दोलखा। समयमै निर्माण सम्पन्न नगरी वर्षौंदेखि आयोजना अलपत्र पार्ने निर्माण व्यवसायीका २२ ठेक्का तोडिएका छन्। पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सडक डिभिजन चरिकोटले विभिन्न स्थानमा निर्माणको जिम्मा लिएर काम अघि नबढाउने व्यवसायीका ठेक्का सम्झौता तोडेको हो।
आर्थिक वर्ष २०७९/८० देखि सम्झौता भएर पनि निर्माण कार्य अघि नबढाएका व्यवसायीलाई पटक–पटक लिखित ताकेता गर्दा काम नभएपछि ठेक्का तोडिएको मन्त्रालयले जनाएको छ।
ठेक्का तोडिएपछि बाँकी निर्माण कार्य सम्पन्न गर्न लाग्ने खर्च र भएको क्षतिको मूल्याङ्कन गरी कायम हुने रकम ३० दिनभित्र सम्बन्धित निर्माण व्यवसायीबाट सरकारी बाँकीसरह असुल गर्ने सूचना जारी गरिएको छ।
Advertisement