दाङ — राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचारका लागि क्याथ ल्याब सेवा सुरु भएको छ। प्रतिष्ठानको नवौँ वार्षिकोत्सवका अवसरमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सेवाको उद्घाटन गरेकी हुन्।
क्याथ ल्याब सेवा सञ्चालनमा आएसँगै दाङसहित आसपासका जिल्लाका नागरिकलाई मुटुरोगको परीक्षण तथा उपचारका लागि अन्यत्रका अस्पताल धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ। यसले प्रतिष्ठानमा विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नसमेत सहयोग पुग्ने विश्वास गरिएको छ।
सेवाको उद्घाटन गर्दै मन्त्री मेहताले क्याथ ल्याब सञ्चालनले यस क्षेत्रको स्वास्थ्य सेवामा महत्त्वपूर्ण योगदान पुर्याउने बताइन्। उनले प्रतिष्ठानका सेवालाई थप प्रभावकारी, गुणस्तरीय र जनमुखी बनाउँदै नागरिकलाई आफ्नै क्षेत्रमा विशेषज्ञ उपचार उपलब्ध गराउनुपर्नेमा जोड दिइन्।
कार्यक्रममा प्रतिष्ठानलाई ४०० शय्याको अस्पतालका रूपमा विकास गर्ने विषयमा समेत छलफल भएको थियो। मन्त्री मेहताले प्रतिष्ठानको सेवा विस्तार तथा स्तरोन्नतिका लागि मन्त्रालयका तर्फबाट आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाइन्।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
Advertisement
तपाईको प्रतिक्रिया