काठमाडौं — लोक तथा दोहोरी गीत प्रतिष्ठान गोरखा शाखाले ‘गण्डकी लोक तारा’ प्रतियोगिताका लागि गोरखा प्रतिनिधिका रूपमा गायक पवन श्री परियारलाई छनोट गरेको छ।
छनोट कार्यक्रम काठमाडौंको डॉफे लाइभ दोहोरी स्टुडियोमा प्रतिष्ठान गोरखा शाखाका पूर्वअध्यक्ष शिव केसीको संयोजकत्वमा सम्पन्न भयो। निर्णायकमा गायिका हरिमाया गुरुङ, सरिता अधिकारी र विजेन्द्र नौवाघे थिए।
कार्यक्रममा रेश्मा तामाङ, अमिस उपरकोटी, टिका गुरुङ, विजय परियार, सन्तोष थापा, देवनारायण मगर, नारायण खड्का लगायत कलाकारको सहभागिता थियो।
संगीत दिवसको अवसरमा असार ७ गते पोखरामा हुने ‘गण्डकी लोक तारा’ कार्यक्रममा गायक परियार गोरखाबाट प्रतिस्पर्धा गर्नेछन्। कार्यक्रम गायिका मञ्जु विकको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो भने सञ्चालन उपाध्यक्ष सुनिल लामिछानेले गरेका थिए।
Advertisement