• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

प्यूठानमा लोप हुँदै परम्परागत ढिकी र जाँतो


  •   शुक्रबार, कार्तिक १९, २०७८ मा प्रकाशित
  • अनुज पछाई, प्यूठान । आधुुनिक प्रबिधिहरुको विकाससंगै ढिकी र जातो देखिनै छाडेको छ । सेलरोटीको पर्वका रुपमा रहेको तिहार घर आगनमा आईसकेको छ । महिलाहरुलाई अहिले रोटी बनाउनै चटारो छ ।

    Advertisement

    तिहारकालागि रोटी बनाउने सुरमा रहेकी प्यूठान नगरपालिका – १ खैराकी दिना बस्नेत रोटी बनाउनका लागि चाहिने पीठो पिस्नकालागि एक हप्ता देखि ढिकी र जातोे खोज्दै हिडेकी छिन । हरेक बर्ष जस्तै यस बर्ष पनि तिहारकालागि सेल, फिनी, अनरसा, झिनिया लगायत रोटी बनाउने उनी बताउछिन ।

    छर छिमेकी, गाउ गाउमा चहार्दा पनि ढिकी र जातो नपाएपछि उनी निराश बनेकी छिन । ‘ एक हप्ता देखि चामलको पीठो पिस्न ढिकी जातोको खोजीमा लागेकी छु तर कही भेटाएको छैन ’ उनले निराश हुदै भनिन । आधुनिक मेशिनले पिसेको भन्दा ढिकी जातोले पिसेको पीठोबाट बनाएको रोटी राम्रो बन्ने गरेकोले आफुले सो सामान पाइने आश र खोजीको प्रतिक्षामा बसेको उनले बताईन ।

    प्यूठान नगरपालिका– ३ कुवापानीकी सुमित्रा खत्रीले पनि तिहारमा सेल बनाउनका लागी पीठो पिस्न ढिकी र जातो खोजी गरे पनि नपाएको बताईन । ‘ ५ दिन देखि ढिकी जातो खोजे पनि कही भेटिन,’ उनले भनिन । ढिकी र जातो नपाए पछि नजिकैको मीलमा गएर पीठो पिसाउने सोचमा गएको उनले बताईन ।

    केही बर्ष अघि सम्म तिहारमा बनाईने रोटीहरु ढिकी जातोबाट पिसेको पीठोबाट बनाईन्थ्यो । तर अहिले भने भने गाउ घरबाट परंपरागत ढिकी र जातो लोप भए पछि आधुनिक मीलबाट पीठो पिसाउने चलन आएको छ । जिल्लाका प्रत्येक ग्रामीण बस्तीमा धान कुटने, पिठो पिधन अत्याधुनिक बिद्युतीय मिलहरु संचालनमा आए पछि ढिकी जातोको प्रयोग हराउदै गएको छ ।

    अधिकांसले ढिकी र जातो बिर्सदै जान थालेका छन् । अहिले यहा समय परिवर्तनसंगै स्थानिय समुदायले परम्परा देखि प्रयोग गर्दै आएका ढिकी र जातो चलाउन छोडेका छन् । कुटानी पिसानीका लागि प्रयोग हुने ढिकी र जातो को प्रयोग छोडे पछि ढिकी र जातो लोप हुने अबस्थामा पुगेको हो। जिल्लाका प्रत्येक ग्रामीण बस्तीमा धान कुटने, पिठो पिधन अत्याधुनिक बिद्युतीय मिलहरु संचालनमा आएपछि अधिकांस प्यूठानका समुदायले ढिकी र जातो बिर्सदै जान थालेका छन् ।

    १० बर्ष अघि सम्म सबैे यता ढिकी र जातो को बढी प्रयोग गर्दथे तर अब प्रयोग र बनाउने क्रम घटदै गएको कुरा प्यूठान नगरपालिका २ चितिखोलाकी ७० बर्षिया सिताराम बिष्टले बताए । ‘ तिहारका बेलामा त यस्को प्रयोग अझ बढी हुन्थ्यो तर अहिले भने गाउ घरमा यो देखिनै छाड्यो ’ उनले भने । ‘वनबाट काठ ल्याई ढिकी र खोलाबाट ढुङ्गा ल्याई जातो बनाउने गरिन्थ्यो नयाँ पिढीले उक्त समान बनाउने सिप सिक्न समेत लुप्प भयो, ’ प्यूठान नगरपालिकाका अर्का एक जना ७३ बर्षिया कृष्ण बहादुर थापाले गुनासो गदै भने ‘ अहिले उक्त समान बनाउने सीप सिक्न समेत लाज मान्छन् ’ । ‘पहिले जुन घरमा ढिकी र जातो हुदैन थियो, त्यो घरमा कसैले विवाह गर्दैन्थ्यो तर अब समय परिर्बनसंगै पुरानो कला संस्कृती लोप हुदा समेत कसैलाई कुनै चिन्ता छैन्’ उनले भने ।

    बिहान झिसमिसेमा कुखुरा बासे पछि उज्यालो नहुन्जेल सम्म ढिकीमा धान कुटने पहिले –पहिले परमपरा नै थियो । त्यस्तै गाउका कुल पुजा र विवाह तथा शुभ कार्यमा समेत ढिकी र जातो बाट कुटेका चामल र पिठो जस्ता खाद्य पदार्थको प्रयोग गरिन्थ्यो । जबकी ढिकी र जातो बाट कुटेका चामल र पिठो स्बास्थ्य बद्र्धक र स्वादिष्ट पनि उत्तिकै हुन्छ । यहाका समुदायले बिभिन्न धार्मिक पुजाआजा गर्दा चामलको पिठोको बिषेश परिकार बनाएर प्रसाद बितरण र ग्रहण गर्ने गर्दछन् ।

    आधुनिक खाद्य उद्योगहरुले ब्यक्तिमा काम गर्ने जागर कम गराईदिएको छ भने बर्षौ पुरानो कला संस्कृती लोप हुने अबस्थामा पुगे पछि यहाका संस्कृतिबिद चिन्तित बनेका छन् । ‘तत्काल ढिकी र जातोको संरक्षणमा लागिन भने आउदो नयाँ पुस्ताका लागि ढिकी र जातो ईतिहासमा सिमित हुन्छ भन्दा अतिशयोक्ती नहोला’ साहित्य परिषद प्यूठानका अध्यक्ष गेहराज थापाले भने ।

    शुक्रबार, कार्तिक १९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • २.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ६.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ७.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ८.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation