• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असार २४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्युठान नगरपालिकाद्वारा दुई सामुदायिक विद्यालयलाई नगद पुरस्कार

वडाध्यक्ष तीन लाख घुससहित पक्राउ

कपिलवस्तुमा एम्बुलेन्स र बिंगर ठोक्किँदा वृद्धाको ज्यान गयो, १२ घाइते

गुल्मीको सिमाघाटमा असारमै फुल्यो सयपत्री फूल

परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका : ‘फलामको चुरा’ युट्युबमा

झिमरुकमा किसान पेन्सन कार्यक्रम सुरु

कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”

दाङमा बाघको छालासहित तीन जना पक्राउ

सडकको बीचमै बिजुलीको पोल

लोकप्रिय समाचार

  • १. रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

  • २. लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

  • ३. बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार

  • ४. गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

  • ५. ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

  • ६. सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको समर्थन

  • ७. झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

  • ८. प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

  • ९. रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

  • १०. नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउँदै

चितवनमा प्रदर्शनकारी र प्रहरीबीच झडप, बयान नसकिएपछी रबिलाई हिरासत फर्काईयो


  •   आइतबार, भदौ ०८, २०७६ मा प्रकाशित
  • चितवन। । चितवनमा प्रहरी र रवि लामिछानेका समर्थकबीच झडप भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट करिब पाँच सय मिटरको दूरीमा झडप भएको हो । उक्त स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज र अश्रु ग्यास प्रहार गरेको छ ।पत्रकार पुडासैनी आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ परेका न्यूज २४ का कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीनजनाविरुद्ध आज जिल्ला अदालत चितवनमा मुद्दा दायर भएको छ । आज अस्मिता कार्कीका मात्रै बयान सकिएको र भोलि लामिछाने र युवराज कँडेलको बयान लिइने जनाइएको छ ।आज अभियुक्तमध्ये रुकु भनिने नर्स अस्मिता कार्कीको मात्र बयान भएपछि लामिछाने, कार्की र युवराज कँडेललाई अदालतले हिरासतमै फर्काइदिएको हो ।माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा दुरुत्साहन गरेको भन्दै यी तीनै जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय चिवतनले ५ वर्ष कैद र ५० हजार जरिवाना (हैदसम्मको कारवाही) माग गर्दै अदालतमा मुद्धा दायर गरेको थियो ।जिल्ला अदालत चितवनमा उनीहरुको मुद्दा दर्ता भएसँगै बयान शुरु भएको छ। न्यायाधीश हेमन्त रावलको इजलासमा उनीहरुको बयान आइतवारबाट शुरु भएको हो ।आज कार्कीको बयान सकिएको र भोलि लामिछाने र कँडेलको बयान हुने चितवन जिल्ला अदालत स्रोतले जनाएको छ । स्रोतका अनुसार कार्कीले बयानमा लामिछानेसँग आफू साथीको रुपमा रहेपनि आत्महत्या गर्ने कार्यमा भने उक्साहट नगरेको दाबी गरेकी छन् । उनले यो अभियोगवाट आफूले सफाइ पाउनुपर्ने माग गरेकी छन् ।बयान सकिएपछि थुनछेक बहस हुनेछ । त्यसपछि मात्र साधारण तारेखमा रिहा गर्ने, धरौटीमा रिहा गर्ने वा पुर्पक्षका लागि जेल चलान गर्ने भन्ने अदालतले टुंगो लगाउनेछ ।पत्रकार पुडासैनीले गएको साउन २० गते चितवन नारायणगढको एक होटलमा आत्महत्या गरेका थिए । उनको साथबाट रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीका कारण आफू मर्न बाध्य भएको भिडियो प्राप्त भएको थियो ।त्यसपछि साउन ३० गते प्रहरीले यी तीनै जनालाई काठमाडौँबाट पक्राउ गरेको थियो भने १३ दिने काजकिरिया सकिएपछि पुडासैनी परिवारको तर्फबाट किटानी जाहेरी परेको थियो ।

    Advertisement

    आइतबार, भदौ ०८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठान नगरपालिकाद्वारा दुई सामुदायिक विद्यालयलाई नगद पुरस्कार
    कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”
    गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु
    गढवा गाउँपालिकामा एक वर्षमा १२१ उजुरी, ८१ फर्छ्यौट
    गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा
    झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

    लोकप्रिय

    • १.
      रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

    • २.
      लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

    • ३.
      बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको

    • ४.
      गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

    • ५.
      ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

    • ६.
      सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको

    भर्खरै

    • १.
      प्युठान नगरपालिकाद्वारा दुई सामुदायिक विद्यालयलाई नगद पुरस्कार

    • २.
      वडाध्यक्ष तीन लाख घुससहित पक्राउ

    • ३.
      कपिलवस्तुमा एम्बुलेन्स र बिंगर ठोक्किँदा वृद्धाको ज्यान गयो, १२ घाइते

    • ४.
      गुल्मीको सिमाघाटमा असारमै फुल्यो सयपत्री फूल

    • ५.
      परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका : ‘फलामको चुरा’ युट्युबमा

    • ६.
      झिमरुकमा किसान पेन्सन कार्यक्रम सुरु

    • ७.
      कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”

    • ८.
      दाङमा बाघको छालासहित तीन जना पक्राउ

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation