• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असार १७, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

क्यानडामा ‘रामकृष्ण ढकाल साँझ’मा झुमे दर्शक, बचत रकम मन्दिरमा समर्पण

गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै

रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति धन्यवाद

शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’ सार्वजनिक

क्वाडी–बाग्दुला सडक विस्तार हुँदै, संरचना हट्नेमा स्थानीय चिन्तित

लोकप्रिय समाचार

  • १. ४९ करोडको बजेटले सरूमारानीको विकास यात्रामा गति थप्ने

  • २. प्यूठानको बजेट चित्र : ‘फर्क युवा, बन उद्यमी’देखि ‘एक घर, एक धारा’सम्म

  • ३. किसानलाई मेसिनद्वारा धान रोप्न सिकाइँदै

  • ४. छत्रकोट-३ मा लुम्छा–हर्दिनेटा सडक कालोपत्रे सम्पन्न, स्थानीयमा उत्साह

  • ५. शिक्षा, स्वास्थ्य र कृषि केन्द्रमा राखेर झिमरुकको बजेट पारित

  • ६. नौबहिनीको बजेट : खेतबारीदेखि सडकबत्तीसम्म विकासको उज्यालो योजना

  • ७. रेसुङ्गाको महिमा गुञ्जिएको भजन ‘रेसुङ्गा जाऔं’ सार्वजनिक

  • ८. प्युठानमा आपतकालीन खाद्य बैंक स्थापना हुँदै

  • ९. राप्ती गाउँपालिकाद्वारा ६३ करोड बढीको बजेट प्रस्तुत

  • १०. गोरु र राँगोपालक कृषकलाई प्रोत्साहन गर्दै गुल्मीदरबारको बजेट सार्वजनिक

लघुचलचित्र ‘पाउलो’ : सडकबालकको संघर्ष र जुत्ताको जीवनकथा


  •   शुक्रबार, पुष २०, २०८० मा प्रकाशित
  • काठमाडौं । ऐना आर्टस्को प्रस्तुति र ब्ल्याक हर्स जुत्ता कम्पनीको सहयोगमा लघुचलचित्र ‘पाउलो’ निर्माण भएको छ । जुत्ताको कथावस्तु रहेको ‘पाउलो’ को छायांकन काठमाडौंको पशुपति परिसरमा गरिएको थियो । लघुचलचित्रमा प्रशान्त हुमागाइँ, सुवास सिलवाल, मोहन श्रेष्ठ, उद्धव दंगाल, नरेन भट्टराई, निश्चल कार्की, सम्पन्न दाहाल, लिजेश थापा र सन्देश थापाले अभिनय गरेका छन्। पाउलोमा रेनुका कार्कीको कास्टिङ डिरेक्सन र प्रोडक्सन म्यानेजमेन्ट चक्र प्रसाद पोख्रेलले गरेका छन् । सहायक निर्देशन करन साउदको रहेको छ । लघुचलचित्रको छायांकन नारायण जिसीले गरेका हुन् र सम्पादन अनिल कुमार महर्जनले गरेका छन् ।

    Advertisement

    लघुचलचित्र ‘पाउलो’ पशुपती परिसरमा बस्ने परिवारविहिन एक सडक बालकको कथा हो । जसमा सुरुदेखि अन्त्यसम्म मुख्य पात्र जुत्तालाई नै बनाइएको छ । मानिस जन्मन्छ, हुर्कन्छ, विवाह गर्छ, विवाह पश्चात् श्रीमान वा श्रीमतीको मृत्यु भयो भने उसले अर्को विवाह गरेको घटनाहरु समाजमा पाईन्छ, यस्तै मानिसको कथालाई विम्बको रुपमा जुत्ताको जीवनकथा प्रस्तुत गरिएको छ । यहाँ कलाकार वा पात्रले जुत्तालाई हैन, जुत्ताले कथाका पात्रहरूलाई घुमाइरहन्छ । त्यही जुत्ताले कसैलाई खुसी थपिदिन्छ त कसैलाई रुवाउछ वा समयअनुसार उही मानिसलाई दुखी बनाइदिन्छ । लघुचलचित्र ‘पाउलो’ मा पनि एउटा जीवन्त कथा र समाजको यथार्थ चित्रण रहेको छ ।

    जुत्ता एउटा सामाग्री मात्र हैन, मानवीय अनुभुतीहरु पनि हुन् भन्ने यस लघुचलचित्रको मुख्य सार रहेको छ । पाउलोको कथावस्तु जुत्ता सम्बन्धी भएर आफुलाई राम्रो लागेकाले सहकार्य गरेको ब्ल्याक हर्स इन्ड्रस्टिज प्रालिका प्रबन्ध निर्देशक चीन बहादुर श्रेष्ठ बताउँछन् । ब्ल्याक हर्सले नेपालमा विभित्र ब्राण्डेड जुत्ता तथा चप्पलहरुको उत्पादन तथा वितरण गर्दै आइरहेको छ ।
    लघुचलचित्र पाउलोको लेखन तथा निर्देशन मोहन अभिलाषीले गरेका हुन् । अन्य चलचित्रहरूमा व्यक्तिलाई पात्रको रुपमा उभ्याउने गरिएतापनि यस लघुचलचित्रमा भने जुत्तालाई नै मुख्य पात्र र जीवनको रुपमा उतार्ने प्रयास गरिएको उनी बताउँछन् । उनले यसअघि निर्माण गरेका लघुचलचित्र ‘भाउ’, ‘घुर्रा’, ‘द स्कुल वाल’ विभिन्न अन्तरास्ट्रिय चलचित्र महोत्सवहरुमा समेत छनोट भएर विभिन्न देशहरुमा प्रदर्शनसमेत भईसकेको छ ।

    पाउलोको पात्रहरुको लागि स्पार्कल आर्ट एकेडेमीमा अडिसनमार्फत कलाकारहरुको छनोट गरिएको थियो । मुख्य पात्रको रुपमा अभिनय गरेका प्रशान्त हुमागाइँ यस लघुचलचित्रबाट अभिनयबारे अझ धेरै कुराहरु सिक्ने अवसर पाएको बताउँछन् । पात्रमा अभिनय गरिरहँदा मानिसहरु झुक्किएर पैसा दिएको अनुभव समेत सुनाए । उनले नाटकमार्फत बेलारुस र बंगलादेश पुगेर उत्कृष्ट बाल कलाकारको अवार्डसमेत प्राप्त गरिसकेका छन् ।

    शुक्रबार, पुष २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    क्यानडामा ‘रामकृष्ण ढकाल साँझ’मा झुमे दर्शक, बचत रकम मन्दिरमा समर्पण
    शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’ सार्वजनिक
    गाउँको स्वर, मञ्चको चमक : रामप्रसाद गुरुङ
    रेसुङ्गाको महिमा गुञ्जिएको भजन ‘रेसुङ्गा जाऔं’ सार्वजनिक
    नवप्रतिभा परिधी खतिवडाको ‘घरकी फूलबारी’ सार्वजनिक
    ‘दुःख सुनाएर के काम ?’

    लोकप्रिय

    • १.
      ४९ करोडको बजेटले सरूमारानीको विकास यात्रामा गति

    • २.
      प्यूठानको बजेट चित्र : ‘फर्क युवा, बन

    • ३.
      किसानलाई मेसिनद्वारा धान रोप्न सिकाइँदै

    • ४.
      छत्रकोट-३ मा लुम्छा–हर्दिनेटा सडक कालोपत्रे सम्पन्न, स्थानीयमा

    • ५.
      शिक्षा, स्वास्थ्य र कृषि केन्द्रमा राखेर झिमरुकको

    • ६.
      नौबहिनीको बजेट : खेतबारीदेखि सडकबत्तीसम्म विकासको उज्यालो

    भर्खरै

    • १.
      लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

    • २.
      रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

    • ३.
      पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

    • ४.
      क्यानडामा ‘रामकृष्ण ढकाल साँझ’मा झुमे दर्शक, बचत रकम मन्दिरमा समर्पण

    • ५.
      गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै

    • ६.
      रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

    • ७.
      मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति धन्यवाद

    • ८.
      शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’ सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...