अनुज पछाई , प्यूठान । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि प्यूठानमा ३१ सय बढीले म्यादी प्रहरीमा आवेदन दिएका छन् । जिल्लामा १२ सय ४८ जना म्यादी प्रहरीको माग गरिएकोमा आइतबारदेखि शुक्रबार अन्तिम दिनसम्म ३ हजार १ सय ७४ जनाले आवेदन दिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रवक्ता तथा प्रहरी निरीक्षक देबी प्रसाद गैरेका अनुसार ७१६ महिला र २ हजार चार सय ५८ जना पुरुषले आवेदन दिएका छन्। ४० दिनका लागि म्यादी प्रहरीमा भर्ना हुने म्यादी प्रहरीले प्रहरी जवानसरह नै सेवा सुविधा पाउनेछन् । छनोट भएका म्यादी प्रहरीलाई ७ दिन तालिम दिएर चुनावको सुरक्षामा खटाइने छ । म्यादी प्रहरीको प्रशिक्षण आउँदो २८ गतेदेखि सुरु हुदैंछ ।
म्यादी प्रहरीले दिनको सात सय ५६ रुपैयाँका दरले तलब पाउनेछन् । ४० दिनको ७ हजार रुपैयाँ रासन भत्ता, पोसाक भत्ता ६ हजार र एक हजार रुपैयाँ यातायात खर्च पाउने छन् । त्यस्तै देशभरका ७७ वटै जिल्लामा स्थानीय चुनावका लागि एक लाख जना म्यादी प्रहरी माग गरिएको छ । म्यादी प्रहरी भर्नामा जिल्लाका युवाहरूको उल्लेखनीय सहभागिता देखिएको छ ।
म्यादी प्रहरीमा युवा आकर्षण : प्यूठानमा ३१ सय बढीले दिए आवेदन
म्यादी प्रहरीमा युवा आकर्षण : प्यूठानमा ३१ सय बढीले दिए आवेदन
Advertisement
तपाईको प्रतिक्रिया