काठमाडौ। सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते शुक्रवार गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले २०७९ वैशाख ३० गते एकै चरणमा चुनाव गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयाे । यसअघि २०७४ सालमा तीन चरणमा स्थानीय तहको निर्वाचन भएको थियो।
Advertisement
प्रधानमन्त्री शेरबहादुर देउवाले केही दिनअघि निर्वाचन आयोगका आयुक्तहरूसँग स्थानीय चुनावबारे छलफल गरेका थिए।
आयोगले जेठ ४ मा स्थानीय चुनाव गर्न सरकारलाई सुझाव दिएको थियो।