

    • १.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    • २.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब

    • ३.
      जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दैछ

    • ४.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ५.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • ६.
      एमालेले बाढीपीडितका लागि १ करोड २० लाख

    भर्खरै

    • १.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ५.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ७.
      तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    • ८.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...