काठमाडौं । विश्वभर महामारीकाका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट इटालीमा मृत्यु हुनेको संख्या १० हजार पुगेको छ । विश्वका शक्तिशाली देशहरु यसको प्रत्यक्ष चपेटामा आएका छन् भने मृत्युदर पनि उच्च रहेको छ । पछिल्लो २४ घण्टामा इटालीमा मृत्यु हुनेको संख्या ८८९ रहेको छ ।आइतवार विहानसम्म इटालीमा मृत्यु हुनेको संख्या १० हजार २३ पुगेको छ । इटालीमा मृत्युदर मात्र नभई नयाँ संक्रमितका बिरामीहरु पनि धेरै भेटिन थालेका छन् । पछिल्लो २४ घण्टामा ५ हजार ९ सय ७४ जनामा संक्रमण देखिएको छ । संक्रमितको संख्या ९२ हजार ४ सय ७२ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।विश्वमा सवैभन्दा बढी संक्रमितको संख्या अमेरिकामा देखिएको छ । त्यहाँ १ लाख २३ हजार मानिसमा कोरोनाको संक्रमण देखिएको न्यूयोर्क टाइम्सले बताएको छ । पछिल्लो २४ घण्टामा अमेरिकाभित्र ५१५ जनाले ज्यान गुमाएका छन् । झण्डै २० हजार नयाँ विरामी देखा परेको छन् ।संक्रमितको संख्या धेरै बढ्न थालेपछि अमेरिकाले न्यूयोर्कृ सिटीमा लकडाउन गर्ने तयारी गरेको छ । उता स्पेनमा पनि पछिल्लो २४ घण्टाभित्र ८४४ जनाले ज्यान गुमाएका छन् । आइतबार बिहानसम्म स्पेनमा मृत्यु हुनेको संख्या ५ हजार ९ सय ८२ पुगेको छ भने संक्रमितको संख्या ७३ हजार २ सय ३५ पुगेको छ ।२४ घण्टामा फ्रान्समा ३२४, बेलायतमा २६०, इरानमा १३९, जर्मनीमा ८२,नेदरल्यान्ड्समा ९३, बेल्जियममा ६४ र स्विजरल्यान्डमा ३३ जनाको मृत्यु भएको छ ।पछिल्लो २४ घण्टामा विश्वका विभिन्न देशमा गरी थप ३ हजार ५ सय ६ जनाको मृत्यु भएको छ भने ६६ हजारभन्दा बढी संक्रमित भएका छन् । विश्वभर करिव ७ लाख मानिसहरु कोरोना संक्रमित बनेका छन् भने ३० हजार ८ सय ५० ले ज्यान गुमाइसकेका छन् ।
इटालीमा मृतकको संख्या १० हजार नाध्यो
इटालीमा मृतकको संख्या १० हजार नाध्यो

Advertisement
तपाईको प्रतिक्रिया