गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका देशकै उत्कृष्ट तीन नम्बरमा पर्न सफल भएको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले तयार गरेको कार्यसम्पादन मूल्यांकनका आधारमा धुर्कोट उत्कृष्ट तीनमा र लुम्बिनी प्रदेशमा पहिलो भएको हो । आयोगले तयार पारेका १७ सूचकमा मूल्यांकन गर्दा ७६.५४ अंक प्राप्त गर्दै धुर्कोटले उत्कृष्ट्र भएको हो। सम्बन्धित स्थानीय तह र निकायबाट प्राप्त तथ्यांक समेतको आधारमा आयोगले कार्यसम्पादन मूल्यांकन गरेर अंक प्रदान गरेको हो । १७ सूचक तय गरिएका थिए । समयमै बजेट पेश गरे/नगरेको, असार मासन्तभित्र बजेट पास गरे/नगरेको, राजस्व बाँडफाँट गरे/नगरेको, आगामी आवको बजेटको अनुमान अर्थमन्त्रालयमा पुस मसान्तभित्र पेस गरे/नगरेको विषयमा मूल्यांकन गरेको थियो ।
Advertisement