• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, भदौ २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ५. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ६. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ७. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ८. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ९. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • १०. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

मरन्ठानाकोट र भूमेश्वरी मन्दिर: इतिहास र संस्कृति


  •   बुधबार, चैत ०५, २०८१ मा प्रकाशित
  • प्युठान। प्युठान नगरपालिका–१० मरन्ठानाको डाँडामा अवस्थित मरन्ठानाकोट र भूमेश्वरी मन्दिर ऐतिहासिक तथा धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण स्थल हुन्। नेपाल एकीकरणपूर्व बाइसे–चौबिसे राज्यहरू आफ्नो सुरक्षा मजबुत बनाउन तथा युद्ध तयारीका लागि विभिन्न थुम (सुरक्षा चौकी) तथा कोट निर्माण गर्ने प्रचलनमा थिए। प्युठानको तत्कालीन भित्रीकोट राज्य अन्तर्गत थुप्रै थुम तथा कोटहरू संचालनमा रहेका थिए, जसमा मरन्ठानाकोट पनि एक हो।

    Advertisement

    इतिहास र किंवदन्ती

    ऐतिहासिक दस्तावेजहरू अनुसार, यी कोटहरू राजाले नियुक्त गरेका रजौटाहरू (राज्य सञ्चालन गर्ने अधिकारी) द्वारा संचालित हुन्थे, जसलाई स्थानीयहरूले “राज” भनेर सम्बोधन गर्ने गर्थे। किंवदन्ती अनुसार, तीन दाजुभाइहरूमध्ये जेठो भाई भित्रीकोट, माईला भाइ मरन्ठानाकोट, र कान्छो भाइ विजुलीकोटका शासक थिए।
    मरन्ठानाकोट समुद्री सतहदेखि १३२० मिटर उचाइमा अवस्थित छ। यहाँ खड्क महाराज र भूमे महाराजको पूजा गरिन्छ, जसमा खड्क महाराजको पूजा खड्का थरका पुजारीहरूले, भने भूमे महाराजको पूजा घर्ती मगर थरका पुजारीहरूले गर्ने परम्परा रहिआएको छ।

    धार्मिक र सांस्कृतिक महत्व
    बडादशैंको घटस्थापनादेखि विशेष पूजाको शुरुवात हुने गर्छ। २०५४ सालको तत्कालीन गाउँ विकास समिति (गा.वि.स.) निर्वाचनपछि अध्यक्ष बोम बहादुर भण्डारी, उपाध्यक्ष पदम गिरी, र वडा अध्यक्ष राममणि थापाको पहलमा पूजा व्यवस्थापनका लागि रु. १,५००/- विनियोजन गरिएको थियो।
    वर्तमानमा, बडादशैंको नवमीका दिन हजारौं भक्तजनहरू यहाँ भेला हुन्छन्। सोही अवसरमा २०–३० वटा राँगा र १५–२० वटा बोका बलि दिने परम्परा रहेको छ। यसै दिन प्युठानको ऐतिहासिक सरायें नाच तथा मारुनी (सोरठी) नाच भव्य रूपमा प्रस्तुत गरिन्छ।
    भक्तजनहरू यस मन्दिरमा पूजा गर्दा रोगव्याधि हट्ने, मनोकामना पूरा हुने, तथा परिवारमा सुख-शान्ति प्राप्त हुने विश्वास रहिआएको छ।
    भौगोलिक विशेषता र प्राकृतिक सुन्दरताः

    मरन्ठानाकोटबाट पूर्वतर्फ अर्घाखाँचीको अर्ध भाग, पश्चिमतर्फ रोल्पाको गौम जलजलाको लेक, दक्षिणतर्फ दाङका विभिन्न क्षेत्रहरू, तथा उत्तरतर्फ स्वर्गद्वारी, अन्नपूर्ण र धौलागिरी हिमालको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ।
    मरन्ठानाकोट र भूमेश्वरी मन्दिर ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक धरोहर हुन्। संरक्षण तथा प्रवर्द्धनका लागि स्थानीय तथा सरकारी तहबाट थप पहल गरिएमा यो क्षेत्र धार्मिक पर्यटनको प्रमुख गन्तव्य बन्न सक्छ।

    बुधबार, चैत ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बदलिँदो थबाङ:इतिहास बोकेको थबाङमा आधुनिकताको पाइला
    प्युठानको सर्वोच्च शिर : कोठिभिर
    स्वर्गद्वारी आश्रमका गाई: धार्मिक आस्थाको प्रतीक
    ‘उदयपुरकोट’ जहाँ ब्राम्हण राजाले शासन गरेका थिए
    प्युठानको झाँक्रीस्थानमा चिच्याएर वर माग्ने अनौठो परम्परा
    कोरोना प्रभाव :  सुनसान लुम्बिनी

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ६.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    भर्खरै

    • १.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • २.
      सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

    • ३.
      धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

    • ४.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    • ६.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

    • ७.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • ८.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation