• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, साउन २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

प्यूठानमा चार जनाको शव फेला

महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ३. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ४. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ५. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • ६. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ७. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ८. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ९. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • १०. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल


  •   सोमबार, असार १५, २०८३ मा प्रकाशित
  • काठमाडौं, प्यूठानकी चर्चित लोकदोहोरी मोडल नारायणी खत्री १३औँ म्युजिक खबर म्युजिक अवार्ड – २०८२ मा ‘उत्कृष्ट लोकदोहोरी महिला मोडल’ बाट सम्मानित भएकी छन्। काठमाडौंमा आईतबार आयोजित समारोहमा ‘करिमैले बोल’ गीतमार्फत उनले उक्त प्रतिष्ठित अवार्ड आफ्नो नाममा पार्न सफल भएकी हुन्।
    स्वाभाविक अभिनय, आकर्षक अभिव्यक्ति र मौलिक प्रस्तुतिका कारण दर्शकमाझ छुट्टै पहिचान बनाएकी खत्रीको अर्को विशेषता भनेको स्टेज कार्यक्रममा सधैं मर्यादित नेपाली पहिरन ‘सारी’मै प्रस्तुति दिनु हो। आधुनिक फेसनको प्रभाव बढिरहेका बेला पनि उनले नेपाली मौलिक पहिरनलाई निरन्तर आत्मसात् गर्दै नृत्य प्रस्तुत गर्ने गरेकाले दर्शकमाझ उनको अलग्गै छवि बनेको छ। धेरै कलाकारले विभिन्न शैलीका पहिरन रोज्ने गरे पनि सारी नै नारायणीको परिचय र विशेष पहिचान बनेको छ।
    यसअघि पनि उनी म्युजिक खबर म्युजिक अवार्डको ११औँ संस्करणमा उत्कृष्ट लोकदोहोरी महिला मोडल घोषित भएकी थिईन्। पुनः सोही विधामा अवार्ड जित्दै उनले नेपाली लोकदोहोरी भिडियो क्षेत्रमा आफ्नो सशक्त उपस्थिति थप स्थापित गरेकी छन्।
    यस वर्ष उत्कृष्ट लोकदोहोरी महिला मोडल विधामा ‘सेतै दुध सेतै चौलानी’ बाट करिष्मा ढकाल, ‘मेरो परान’ बाट जुना विश्वकर्मा, ‘हिमाली फूल’ बाट रविना भण्डारी र ‘माया मोह’ बाट सुस्मिता गुरुङसँग प्रतिस्पर्धा गर्दै ‘करिमैले बोल’ गीतबाट खत्री विजेता बनेकी हुन्।
    अवार्ड ग्रहणपछि खत्रीले दर्शक, शुभचिन्तक, गीतका सर्जक, गायक–गायिका, निर्माता तथा सम्पूर्ण टिमप्रति आभार व्यक्त गर्दै यो सम्मानले आगामी दिनमा अझ उत्कृष्ट काम गर्न प्रेरणा दिएको बताइन्। उनले नेपाली लोकसंस्कृति, मौलिक पहिरन र लोकदोहोरी संगीतको संरक्षण तथा प्रवर्द्धनमा निरन्तर समर्पित रहने प्रतिबद्धता पनि व्यक्त गरिन्।
    जन्मघर प्यूठान हुँदै कर्मघर दाङ बनाएकी नारायणी खत्री अहिले नेपाली लोकदोहोरी क्षेत्रकी लोकप्रिय र व्यस्त मोडलमध्ये एक हुन्। दर्जनौँ चर्चित गीतका भिडियोमा अभिनय गरिसकेकी उनले अभिनयसँगै नेपालीपन झल्किने मर्यादित पहिरनलाई निरन्तरता दिँदै आएकी छन्।

    Advertisement

    सोमबार, असार १५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक
    लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक
    ‘हावा चल्यो सिरिरी’को छांयाकन सकियो
    लोकदोहोरी शैलीको नयाँ गीत ‘आँटीमा पराल छ’ सार्वजनिक
    सानुबाबु महर्जनको नेपाली र नेपाल भाषाको दुई एल्बम सार्वजनिक
    ‘मगमग बसना’ मार्फत पुनः दर्शकमाझ सरगम राई

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ३.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ४.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ५.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात

    • ६.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन

    भर्खरै

    • १.
      दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

    • २.
      रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

    • ३.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

    • ४.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

    • ५.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

    • ६.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

    • ७.
      भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

    • ८.
      प्यूठानमा चार जनाको शव फेला

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation