• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, जेठ १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

सुनकोसीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

स्थानीय सरकारको पहलमा मैकोटमा बन्यो बेलीब्रिज

भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

७१ करोडको सहयोगमा बनेको किओच बाल अस्पताल भवन डा. भगवान कोइरालालाई हस्तान्तरण

लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल

लुम्बिनीको नीति तथा कार्यक्रम स्वीकृत

प्रधानन्यायाधीश नियुक्तिमा ‘राजनीतिक सेटिङ’ भएको खत्रीको दाबी

लोकप्रिय समाचार

  • १. नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार करोड रुपैयाँ राज्य कोषमै फिर्ता

  • २. एसईई टपर पोखरेललाई रेसुङ्गा माविद्वारा एक लाखसहित सम्मान

  • ३. अस्पताल बने, सेवा सुरु भएन

  • ४. सर्प उद्धार गर्दै जनचेतना फैलाउँदै रमेश

  • ५. बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा

  • ६. भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

  • ७. लुम्बिनीको बजेट : उत्पादन, रोजगारी र पूर्वाधारमा केन्द्रित हुने

  • ८. ३१ वर्षमै सहसचिव बनेर आरती न्यौपानेले कायम गरिन् नयाँ कीर्तिमान

  • ९. सबैको भावना समेटेर जनमुखी बजेट ल्याउँछौं : मुख्यमन्त्री आचार्य

  • १०. प्रधानन्यायाधीश नियुक्तिमा ‘राजनीतिक सेटिङ’ भएको खत्रीको दाबी

मन भुलाउने ठाउँ अर्जुन डाँडा यसरी बन्दैछ उत्कृष्ट्र पर्यटकीय गनतव्य


  •   शुक्रबार, असार २७, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीको एक धार्मिक, ऐतिहासिक एबं पर्यटकीय क्षेत्रमा पर्यटकको आकर्षक गनतव्य बनाउन धमाधम निर्माण कार्य गरिएको छ । जिल्लाको सदरमुकाम तम्घास बाट दक्षिण तर्फ शिरमा रहेको धार्मिक तथा ऐतिहासिक महत्वले भरिपूर्ण स्थल अर्जुन डाँडामा पर्यटकीय क्षेत्र बनाउन धमाधम निर्माण सुरु भएको हो ।जिल्लाको सदरमुकाम स्थित रेसुङ्गा नगरपालिका वडा नम्बर ७ तम्घासको काखैमा रहेर पनि यसको प्रचुर प्रचार–प्रसार हुन सकेको छ्रैन् । अर्जुन क्षेत्रमा पर्यटकीय क्षेत्र बनाउन प्रदेश नम्बर ५ सरकारको सामाजिक बिकास मन्त्रालय सहयोगमा प्रबेशद्धारा, पानीको फोहोरा फाल्ने सहितको पोखरी निर्माण, बनभोज जानेहरुको लागि भवन बनाउने गरि रु २० लाखको लागतमा निर्माण कार्य भइरहेको निर्माण समितिका सदस्य टिका पन्थीले बताए । यो सँगै अर्जुन क्षेत्रसम्म पुग्ने बाटोलाई व्यवस्थित गर्ने, पाकिंङ्ग स्थल निर्माण गर्ने, मन्दिर क्षेत्रमा अरु थप ४ वटा मन्दिरहरु निर्माण गर्ने, बिभिन्न पोखरीहरुलाई मर्मत गर्ने कामहरु गरिने रेसुङ्गा नगरपालिका वडानम्बर ७ का वडाअध्यक्ष मोहनप्रसाद पाण्डेयले बताए । उनका अनुसार अर्जुन क्षेत्रलाई अगाडी ल्याउनको लागि स्तरिय मोटरबाटो बनाउन प्रदेश सरकार, केन्द्र सरकार र नगरपालिकामा लागत स्टेमेट गरेर माग गरिएको बताए । सदरमुकाम नजिकै हुँदा समेत यसको धार्मिक र पर्यटकिय महत्वलाई जनमानसमा ल्याउन नसक्दा ओझेला छ । करिव २ हजार मिटर उचाईमा रहेको अर्जुन डाँडा धार्मिक,ऐतिहासिक,पुरातात्विक र जैबिक विविधताको महत्वपूर्ण मानिन्छ । बि.सं.१४९३ भन्दा पहिले राजाले राज्य गरेको ठाउँ सो को भग्नावशेषहरु थिए भन्ने किम्न दन्ती रहेको छ । उक्त डाँडामा पाँचपाण्डव मध्येका अर्जुनको आगमनले यस लेकको नाम अर्जुन रहेको भन्ने मान्यत रहेको छ । अर्जुनले यसै गिरीमा वसी गिताको तत्व ज्ञान लिनुभएको,शिवजीले यसै गिरीमा ध्यान गर्नु भएको भन्ने किंवदन्ती प्रचाचिन काल देखि रहि आएको स्थानिय एवं मन्दिर व्यवस्थापन समितिका पूर्व अध्यक्ष तिलबहालुर थापाले बताए । हाल पुराना ऐतिहासिक मन्दीरहरुलाई मर्मत र पर्यटकीय क्षेत्र बनाउनको निम्ति नयाँ संरचना निर्माण गर्न थालिएपछि अर्जुन क्षेत्रको महत्व बहिर आउने त्यहा पुग्नेहरु बताउछन् । अर्जुन डाँडा अबलोेकनका लागि पुगेका स्थानिय एबं तम्घास उदिनढुंगाका जयस्वर पन्थीले अर्जुन डाँडाको महिमा ठूलो रहेको बताए । उनले अर्जुन डाँडालाई बिभिन्न खण्ड बनाएर बनभोज र अरु धर्म मान्नेहरुको मान्दिरहरु निर्माण गरेर यहाँ आउने बनाउनु पर्नेमा जोड दिए । अर्जुन क्षेत्रको महत्वलाई अगाडी ल्याए यस क्षेत्रको महत्व र चहलपहल हुने पन्थीले बताए । पहिलो पटक अर्जुन डाँडा पुगेका रेसुङ्गा नगरपालिका वडा नम्बर १ का रामप्रसाद पन्थीले निकै रमाइलो र पर्यटकीय स्थल रहेकाले एकपटक पुग्नेहरुलाई मनै लोभ्याउने पाएको बताए । उनले जिल्लाकै गौरवको रुपमा रहेको अर्जुन डाँडालाई बिकास गर्न सके आन्तरिक र बाह्य पर्यटकहरु भित्रिने पन्थीले बताए । धार्मिक मान्यता अनुसार त्यस ठाउँमा सयौ वर्ष देखि पुजा आज गर्ने प्रचलन रहेको पुरानो मान्य रहेको छ । प्राचिन कालदेखि नै स्थापित अर्जुन भगवती मन्दीर,छत्रस्थान,नगस्थान,सिद्धस्थान,शिवस्थानमा पुजा तथा पाठपारायण हुने चलिआएको छ । खानेपानी, मोटरबाटो पनि उत्तिकै समस्या रहेको उक्त ठाउँमा ०६४ सालबाट मोटरबाटो लगिएको छ । मन्दीरमा खानेपानीको समस्या समाधान गर्न केहि आकाशे पानी संकलन गर्न टंकी निर्माण गरिएका छन् । चारतिर सुन्दर दृश्य देख्न सकिने अर्जुनमा केहि भाग अर्घाखाँचीको सिमानासँग जोडिएको छ । अर्जुन डाँडामा हाल नेपाल टेलिभिजन अन्य सञ्चार माध्यमहरुको टावहरु इन्टरनेट र अन्य सञ्चार सामाग्रीहरु पनि राखिएको ठाउँमा पछिल्लो समय यता केहि आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गर्दछन् । ऐहिासिक मन्दीरसँगै झण्डै १ सय मिटर लम्वाईको गुफा पनि नजिकै रहेको छ । मन्दीर परिसरबाट सुन्दर तम्घास बजारसँगै धवलागिरी, अन्नपूर्ण, माछापुच्छे लगायतका हिम श्रृखलाहरु रमणिय दृष्य देृख्न सकिन्छ । हाल अजुन डाँडा मन्दीरमा सामान्य केहि वनभोज खान जानेसँगै ऐतिहासिक स्थलहरु हेर्न आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गर्दछन् ।

    Advertisement

    शुक्रबार, असार २७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बदलिँदो थबाङ:इतिहास बोकेको थबाङमा आधुनिकताको पाइला
    प्युठानको सर्वोच्च शिर : कोठिभिर
    स्वर्गद्वारी आश्रमका गाई: धार्मिक आस्थाको प्रतीक
    मरन्ठानाकोट र भूमेश्वरी मन्दिर: इतिहास र संस्कृति
    ‘उदयपुरकोट’ जहाँ ब्राम्हण राजाले शासन गरेका थिए
    प्युठानको झाँक्रीस्थानमा चिच्याएर वर माग्ने अनौठो परम्परा

    लोकप्रिय

    • १.
      नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार

    • २.
      एसईई टपर पोखरेललाई रेसुङ्गा माविद्वारा एक लाखसहित

    • ३.
      अस्पताल बने, सेवा सुरु भएन

    • ४.
      सर्प उद्धार गर्दै जनचेतना फैलाउँदै रमेश

    • ५.
      बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा

    • ६.
      भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा

    भर्खरै

    • १.
      सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार

    • २.
      लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

    • ३.
      सुनकोसीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

    • ४.
      स्थानीय सरकारको पहलमा मैकोटमा बन्यो बेलीब्रिज

    • ५.
      भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

    • ६.
      ७१ करोडको सहयोगमा बनेको किओच बाल अस्पताल भवन डा. भगवान कोइरालालाई हस्तान्तरण

    • ७.
      लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल

    • ८.
      लुम्बिनीको नीति तथा कार्यक्रम स्वीकृत

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...