• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असार ३०, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दाङमा मोटरसाइकल दुर्घटनाः दुई जनाको मृत्यु

गुल्मीमा हावाहुरीले विद्युत सेवा अबरुद्ध 

लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको शिलान्यास

प्रशासकिय भवन बन्यो, प्रयोग भएन

‘संविधानले दिएको महिला अधिकार दलहरूले खोसे’ : सभामुख घर्ति

वामी–रिडी सडकछेउमा एक पुरुषको शव फेला

तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत हुन असफल

झिमरुक फाँट बदल्ने फार्म: नविन श्रेष्ठको ड्रागन कथा

लुम्बिनी प्रदेश सरकारले छोडिएका गाईको दीर्घकालीन व्यवस्थापन गर्ने

लोकप्रिय समाचार

  • १. प्युठान नगरपालिकाद्वारा दुई सामुदायिक विद्यालयलाई नगद पुरस्कार

  • २. अध्यक्ष विष्टद्वारा गुरुहरूलाई घरमै पुगेर सम्मान

  • ३. प्युठानमा एचआईभी संक्रमितको जीवनस्तर उकास्न कार्यविधि बन्ने

  • ४. सिद्धबाबा नजिक पहिरोमा एकको मृत्यु, एक घाइते

  • ५. उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित सम्मान

  • ६. गुल्मीमा मनसुनजन्य विपद्ले २२ हजार नागरिक प्रभावित हुने अनुमान

  • ७. गुल्मीमा दुई स्थानमा सडक पूर्ण रुपमा अवरुद्ध 

  • ८. दाङमा पेस्तोलसहित एक युवक पक्राउ

  • ९. गुल्मीमा तीन उत्कृष्ट कृषकलाई सम्मान

  • १०. थबाङ गाउँपालिकाका सात जना कर्मचारी सम्पर्क बिहिन

लमहीका होटलमा मौलाउँदै यौनधन्दा, सम्बन्धित निकाय मुख दर्शक


  •   सोमबार, भदौ २७, २०७९ मा प्रकाशित
  • टेकबहादुर पुन, दाङ । दाङ जिल्लाको मुख्य बजार मध्य लमही बजार पनि एक प्रमुख बजार हो ।

    Advertisement

    पुर्ब पश्चिम राजमार्ग अन्तरगत पर्ने दाङ देउखुरीको प्रमुख ब्यापारिक केन्द्रमा पर्छ लमही बजार । त्यही लमही बजारको कुनै एक होटलमा पत्रकारको टिम ग्राहक बनेर जान्छ ।
    त्यँहा जाँदा होटेल साहुजी र अन्य ग्राहक गोप्यमा यौनका कुरा गरिरहेको पत्रकारले सुन्छन । कोही बार्गेनिङ्गमै ब्यस्त हुन्छन । कोही भने युगल जोडी ओहोर दोहोर गरिरहेका हुन्छन । यिनै हर्कतले निश्चित हुन्छ कि यहाँ यौनधन्दा खुलेयाम हुने रहेछ ।

    पत्रकारको टिम मध्य कुनै एकजना पत्रकारले ग्राहक बनेर एकजना महिलालाई सोध्छन, कसरी हो? पैशाकै निम्ति होटलमा अरुको बिस्तारा बनेकी ती महिलाले भन्छिन १५ सय रूपैया मात्र । स्थानियको गुनासो पश्चात् पुर्ब तयारी सहित पत्रकारको टिम ‘छड्के’ गएको हुन्छ । तर यो कुरा न होटल सञ्चालकलाई थाहा हुन्छ नत ग्राहक न कुनै पेशेबर ।

    कुरा गर्दै जाँदा ती महिलाले सबै पोल खोल्छिन । एकपटक यौन सम्पर्क गराए बाफत वास्तविक आफुले १ हजार पाउने र ५ सय रुपैया होटलले लाने गरेको नाम नबताउने सर्तमा ती महिलाले भनिन । आफ्नो यौन ईच्छालाई मेटाउन भिआईपी देखि प्रहरी सम्म आउने गरेको ती महिलाले खुलासा गरिन ।
    उमेर अनुसारको यहाँ फरक फरक रेट कायम रहेको यौनधन्दामा संलग्न ती महिलाले बताईन ।

    यिनै यावत कारणले पनि पछिल्लो समय लमही बजार यौन धन्दाको अखडा बन्दै गईरहेको पुष्टि भएको छ । लमही बजार अन्तरगतका केही होटल हरुमा खुलेयाम यौन धन्दा हुने गरेको पाइएको हो । यसरी खुलेयाम यौन धन्दा हुँदै जाँदा समाजको सभ्यता माथी प्रश्न उठ्ने गरेको छ ।

    लमहीका होटलहरुमा खुलेयाम यौन धन्दा बढ्दै जाँदा स्थानिय हरु चिन्तित समेत बनेका छन । ब्यापारका नाममा खुलेयाम धन्दा हुँदापनि स्थानीय सरकार, प्रहरी प्रशासन, होटल ब्यबसायी संघ लगायतका निकायहरु मुख दर्शक बनेको स्थानीय भुपाल पान्डेले बताए ।
    ‘यहाँ खुलेआम यौन धन्दा हुन्छ, तर कुनै निकायले अनुगमनमा ध्यान दिएन पाण्डेले भने-कतै कमिसनको खेल त होईन?’ यसरी होटलमा अनैतिक धन्दा हुँदा परिवार सहित गएर खाना खान समेत बाताबरण नरहेको अर्का स्थानिय महेश भुसालले गुनासो गरे । समाजको सभ्यतालाई ख्याल नै नगरी पैशाकै निम्ति ब्यापारीले यौनधन्दा चलाएर समाजको चरित्र हत्या गरिरहेको भुसालले आरोप लगाए । दिन दहाडै होटलमा खुलेयाम यौन धन्दा हुँदापनि नियमन गर्ने निकायहरु मुख दर्शक बन्नुले निकायकै मिलोमतो होकि भन्ने सङ्का उत्पन्न हुन थालेको छ ।

    सोमबार, भदौ २७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत हुन असफल
    झिमरुक फाँट बदल्ने फार्म: नविन श्रेष्ठको ड्रागन कथा
    प्युठान नगरपालिकाद्वारा दुई सामुदायिक विद्यालयलाई नगद पुरस्कार
    कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”
    गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु
    गढवा गाउँपालिकामा एक वर्षमा १२१ उजुरी, ८१ फर्छ्यौट

    लोकप्रिय

    • १.
      प्युठान नगरपालिकाद्वारा दुई सामुदायिक विद्यालयलाई नगद पुरस्कार

    • २.
      अध्यक्ष विष्टद्वारा गुरुहरूलाई घरमै पुगेर सम्मान

    • ३.
      प्युठानमा एचआईभी संक्रमितको जीवनस्तर उकास्न कार्यविधि बन्ने

    • ४.
      सिद्धबाबा नजिक पहिरोमा एकको मृत्यु, एक घाइते

    • ५.
      उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित

    • ६.
      गुल्मीमा मनसुनजन्य विपद्ले २२ हजार नागरिक प्रभावित

    भर्खरै

    • १.
      दाङमा मोटरसाइकल दुर्घटनाः दुई जनाको मृत्यु

    • २.
      गुल्मीमा हावाहुरीले विद्युत सेवा अबरुद्ध 

    • ३.
      लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको शिलान्यास

    • ४.
      प्रशासकिय भवन बन्यो, प्रयोग भएन

    • ५.
      ‘संविधानले दिएको महिला अधिकार दलहरूले खोसे’ : सभामुख घर्ति

    • ६.
      वामी–रिडी सडकछेउमा एक पुरुषको शव फेला

    • ७.
      तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत हुन असफल

    • ८.
      झिमरुक फाँट बदल्ने फार्म: नविन श्रेष्ठको ड्रागन कथा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation