• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असार २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

मन्त्रालय परिसरमा ह्वीलचेयर सेवा सुरु

लोकप्रिय समाचार

  • १. कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

  • २. वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार १९ जनाको खोजी

  • ३. मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

  • ४. पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको आग्रह

  • ५. कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

  • ६. राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

  • ७. आयरल्यान्ड र युएई पठाइदिने भन्दै ३९ लाख ठगी, दुई पक्राउ

  • ८. नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन

  • ९. सिक्टा आयोजना समयमै सक्न मन्त्री श्रेष्ठको जोड

  • १०. सात विश्वविद्यालयले पाए नयाँ उपकुलपति

सवै वडामा इन्टरनेट सेवा पुर्याउने सरकारको नीति छ : सञ्चार मन्त्री


  •   बुधबार, चैत ०७, २०८० मा प्रकाशित
  • प्यूठान। नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले देशका सवै वडामा इन्टरनेट सेवा पुर्याउने सरकारको लक्षय रहेको बताउनुभएको छ।
    यस आर्थिक वर्षमा हुम्लाबाहेक सबै जिल्ला, पालिका र वडा तहमा नेपाल टेलिकमको उच्च प्रबिधिको इन्टरनेट सेवा पुर्याउने गरि काम भईरहेको मन्त्री शर्माले जानकारी दिनुभयो।
    झिमरुक गाउँपालिकामा नेपाल टेलिकमको फाईबर नेट (एफटिएचएच) सेवाको भर्चुअल रुपमा उद्घाटन गर्नुहुँदै मन्त्री शर्माले दुर दराजमा ईन्टरनेट सेवा पुर्याउने अभियानमा सरकार लागि परेको र सबै स्थानीय तहसंगको समन्वयमा योजनाबद्ध तरिकाले काम भईरहेको बताउनुभयो।
    मन्त्री शर्माले भन्नुभयो ,’ यो वर्ष हुम्ला बाहेक सबै जिल्लामा यो सेवा पुगिसक्छ।’
    नेपाल सरकारले १९ जिल्लालाई नमूना दूरसञ्चारयुक्त जिल्ला बनाउने घोषणा गरेको मन्त्री शर्माले जानकारी दिनुभयो।
    नेपाल सरकारले डिजिटल नेपालको कार्यक्रम अघि बढाउन लागेको जानकारी गराउनुहुँदै मन्त्री शर्माले त्यसका लागि टेलिकमले सहयोग गर्नुपर्ने बताउनुभयो ।

    Advertisement

    नौ वटा स्थानीय तह रहेको प्यूठान जिल्लामा अहिलेसम्म प्यूठान नगरपालिका, स्वर्गद्वारी नगरपालिका, माण्डवि गाउँपालिका, मल्लरानी गाउँपालिका र झिमरुक गाउँपालिकामा यो सेवा पुगेको छ ।
    नेपाल टेलिकम तुल्सीपुरका प्रमुख सन्तोष शर्माले ऐरावती, सरुमारानी र नौबहिनि गाउँपालिकामा सेवा प्रबाहका लागि सर्भे भइसकेको र गौमुखि गाउँपालिकामा सर्भे गर्ने तयारी रहेको बताउनुभयो ।
    प्यूठानमा ३७ वटा फोरजी टावर संचालनमा रहेको जानकारी दिनुहुँदै प्रमुख शर्माले ४ हजार ६०८ जनालाई सेवा दिन पुग्ने गरि फाईबर नेट उपलब्ध रहेको बताउनुभयो । हाल १ हजार ६१८ जनामा नेट सेवा प्रवाह भएको छ।
    कार्यक्रममा नेपाल टेलिकम प्रबन्ध निर्देशक सुनिता पहाडी,लुम्बिनी प्रदेशका प्रादेशिक निर्देशक अनन्त प्रसाद मल्लिक, भैरहवा उप-प्रबन्धक कुश्माकर न्यौपाने, नेपाल टेलिकम बिजुवारका कार्यालय प्रमुख, निरन्जन श्रेष्ठ, वडा अध्यक्षहरु लगायतको उपस्थिति थियो ।

    बुधबार, चैत ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा
    सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा
    सात विश्वविद्यालयले पाए नयाँ उपकुलपति
    पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना
    जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै
    कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो

    लोकप्रिय

    • १.
      कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

    • २.
      वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार

    • ३.
      मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

    • ४.
      पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको

    • ५.
      कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

    • ६.
      राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

    भर्खरै

    • १.
      लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

    • २.
      जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

    • ३.
      इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

    • ४.
      गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

    • ५.
      मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

    • ६.
      ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

    • ७.
      राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

    • ८.
      स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation