• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, भदौ १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने

लोकप्रिय समाचार

  • १. बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने एमाले मधेसको निर्णय

  • २. बाढीपीडितका लागि चीनको ३३ करोडभन्दा बढी सहयोग

  • ३. बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

  • ४. भान्साबाट देश चिनाउने युवराजको सपना

  • ५. टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा जडान

  • ६. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • ७. रसुवा बाढीपीडितका लागि नेपाली कम्युनिष्ट पार्टीले २५ लाख दिने

  • ८. रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा कोही नभेटिएपछि उद्धार टोली फर्कियो

  • ९. बाढी प्रभावितका लागि पत्रकार महासंघ गुल्मीले १ लाख रुपैयाँ सहयोग गर्ने

  • १०. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

‘उदयपुरकोट’ जहाँ ब्राम्हण राजाले शासन गरेका थिए


  •   बुधबार, पुष ०३, २०८१ मा प्रकाशित
  • प्युठान । प्युठानको माण्डवी गाउपालिका -४,उदयपुरकोट इतिहास, संस्कृति र प्रकृतिको अनुपम थलोका रुपमा परिचित छ । पुराना र मौलिक घरहरुले सजिएको शुन्दर बस्ती, हेरिरहुँ लाग्ने धवलागिरी माछापुच्छ्रे लगायतका हिमाली दृश्यले उदयपुरकोट पुग्ने जो कोहिको मन लोभिन्छ । कोटबाट देखिने सूर्योदयसंगै  चम्किने हिमाल र सूर्यास्तको मनमोहक दृश्य, माण्डवी नदी छेउछाउका उर्वर खेतीयोग्य फाँटहरु हेरेर पर्यटकहरु रमाउँछन् । पर्यटकहरुले उदयपुरकोट वरपरका डाँडाकाँडामा छरिएका बस्ती, चिसो र मनोरम हावापानी, गाउँघरको जीवनशैली अध्ययन अवलोकन गर्दछन् । त्यसैले पनि यहाँ आन्तरिक पर्यटकहरु  उदयपुरकोट पुग्ने गरेका छन। भालुबाङ–प्युठान–रोल्पा सडक खण्डमा पर्ने नयाँ गाउँ हुँदै  ऐतिहासिक उदयपुरकोट पुग्न सकिन्छ । घोराही–प्युठानको पुरानो सडक मार्ग भएर पनि यहाँ जान सकिन्छ ।

    Advertisement

    ब्राम्हण राजा भएको एकमात्र राज्य उदयपुरकोट

    नेपालमा बाइसे चौबिसे राज्य हुँदा प्युठानको विभिन्न ठाउँमा फरक फरक राजाहरुले राज्य चलाए । प्युठानमा  विभिन्न ३८ वटा  ‘कोट’हरु थिए। त्यसमध्ये भित्रीकोट,ओखरकोट, भिंग्रीकोट लगायतमा राजाहरुको अस्तित्व थियो। त्यसबेला  उदयपुरकोट पनि एक राज्यका रुपमा स्थापीत थियो। जहाँ अधिकारी राजा थिए। जबकी नेपालको इतिहासमा देशभरिमै ब्राम्हणहरु राजा भएर राजकाज चलाएको एकमात्र राज्य यही एउटा थियो । तर, भिंग्रीकोट खुंग्रकोट गजुलकोटहरुमा ठकूरीहरुले नै राज्य गरेको इतिहास छ।
    उदयपुरकोटको पहिचान अन्य राज्यको भन्दा फरक थियो। यहाँ नीतिशास्त्र अनुसार शासन व्यवस्था चल्थ्यो। राज्यसंग कुनै सेना, प्रहरी र हातहतियार समेत थिएन । राज्यको आफ्नो मुद्रा समेत प्रचलन थिएन ।
    उदयपुरकोट राज्यको इतिहासमा प्रथम राजा कश्यप गोत्रीय अधिकारी कार्की थरका जसुधर हुन् । १६ औं शताब्दीको अन्ततिर जसुधरले बि.स.१५७५–१६०२ सम्म २७ वर्षसम्म उदयपुरकोटमा राज्य चलाएका थिए। त्यसपछि सत्रौं पुस्तासम्म उदयपुरकोटमा कश्यप गोत्रीय अधिकारी कार्की थरका राजाहरुले राज्य सञ्चालन गरेका थिए । बाह्मण राजा अधिकारीको अस्तित्व मध्यकालदेखि आधुनिक नेपालको राज्य रजौटा उन्मूलन ऐन २०१७ लागु हुनुभन्दा अगाडिसम्म उदयपुरकोटमा थियो । राजा रजौटा उन्मूलन गरिदा यहाँका अन्तिम राजा थिए – शान्तराज अधिकारी ।

    प्रस्तुत तस्वीर उदयपुर राज्यका अन्तिम ब्राह्मण राजा शान्तराज अधिकारी र रानी सुभद्रा देवी को हो।  राजाको २०४२ मा र रानीको २०५० सालमा निधन भएको थियो।

    राज्य उन्मूलनसगै राजा शान्तराजले रानी सुभद्रादेवी सहित दरबार छोडेर बर्दिया बसाइ सरेपछि त्यही स्थानमा गाउँलेहरुले विद्यालय स्थापना गरेका छन् । उदयपुरकोटको राज्य बि.स.१८४३ मा नेपालमा एकीकरण भएपछि पनि पर्साराम, रुद्रमणि, जागेश्वर, नरनारायण, दामोदर, हरिप्रसाद र शान्तराजले नेपाल सरकारबाट आजीवन भत्ता पाउँदै आएका थिए । प्युठानको ऐतिहासिक दरबार उदयपुरकोट अहिले पर्यटनको स्थल बनेको छ ।

    पर्यटन विकासको पहल

    उदयपुरकोटमा पर्यटनको विकासको लागि धेरै पूर्वाधार बनेका छन्। माण्डवी गाउँपालिकाले उदयपुरकोटको पर्यटन विकास गर्न गुरुयोजना बनाएको छ । भग्नावशेषका रुपमा रहेको राजाको दरबार पुनःनिर्माण हुँदैछन् । उदयपुरकोट दरबार नजिकै राजाले पूजाआजा गर्ने मन्दिर पर्दछ । अहिले पूर्वाधारको विकास गर्ने क्रममा धोवाघाटमा रहेको सुन्नानी मन्दिरको नजिकै दरबार निर्माण भएको छ । दरबार अगाडि सत्र पुस्ताका राजाको नाम अंकित स्तम्भ पनि निर्माणाधिन अवस्थामा छ । दरबार नजिकै पार्क र बनभोज स्थल बनाईएको छ। दरबार नजिकै संग्रहालय स्थापना गर्ने उद्देश्य रहेको छ।

    कश्यप गोत्रीय ब्राह्मण राजाहरुले प्रयोग गरेका विभिन्न सामग्री र राजदरवारमा राजारानी, काजी चौतरिया र भाइभारदारहरुले प्रयोग गरेका विभिन्न वस्तुहरु एवं ऐतिहासिक दस्तावेजहरु समेत संग्रहालयमा रहनेछन् । संग्रहालय नजिकमा पार्क र फोहरा निर्माण भएको छ । पर्यटकहरुको सुविधाको लागि भ्यूटावर निर्माण हुन लागेको छ ।

    बुधबार, पुष ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    भान्साबाट देश चिनाउने युवराजको सपना
    बाढीपीडितका लागि चीनको ३३ करोडभन्दा बढी सहयोग
    रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन
    सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

    लोकप्रिय

    • १.
      बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने

    • २.
      बाढीपीडितका लागि चीनको ३३ करोडभन्दा बढी सहयोग

    • ३.
      बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत

    • ४.
      भान्साबाट देश चिनाउने युवराजको सपना

    • ५.
      टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा

    • ६.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    भर्खरै

    • १.
      तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    • २.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    • ३.
      बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

    • ४.
      बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

    • ५.
      भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

    • ६.
      स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

    • ७.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

    • ८.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...