• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

कपिलवस्तुमा १२ लाख बिरुवा निशुल्क वितरण गरिदै


  •   शनिबार, असार २६, २०७८ मा प्रकाशित
  • सनिउल्ला धोबी, कपिलवस्तु। कपिलवस्तुमा यस बर्ष झण्डै १२ लाख बिरुवा उत्पादन भएको छ । वातावरण हरियाली र निजिवन क्षेत्र बढाउने उदेश्यले कपिलवस्तुमा ११ लाख ७८ हजार ३ सय बिरुवा उत्पादन गरी वितरण कार्य भैरहेको छ ।

    Advertisement

    कपिलवस्तुमा रहेको डिभिजन वन कार्यालय गौतम बुद्ध चन्द्रौटा र डिभिजन वन कार्यालय कपिलवस्तु तौलिहवाले उपलब्ध गराएको तथ्यांक अनुसार बर्ष झण्डै १२ लाख बिरुवा उत्पादन गरी निशुल्क वितरण कार्य जारी रहेको छ । जिल्लामा टिक, मसाला, सफेता, हर्राे बर्राे, तेजपात बकाइनो, अमला, जमुना, आप, कटहर, लिची लगायतका बिरुवा निशुल्क वितरण भैहरको छ ।

    डिभिजन वन कार्यालय गौतम बुद्ध चन्द्रौटा क्षेत्रमा ७ लाख ४८ हजार ३ सय विरुवा निशुल्क रुपमा वितरण भैरहेको छ । डिभिजन वन कार्यालय गौतम बुद्ध चन्द्रौटा मार्फत ३ लाख १९ हजार काठजातको बिरुवा उत्पादन गरी वितरण कार्य जारी राखेको डिभिजन वन कार्यालय गौतम बुद्ध चन्द्रौटा कपिलवस्तुका डिभिजनल प्रमुख दुर्गा बहादुर कार्कीले जानकारी दिनुभयो । डिभिजन वन कार्यालय गौतम बुद्ध चन्द्रौटा कपिलवस्तुले २३ हजार ५ सय फलफुलको विरुवा वितरण गरी सकेको डिभिजनल प्रमुख कार्कीले बताउनु भयो ।

    डिभिजन वन कार्यालय गौतम बुद्ध अन्तरगत कपिलवस्तु साझेदारी बन ब्यवस्थापन समिति खरेन्द्रपुरले १ लाख ३० हजार काठजातको विरुवा वितरण कार्य जारी रहेको साझेदारी बन ब्यवस्थापन समितिका अध्यक्ष गंगेशनाथ तिवारीले जानकारी दिनुभयो ।

    कपिलवस्तु साझेदारी बन ब्यवस्थापन समितिले ८ हजार २ सय फलफुलको विरुवा वितरण गरीसकेको अध्यक्ष तिवारीले बताउनु भयो । काठजातको विरुवा साझेदारीले उत्पादन गरेको र फलफुलका विरुवा खरिद गरी वितरण गरिएको उहाँले बताउनुभयो ।

    शिवराज साझेदारी वन ब्यवस्थापन समिती चन्द्रौटा मार्फत १ लाख ३० हजार काठ प्रजातीको बिरुवा वितरण गरेको सहायक बन अधिकृत प्रेम शंकर गुप्ताले जनकारी दिनुभयो । नागरिकहरुको मागको आधारमा काठ प्रजातीको विरुवा उत्पादन गरी वितरण भैरहेको गुप्ताले बताउनु भयो ।

    त्यस्तै गौतम बुद्ध साझेदारी वन ब्यवस्थापन समितीले १ लाख ३० हजार टिक (सहगवन) मिश्रित विरुवा र ७ हजार ६०० फलफुलको बिरुवा निशुल्क वितरण गरेको गौतम बुद्ध साझेदारी बन ब्यवस्थापन समितिका अध्यक्ष जानकी प्रसाद यादवले जानकारी दिनु भयो । गौतम बुद्ध वन ब्यवस्थापन समितिले बिरुवा प्राप्त गर्नका लागि निवेदन, नागरिकताको फोटोकापी, १ सय भन्दा बढी लिन चाहेमा प्रति विरुवा रु.२ (दुई) प्रति बिरुवा तिर्नु पर्ने ब्यवस्था गरेको गौतम बुद्ध साझेदारी वन ब्यवस्थापन समितीका अध्यक्ष यादवले बताउनु भयो ।

    त्यस्तै डिभिजन वन कार्यालय कपिलवस्तु तौलिहवा अन्तरागत ४ लाख काठ प्रजातीको बिरुवा बितरण कार्य भैरहेको डिभिजनल प्रमुख इश्वरी प्रसाद पौडेलले बताउनु भयो । तौलिहवा क्षेत्रका ६ डिभिजन कार्यालय क्षेत्रमा विरुवा वितरण भैरहेको पौडेलले जानकारी दिनुभयो त्यहा पनि निशुल्क बिरुवा वितरण भैरहेको छ ।

    तिलौराकोट साझेदारी वन ब्यवस्थापन चेतरादेईले १५ हजार फलफुलका बिरुवा खरिद गरी वितरण गर्ने साझेदारीका अध्यक्ष जय प्रकाश पाण्डेयले बताउनु भयो । काठ प्रजातीको विरुवा डिभिवन मार्फत आउने भएकोले फलफुलका विरुवा मात्र खरिद गरी वितरण गर्ने प्रक्रियामा रहेको पाण्डेयले जानकारी दिनुभयो ।

    मायादेवी वन ब्यवस्थापन समितीले १५ हजार फलफुको विरुवा वितरण गर्ने योजनाका साथ अघि बढेको साझेदारीका अध्यक्ष अजिज खानले बताउनु भयो । मायादेवीमा पनि यस बर्ष काठ जातका विरुवा उत्पादन नगरेको अध्यक्ष खानले जानकारी दिनुभयो ।

    डिभिजन वन कार्यालय गौतम बुद्ध क्षेत्र अन्तरगत ३ साझेदारी बन, ४९ सामुदायिक बन, १ धर्मिक बन र १ प्रस्तावित संरक्षीत बन रहेको सुचना अधिकारी गणेश प्रसाद चौधरीले बताउनुभयो ।

    डिभिजन वन कार्यालय गौतम बुद्ध क्षेत्रमा ६ वटा सब डिभिजन कार्यालय रहेको छ । उत्पादीत विरुवा चम्पापुर सब डिभिजन वन कार्यालय, ठाकुरापुर सब डिभिजन वन कार्यालय, शिवपुर सब डिभिजन वन कार्यालय, गुगौली सब डिभिजन वन कार्यालय, खरेन्द्रपुर सब डिभिजन वन कार्यालय, शिवगढी सब डिभिजन वन कार्यालयमा पठाइएको सुचना अधिकारी गणेश चौधरीले जानकारी दिनुभयो ।

    डिभिजन वन कार्यालय कपिलवस्तु तौलिहवा १ लाख ८ हजार काठ प्रजातीको विरुवा बहुबर्षिय विरुवा रहेको छ । डिभिजन वन कार्यालय कपिलवस्तु तौलिहवा अन्तरागत मोतिपुर, चेतरादेई, बडहरा, पिपरा, पटना, गोरुसिगें सब डिभिजन वन कार्यालय रहेको डिभिजन वन कार्यालय कपिलवस्तु तौलिहवाका सुचना अधिकारी मदन मोहन स्यान्डील्याले जानकारी दिनुभयो । त्यस क्षेत्रमा ६९ सामुदायिक बन, ४ धर्मिक बन, २ साझेदारी बन रहेको सुचना अधिकारी स्यान्डील्याले बताउनु भयो ।

    शनिबार, असार २६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation