बर्दिया । बुद्धको मूर्ति किनबेच गरिरहेका पाँच जना बर्दियाबाट पक्राउ परेका छन् ।
Advertisement
बर्दियाको गुलरिया बजारको गेष्ट हाउसमा सयौँ वर्ष पुरानो बहुमूल्य धातुबाट बनेको बुद्धको मूर्ति करोडौँ रुपैयाँमा किनबेच भइरहेको सूचनाका आधारमा छापा मारेर प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बर्दियाका निराजन उप्रेती, उज्ज्वल रोकाया, अमृत राई, ईश्वरीप्रसाद उपाध्याय र मगबहादुर नेपाली रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारीत तथा प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिनुभयो ।।
पक्राउ परेकाको साथबाट एक थान बुद्धको मूर्ति प्रहरीले बरामद गरेको छ । उक्त मूर्ति ७ किलो ७०२ ग्राम तौल र ९.५ ईन्च उचाईको रहेको छ । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको सूचना अधिकारी शाहीले जानकारी दिनुभयो ।