काठमाडौं । भोटेकोशी बाढीले बगाएको रसुवा र नुवाकोटको सीमास्थित बेत्रावतीमा बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुगेको छ। शुक्रबार बेलिब्रिज वारपार टेकाइएको र शनिबार बाँकी काम सम्पन्न गरी आइतबारदेखि सवारीसाधन सञ्चालनमा ल्याउने तयारी गरिएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।
बेलिब्रिज सञ्चालनमा आएपछि गल्छीदेखि रसुवाको स्याफ्रुबेसी वारीसम्मको सडक सञ्जाल पुनः जोडिनेछ। यससँगै बाढीका कारण अवरुद्ध सडक सञ्जाल पुनःस्थापना भई रसुवातर्फको यातायात आवागमन सहज हुने अपेक्षा गरिएको छ।
Advertisement