• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ५. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ८. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ९. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

के छैन रामपुरमा …


  •   मङ्गलबार, मङि्सर २४, २०७६ मा प्रकाशित
  • पाल्पा। “यहाँ प्रफुल्ल बनेर राम र सीता नृत्य गर्दा उनीहरूका पैतालामा धुलीसात बन्दा, उनीहरू बास बस्दै जाँदा पैदा भए छन् केलादी घाट र सीता कुण्डहरू ।”प्रस्तुत कवितांश युवा कवि लालमणि पोखरेलले पाल्पा रामपुरको तालपोखरामा आयोजित १७२ औँ अक्षरयात्रामा वाचन गरेका हुन् । प्रत्येक महिनाको तेस्रो शनिबार ठाउँ/ठाउँमा पुगी पोखरेली साहित्यकारले साहित्य सिर्जनाका माध्यमबाट जीवन र जगत्का यथार्थतालाई खोतल्ने क्रममा १७२ औँ शृङ्खला यस पटक पाल्पाको रामपुर पुगेको थियो । गजल सन्ध्या पोखरा र नवीनत साहित्य सागरको आयोजनामा कार्यक्रम आयोजना हुँदै आएको छ । यसपटक रामपुर साहित्य प्रतिष्ठान, रामपुर नगरपालिका–६ र तालपोखरा संरक्षण समिति रामपुरको आतिथ्यतामा ५० जना पाखेरेली साहित्यकारको टोली यहाँ आएका थिए । यहाँका प्रकृति र संस्कृतिका विविध पक्षलाई प्रत्यक्ष अनुभूति गर्दै सहभागी सर्जकले यहाँको इतिहास र गरिमाको मुक्तकण्ठले चर्चा मात्रै गरेनन्, कालीनदीको बहावलाई डाइभर्सन गर्ने कुरालाई पनि रचनाकै माध्यमबाट विरोधको कसिलो स्वरमा अभिव्यक्त दिन पछाडि परेनन् । रामपुरको सभ्यता र स्थानीयको आतिथ्यताको चर्चा गर्दै कवयत्री बालिका अभिलासीको भावना यस्तो रह्यो,

    Advertisement

    “केलादी धाम, कालीगण्डकी सभ्यता हुन् रामपुरका,
    सीता कुण्ड, शिव मन्दिर मान्यता हुन् रामपुरका ।
    भ्युटावर, तालपोखरी हेर्न लायक ठाउँहरू
    न्यानो सत्कार, मीठो मुस्कान आतिथ्यता हुन् रामपुरका ।।” स्थान विशेषको चर्चाका साथै माया पिरती सम्बद्ध रचनाले पनि यहाँका स्रोता माझ चर्चा पायो । माया पिरतीकै कुरा गर्दै गजलकार शिव त्रिपाठीले आफ्नो रचनालाई यसरी प्रस्तुत गरे,
    “आँशु बनेर बग्दछ मैले पिएको पानी,
    आँखाबाटै त झर्दछ हरपल मेरो जवानी ।
    कार्यालयमा दिलको हद भो ढिलासुस्तीको,
    न दर्ता हुन्छ यौवन नै न वैंशको चलानी ।।”
    रामपुरमा के छैन शीर्षकको रचनामा गजल सन्ध्या पोखरका अध्यक्ष मोहन भण्डारीको सिर्जनालाई यसरी प्रस्तुति दिनुभयो,
    “जहाँ तालपोखरा, सीता कुण्ड, केलादी धाम
    राममन्दिर, शिव मन्दिरजस्ता स्थान छन् ।
    साँच्चै मलाई प्रश्न गर्न मन छ,
    के छैन रामपुरमा”
    अक्षरयात्राका लागि यहाँ आइपुुग्दाको बाटोघाटोदेखि यहाँका स्थानीयले देखाएको आतिथ्यतालगायतका विषयलाई नवीनत साहित्य सागरका अध्यक्ष लक्ष्मण थापाले रचनाबाटै प्रशंसा गरे । उनले २०६२ सालदेखि जारी पोखरेली साहित्यकारको अक्षरयात्रा अविच्छिन्न रुपमा १७२ औँ शृङ्खलासम्म आइपुगेको जानकारी दिए । तत्कालीन समयमा गजलकार प्रकट पङ्गेनी शिव, कृष्ण उदासी, दीपक समिपलगायतको विशेष पहलमा अक्षरयात्रा वर्तमानसम्म आइपुगेको स्मरण गर्दै उहाँले तत्तत् ठाउँमा पुगी जीवन जगत्का यथार्थता र भोगाइलाई साहित्यकारले आफ्ना रचनामा प्रस्तुत गर्ने गरेको अनुभव सुनाए ।प्रस्तुतिकै क्रममा रामपुरलाई राम्दीबाट डाइभर्सन गरी बहाव परिवर्तन गर्न लागिएको विषयलाई स्रष्टाले कविताकै माध्यमबाट विरोध गरे । कवि भरत पौडेलले आफ्ना रचनामा ब्यङ्ग्य गर्दै भने, “रामपुर तिमीलाई दाउमा राखेर यो देशभित्र देशै बेच्ने कुरा चलिराछ, दुवै हातमा सुनका बाला चार किनिदिन्छु, लगाउँदा चट्ट सुहाउने हार किनिदिन्छु यही मङ्सिरमा यही रामपुरमा मेरा लागि कन्या खोज, तिम्रा लागि उपहार कार किनिदिन्छु ।”पोखरेली साहित्यकारका रचना सुनिसकेपछि रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले सिर्जनाका माध्यमबाट सर्जकले यहाँका प्रकृति र संस्कृति उजागर भएको भन्दै आभार व्यक्त गरे । कालीगण्डकीको प्राकृतिक बहावलाई राम्दीबाट डाइभर्सन गरी लैजाने षड्यन्त्र भइरहेको भन्दै उनले आफूले त्यसको सशक्त प्रतिवाद गरिरहेको बताए । रामपुर नगरपालिका–६ का वडाध्यक्ष हुमानाथ न्यौपानेले प्रकृति र संस्कृतिले सम्पन्न रामपुर क्षेत्रको विकासका लागि योजनाबद्ध प्रयास भइरहेको बताए । उनले भने, “पोखरेली साहित्यकारले रामपुरसम्म आई यहाँका प्रकृति र जीवनका भोगाइलाई आफ्ना रचनामा व्यक्त गरिनुले आफूहरूलाई अझै उत्साहित बनाएको छ । ”रामपुर साहित्य प्रतिष्ठानका अध्यक्ष वासुदेव ढकालले पोखरेली सर्जकलाई रामपुरमा स्वागत गर्न पाउँदा खुशी लागेको बताउँदै यहाँका विविधता साहित्यिक रचनमा समेटिएको धारणा राखे ।- रासस

    मङ्गलबार, मङि्सर २४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार
    बदलिँदो थबाङ:इतिहास बोकेको थबाङमा आधुनिकताको पाइला
    प्युठानको सर्वोच्च शिर : कोठिभिर
    स्वर्गद्वारी आश्रमका गाई: धार्मिक आस्थाको प्रतीक
    मरन्ठानाकोट र भूमेश्वरी मन्दिर: इतिहास र संस्कृति
    ‘उदयपुरकोट’ जहाँ ब्राम्हण राजाले शासन गरेका थिए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ५.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation