प्यूठान । कार्यसम्पादन मूल्याकंनमा सरुमारानी गाउँपालिका नेपालकै उत्कृट्र दशभित्र परेको छ । आर्थिक वर्ष ०७९/०८० को कार्यसम्पादन मूल्याकंनमा प्यूठानमा पहिलो स्थान सुरक्षित गर्दै देशभरमा उत्कृट्र दश भित्र पर्न सफल भएको हो ।
सरुमारानी गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत देविराम पाठकले कर्मचारी,जनप्रतिनिधी र पालिकावासीको सहयोगले यो नतिजा हात परेको प्रतिकीया दिनुभयो।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बुधवार सार्वजनिक गरेको प्रारम्भिक नतिजाअनुसार सरुमारानी गाउँपालिका ४९।१९ अङ्कसहित पहिलो, प्युठान नगरपालिका ४४।३० अङ्कसहित दोस्रो र गौमुखी गाउँपालिका ४२।३० अङ्कसहित तेस्रो भएका छन्।
त्यसैगरी झिमरूक गाउँपालिका ४०।६६, मल्लरानी गाउँपालिका ४०।५१, माण्डवी गाउँपालिका ३८।४६, नौबहिनी गाउँपालिका ३८।०५, ऐरावती गाउँपालिका ३५।७३ र स्वर्गद्वारी नगरपालिकाले २७।५६ अङ्क प्राप्त गरेका छन् । आयोगले १७ सूचकमध्ये १४ सूचकको मूल्याङ्कन गरेको हो ।