• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ३. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ४. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • ५. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ६. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ७. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • १०. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

मरन्ठानाकोट र भूमेश्वरी मन्दिर: इतिहास र संस्कृति


  •   बुधबार, चैत ०५, २०८१ मा प्रकाशित
  • प्युठान। प्युठान नगरपालिका–१० मरन्ठानाको डाँडामा अवस्थित मरन्ठानाकोट र भूमेश्वरी मन्दिर ऐतिहासिक तथा धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण स्थल हुन्। नेपाल एकीकरणपूर्व बाइसे–चौबिसे राज्यहरू आफ्नो सुरक्षा मजबुत बनाउन तथा युद्ध तयारीका लागि विभिन्न थुम (सुरक्षा चौकी) तथा कोट निर्माण गर्ने प्रचलनमा थिए। प्युठानको तत्कालीन भित्रीकोट राज्य अन्तर्गत थुप्रै थुम तथा कोटहरू संचालनमा रहेका थिए, जसमा मरन्ठानाकोट पनि एक हो।

    Advertisement

    इतिहास र किंवदन्ती

    ऐतिहासिक दस्तावेजहरू अनुसार, यी कोटहरू राजाले नियुक्त गरेका रजौटाहरू (राज्य सञ्चालन गर्ने अधिकारी) द्वारा संचालित हुन्थे, जसलाई स्थानीयहरूले “राज” भनेर सम्बोधन गर्ने गर्थे। किंवदन्ती अनुसार, तीन दाजुभाइहरूमध्ये जेठो भाई भित्रीकोट, माईला भाइ मरन्ठानाकोट, र कान्छो भाइ विजुलीकोटका शासक थिए।
    मरन्ठानाकोट समुद्री सतहदेखि १३२० मिटर उचाइमा अवस्थित छ। यहाँ खड्क महाराज र भूमे महाराजको पूजा गरिन्छ, जसमा खड्क महाराजको पूजा खड्का थरका पुजारीहरूले, भने भूमे महाराजको पूजा घर्ती मगर थरका पुजारीहरूले गर्ने परम्परा रहिआएको छ।

    धार्मिक र सांस्कृतिक महत्व
    बडादशैंको घटस्थापनादेखि विशेष पूजाको शुरुवात हुने गर्छ। २०५४ सालको तत्कालीन गाउँ विकास समिति (गा.वि.स.) निर्वाचनपछि अध्यक्ष बोम बहादुर भण्डारी, उपाध्यक्ष पदम गिरी, र वडा अध्यक्ष राममणि थापाको पहलमा पूजा व्यवस्थापनका लागि रु. १,५००/- विनियोजन गरिएको थियो।
    वर्तमानमा, बडादशैंको नवमीका दिन हजारौं भक्तजनहरू यहाँ भेला हुन्छन्। सोही अवसरमा २०–३० वटा राँगा र १५–२० वटा बोका बलि दिने परम्परा रहेको छ। यसै दिन प्युठानको ऐतिहासिक सरायें नाच तथा मारुनी (सोरठी) नाच भव्य रूपमा प्रस्तुत गरिन्छ।
    भक्तजनहरू यस मन्दिरमा पूजा गर्दा रोगव्याधि हट्ने, मनोकामना पूरा हुने, तथा परिवारमा सुख-शान्ति प्राप्त हुने विश्वास रहिआएको छ।
    भौगोलिक विशेषता र प्राकृतिक सुन्दरताः

    मरन्ठानाकोटबाट पूर्वतर्फ अर्घाखाँचीको अर्ध भाग, पश्चिमतर्फ रोल्पाको गौम जलजलाको लेक, दक्षिणतर्फ दाङका विभिन्न क्षेत्रहरू, तथा उत्तरतर्फ स्वर्गद्वारी, अन्नपूर्ण र धौलागिरी हिमालको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ।
    मरन्ठानाकोट र भूमेश्वरी मन्दिर ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक धरोहर हुन्। संरक्षण तथा प्रवर्द्धनका लागि स्थानीय तथा सरकारी तहबाट थप पहल गरिएमा यो क्षेत्र धार्मिक पर्यटनको प्रमुख गन्तव्य बन्न सक्छ।

    बुधबार, चैत ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार
    बदलिँदो थबाङ:इतिहास बोकेको थबाङमा आधुनिकताको पाइला
    प्युठानको सर्वोच्च शिर : कोठिभिर
    स्वर्गद्वारी आश्रमका गाई: धार्मिक आस्थाको प्रतीक
    ‘उदयपुरकोट’ जहाँ ब्राम्हण राजाले शासन गरेका थिए
    प्युठानको झाँक्रीस्थानमा चिच्याएर वर माग्ने अनौठो परम्परा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ५.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ६.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation