• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ४. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ५. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ६. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल


  •   सोमबार, असार १५, २०८३ मा प्रकाशित
  • काठमाडौं, प्यूठानकी चर्चित लोकदोहोरी मोडल नारायणी खत्री १३औँ म्युजिक खबर म्युजिक अवार्ड – २०८२ मा ‘उत्कृष्ट लोकदोहोरी महिला मोडल’ बाट सम्मानित भएकी छन्। काठमाडौंमा आईतबार आयोजित समारोहमा ‘करिमैले बोल’ गीतमार्फत उनले उक्त प्रतिष्ठित अवार्ड आफ्नो नाममा पार्न सफल भएकी हुन्।
    स्वाभाविक अभिनय, आकर्षक अभिव्यक्ति र मौलिक प्रस्तुतिका कारण दर्शकमाझ छुट्टै पहिचान बनाएकी खत्रीको अर्को विशेषता भनेको स्टेज कार्यक्रममा सधैं मर्यादित नेपाली पहिरन ‘सारी’मै प्रस्तुति दिनु हो। आधुनिक फेसनको प्रभाव बढिरहेका बेला पनि उनले नेपाली मौलिक पहिरनलाई निरन्तर आत्मसात् गर्दै नृत्य प्रस्तुत गर्ने गरेकाले दर्शकमाझ उनको अलग्गै छवि बनेको छ। धेरै कलाकारले विभिन्न शैलीका पहिरन रोज्ने गरे पनि सारी नै नारायणीको परिचय र विशेष पहिचान बनेको छ।
    यसअघि पनि उनी म्युजिक खबर म्युजिक अवार्डको ११औँ संस्करणमा उत्कृष्ट लोकदोहोरी महिला मोडल घोषित भएकी थिईन्। पुनः सोही विधामा अवार्ड जित्दै उनले नेपाली लोकदोहोरी भिडियो क्षेत्रमा आफ्नो सशक्त उपस्थिति थप स्थापित गरेकी छन्।
    यस वर्ष उत्कृष्ट लोकदोहोरी महिला मोडल विधामा ‘सेतै दुध सेतै चौलानी’ बाट करिष्मा ढकाल, ‘मेरो परान’ बाट जुना विश्वकर्मा, ‘हिमाली फूल’ बाट रविना भण्डारी र ‘माया मोह’ बाट सुस्मिता गुरुङसँग प्रतिस्पर्धा गर्दै ‘करिमैले बोल’ गीतबाट खत्री विजेता बनेकी हुन्।
    अवार्ड ग्रहणपछि खत्रीले दर्शक, शुभचिन्तक, गीतका सर्जक, गायक–गायिका, निर्माता तथा सम्पूर्ण टिमप्रति आभार व्यक्त गर्दै यो सम्मानले आगामी दिनमा अझ उत्कृष्ट काम गर्न प्रेरणा दिएको बताइन्। उनले नेपाली लोकसंस्कृति, मौलिक पहिरन र लोकदोहोरी संगीतको संरक्षण तथा प्रवर्द्धनमा निरन्तर समर्पित रहने प्रतिबद्धता पनि व्यक्त गरिन्।
    जन्मघर प्यूठान हुँदै कर्मघर दाङ बनाएकी नारायणी खत्री अहिले नेपाली लोकदोहोरी क्षेत्रकी लोकप्रिय र व्यस्त मोडलमध्ये एक हुन्। दर्जनौँ चर्चित गीतका भिडियोमा अभिनय गरिसकेकी उनले अभिनयसँगै नेपालीपन झल्किने मर्यादित पहिरनलाई निरन्तरता दिँदै आएकी छन्।

    Advertisement

    सोमबार, असार १५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा
    बडीमालिकामा पुग्यो फोर–जी सेवा
    तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक
    लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ४.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    • ५.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ६.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    भर्खरै

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • २.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ३.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    • ४.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    • ६.
      दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

    • ७.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    • ८.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation