कामनाडेली, प्युठान। माण्डवी गाउँपालिका- २ धनचौरमा पहिरोले आठ घर भत्किएका छन् भने ३० भन्दा बढी घर जोखिममा परेका छन् ।आज विहानको पहिरोले ८ घर पुर्ण रुपमा भत्किएको स्थानिय अमृत केसीले जानकारी दिए।
स्थानीय बल बहादुर खत्री, ज्ञान बहादुर सार्की, राम बहादुर सार्की, दिल बहादुर सार्की, दिल बहादुर खत्री, हिमलाल खत्री र विर बहादुर दमाईको घर पहिरोले बगाएको छ ।
केसिले भने,‘गाउँका कोही पनि मान्छे हिजोदेखि सुतेका छैनन् ।’ उनले पहिरो झरिरहेकाले कुन बेला के हुन्छ भन्न नसकिने अवस्था रहेको बताए । घर भत्किँदा पशुचौपाया समेत च्यापिएर मरेका छन् । बस्तिदेखि माथिबाट पहिरो खसेको छ। वस्तीको जमिन चिरा परेर भासिएको छ। पहिरो खसेर बाटाघाटाहरु बन्द छन ।
पहिरो झर्ने क्रम नरोकिएकाले बस्ती नै जोखिममा परेको हो। प्रभावित परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ।
अहिले प्रहरी समेत पहिरो प्रभावित ठाउमा पुगिसकेको छ।
धनचौरमा पहिरोले ८ घर भत्किए, ३० जोखिममा
धनचौरमा पहिरोले ८ घर भत्किए, ३० जोखिममा
Advertisement
तपाईको प्रतिक्रिया