• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

पूर्वीय दर्शनलाई विश्वव्यापि बनाउनुपर्छ–उपकुलपति प्रा.डा. लामिछाने


  •   मङ्गलबार, फागुन २९, २०८० मा प्रकाशित
  • दाङ । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेले पूर्वीय दर्शनलाई विश्वव्यापि बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । विश्वविद्यालयको केन्द्रीय कार्यालयमा मंगलबार आयोजित ‘विश्वमा शान्ति प्रयास र धर्मयुद्ध’ विषयक अन्तरसम्वाद कार्यक्रममा बोल्दै उपकुलपति प्रा.डा. लामिछानेले भन्नुभयो, ‘पूर्वीय दर्शन र साहित्यले पश्चिमा जगत्लाई आकर्षित गर्दै गइरहेका छन् । यो हाम्रा लागि खुसीको विषय हो । जुनरुपमा हामीले पूर्वीय दर्शनलाई विश्वव्यापि बनाउनु पर्दथ्यो । हामीले सकेका छैनौं । अब यसतर्फ सबैको ध्यान केन्द्रीत हुनु आवश्यक छ ।’
    नेपाल संस्कृत विश्वविद्यालयले संस्कृत भाषा, साहित्य र बाङ्मयको विकासका लागि भूमिका खेल्दै आएको भन्दै प्रा.डा. लामिछानेले विश्वमै पूर्वीय दर्शन अध्ययनको केन्द्रका रुपमा विश्वविद्यालयलाई परिचित बनाउनतर्फ लागिपरेको बताउनुभयो । ‘नेपाल संस्कृत विश्वविद्यालयलाई पूर्वीय दर्शन अध्ययनको केन्द्रका रुपमा विश्वमै स्थापित गराउन हामी लागिपरेका छौं । विश्वका विभिन्न स्थानमा रहेका विश्वविद्यालयसँग एमओई गरेर अनुभव आदान प्रदान गर्ने कार्य प्रारम्भ गरेका छौं’, उपकुलपति प्रा.डा. लामिछानेले भन्नुभयो, ‘नेपाल संस्कृत विश्वविद्यालयको गरिमा बढाउने कार्य गरिरहेका छौं ।’
    कार्यक्रममा बोल्दै नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. भीमप्रसाद खतिवडाले संस्कृत संस्कृत भाषा, साहित्य र बाङ्मयलाई अन्तर्राष्ट्रि«य जगत्सम्म पु¥याउन राज्यले विशेष नीति ल्याउनुपर्ने बताउनुभयो । पूर्वीय दर्शनका अध्ययताको ध्यान केन्द्रीत गर्न र नेपाललाई पूर्वीय दर्शन अध्ययनको केन्द्रका रुपमा स्थापित गर्न नसक्दासम्म पूर्वीय दर्शनको अध्ययन अपूर्ण हुने बताउनुभयो । ‘पूर्वीय दर्शनको अध्ययनको केन्द्र नेपाललाई बनाउन नसक्दासम्म पूर्वीय दर्शनको अध्ययन पूर्ण हुन सक्दैन । विश्वका अन्य भाषी अध्ययताका सन्दर्भसामग्री प्रयोग गरेर सम्पन्न गरिएका अनुसन्धानहरु अपूर्ण सावित भएका छन्’, प्रा.डा. खतिवडाले भन्नुभयो, ‘नेपाली अध्ययताहरुले समेत विदेशी अध्ययताका अनुसन्धान सामग्रीलाई आधार मानिदिँदा पूर्वीय दर्शनसम्बन्धि सही अध्ययन हुन सकेको छैन । यसतर्फ समयमै सोच्नु आवश्यक छ ।’
    कार्यक्रममा क्यानडास्थित राजकीय सैनिक विश्वविद्यालयका प्राध्यापक डाक्टर वाल्टरले नेपालबाट विश्वले सिक्नुपर्ने बताउनुभयो । शान्ति कायम गर्न सक्षम मुलुक भनेर नेपालले विश्वमै आफ्नो परिचय स्थापित गरेको भन्दै प्रा.डा. वाल्टरले सबै धर्मका बिचमा समन्वय कायम गर्नु नेपालको सबैभन्दा ठूलो सफलता रहेको औंल्याउनुभयो । हिन्दू धर्मीक ग्रन्थमा धर्मराज्य स्थापना गर्नका लागि युद्ध हुने गरेको चर्चा गर्दै वाल्टरले यस्ता युद्धमा अनुशासित र मर्यादित हुने गरेकाले यसबाट वर्तमान विश्वले पाठ सिक्नुपर्ने औंल्याउनुभयो ।
    कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक, सहप्राध्यापक, उपप्राध्यापक, कर्मचारीहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण विश्वविद्यालयका उपप्रशासक प्रदिप गौतमले गर्नुभएको थियो ।

    Advertisement

    मङ्गलबार, फागुन २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation