• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

नमुना बन्दै प्युठानका दुई विद्यालय: भवन शिलन्यास


  •   शुक्रबार, फागुन २४, २०७५ मा प्रकाशित
  • सागर रिजाल÷प्युठान। प्युठानका दुईवटा विद्यालय नमुना विद्यालय हुने भएका छन् । क्षेत्र नंम्बर १ अन्र्तगत सरस्वती माध्यामिक विद्यालय बागेंशाल र क्षेत्र नं २ अन्र्तगत जनता माध्यामिक विद्यालय जिल्लाको नमुना विद्यालय हुने भएका हुन् । प्युठान नगरपालिका वडा नंम्बर ८ मा पर्ने जनता माध्यामिक विद्यालय नमुना बनाउन भवन निमार्ण गर्ने भएको छ । भवनको शुक्रवार नगरप्रमुख अर्जुन कुमार कक्षपतिले शिलन्यास गरेका छन् । भवनको शिलन्यास गर्दै नगरप्रमुख कक्षपतिले विद्यालयको अथक मेहनतबाट विद्यालयलाई नमुना विद्यालय बनाउन लागिएको बताए ।उनले भने,–‘ विद्यालय व्यवस्थापन समिति, शिक्षा विभाग, मन्त्रालय र नगरपालिकाको मेहनतले विद्यालय नमुना बन्ने भएको हो । ’
    नगर कार्यपालिकाको स्वीकृतपछि भवनको शिलन्यास गरिएको हो । भवनको निमार्ण खरिद योजना अनुसार गरिने उनले बताए । नगरपालिकाभित्र पर्ने यस विद्यालयलाई सदैव हरदम सहयोग गर्ने उनले बताए ।
    विद्यालय नमुना बनाउन झण्डै २ करोड बजेट
    वि.स. २०१४ सालमा स्थापना भएको जनता माध्यामिक विद्यालयमा ८ सय १४ जना छात्रा र ७ सय ८ जना छात्र गरि १ हजार ५ सय २२ जना विद्यार्थीले अध्ययन गर्दछन् । विद्यालयमा पुरुष भन्दा वढी नारी विद्यार्थी संख्या वढी छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गेहराज शर्मा पण्डीतले भने,–‘नारीको सम्मान होस भन्ने उदेश्यले नारी दिवस पारी भवन सिलन्यास गरिएको हो । ’ नगरपालिकाले अनुमति दिएपछि भवन निमार्ण कार्य अगाडी वढाईएको उनले बताए ।
    भवन निमार्णका लागि १ करोड १९ लाख १० हजार एक सय ४० रुपिँया विनियोजन गरिएको नगररप्रमुख अर्जुन कुमार कक्षपतिले बताए । त्यस्तै शैक्षिक सुधारका लागि रु ५० लाख ५ हजार ८ सय ६० रुपिँया र शुसासन तथा व्यवस्थापनका लागि रु २४ लाख ३४ हजार गरि १ करोड ९३ लाख ५० हजार रुपिँया विनियोजन भएको छ । नमुना विद्यालय बनाउन नगरपालिकाबाट रु १ करोड ५० लाख रुपिँया र शिक्षा विकास समन्वय इकाई प्युठानबाट रु ४३ लाख रुपिँया विनियोजन भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पण्डीतले बताए । विद्यालयको भवन २ तलामा ८ कोठा हुने उनले बताए । उनले भने,–‘०७६ असार मसान्त सम्म भवन निमार्ण गरिसक्न नगरपालिकाले निर्देशन गरेको छ ।’ जनता माध्यामिक विद्यालयलाई नमुना विद्यालय बनाउन ७६ करोडको डिपीआर भएको उनले जानकारी गराए ।

    Advertisement

    नगरका १० विद्यालय नमुना विद्यालय बनाउने
    प्युठान नगरपालिकाका नगरप्रमुख अर्जुन कुमार कक्षपतीले नगरभित्रका १० विद्यालयलाई नमुना विद्यालय बनाउने बताएका छन् । नगरभित्र पर्ने १० वटा वडामा भएका १÷१ विद्यालयलाई नमुना बनाउने उनले बताए । ३ वर्षे नगर शिक्षा योजना बनाएर विद्यालयको भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर वढाउने कार्य नगरपालिकाले अगाडी वढाएको उनले बताए । समाजमा अझैपनि धेरै अनपढ मान्छे भएको नगरप्रमुख कक्षपतिले बताए । शिक्षाको विकास भएन भने अरु सम्भव नभएकाले शिक्षामा नगरपालिकाले लगानी गरेको उनले बताए । उनले भने,–‘समाजलाई विकसित बनाउन शिक्षा अनिवार्य छ । ’ शिक्षा भएपछि समाज परिवर्तन गर्न समेत सहज हुने भएकाले नगरपालिकाले शिक्षामा जोड दिएको उनले बताए ।

    शुक्रबार, फागुन २४, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार
    बदलिँदो थबाङ:इतिहास बोकेको थबाङमा आधुनिकताको पाइला
    प्युठानको सर्वोच्च शिर : कोठिभिर
    स्वर्गद्वारी आश्रमका गाई: धार्मिक आस्थाको प्रतीक
    मरन्ठानाकोट र भूमेश्वरी मन्दिर: इतिहास र संस्कृति
    ‘उदयपुरकोट’ जहाँ ब्राम्हण राजाले शासन गरेका थिए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...