• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

प्यूठानमा युवक हत्याकाण्डका तीन अभियुक्त सार्वजनिक, किन र कसरी भयो हत्या ?


  •   बिहिबार, असार १७, २०७८ मा प्रकाशित
  • कामना डेली, प्यूठान। प्यूठान नगरपालिका -१० नेपानेमा भएको युवक हत्याकाण्डमा संलग्न ३ जना अभियुक्तलाई प्यूठान प्रहरीले सार्वजनिक गरेको छ।
    हत्या आरोपमा पक्राउ परेका प्यूठान -१० नेपानेका बर्ष १५ र १७ को दुई बालक र मल्लरानी-३ बस्ने वर्ष १८ को रेमबहादुर घर्तिलाई बिहिबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको हो। प्यूठान नगरपालिका-१० पातिहाल्ना घर जाने क्रममा उनीहरुले बाटो कुरेर हेमन्त भनिने २४ बर्षिया नरेन्द्र पुन मगर र उनका साथी २५ वर्षिय सुरेश बस्नेत माथि आक्रमण गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

    Advertisement

    गत असार १४ गते सोमबार विहान नरेन्द्र मृत र उनका साथी २५ बर्षीया शुरेस बस्नेत अचेत अवस्थामा भेटिएका थिए ।

    नरेन्द्रको शव नेपानेबाट कोट तर्फ जाने भिरालो गोरेटो बाटोमा फेला परेको थियो। नरेन्द्र र सुरेश माथी लाठ्ठीले प्रहार गरिएको र टाउकोमा चोट लागेको देखिएको प्यूठान प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुनिल मल्लले बताए । घाईते सुरेशको भैरहवामा भेन्टिलेटरमा राखेर उपचार भईरहेको छ । उनको अबस्था गंभिर रहेको मल्लले जानकारी दिए । घटनामा संलग्नहरूलाई कर्तव्य ज्यान सम्वन्धि मुद्धामा अनुसन्धान कार्य अघि बढाइएको प्यूठान प्रहरीले बताएको छ। ।

    किन र कसरी भयो हत्या?

    १३ गते आईतवार नरेन्द्रले सुरेशलाई साथै लिएर आफ्नी दिदिको गोठ बनाउने काममा नेपाने गए । काम सकिएपछी दुबैजना खाजा खान नजिकैको ढेब्री पसल छिरे ।
    उनीहरुले त्यहा खाजासँगै मादक पदार्थ समेत सेवन गरे ।
    त्यसपछी नरेन्द्र र सुरेश घरतर्फ बाटो लागे।
    घरतर्फ जाँदै गर्दा बीच बाटाेमा अभियुक्तहरुसंग भेट भयो । दुवै जनाले अश्लिल शब्द प्रयोग गर्दै गाली गलौज गर्न थाले, दुई पक्ष बिच विवाद बढ्यो ।

    ‘रिस उठाएको भन्दै अभियुक्त रेमबहादुरले केटाहरुलाई पिटन आफ्ना दुई जना साथीसँग सल्लाह गरे । र, अगाडि आएर बाटो छेके। घटनामा संलग्न एक जना बालकले आफ्नै घरबाट एक/एक वटा दाउरा लिई बाटो माथि लुकेर कुरे । आफ्नो घरबाट टाढा पुगेपछि कुट्ने भनि कुरिरहे। । तर, उता नरेन्द्र र सुरेश अधिक मादक पदार्थ सेवन गरेकाले हिड्न सकेन्न। बाटोमा नै बसिराखे। धेरै समयसम्म कुर्दा पनि न आईसकेपछि अन्दाजी ९ः३० बजेको समयमा रेम बहादुर सहित ३ जना नरेन्द्र र सुरेश भएकै ठाऊँमा पुगे। र एकोहोरो लाठ्ठि प्रहार गर्न थाले। माधक पदार्थले लठ्ठिएका उनिहरु बिहोसी जस्तै थिए। त्यसैले कुनै प्रतिकार गर्न सकेन्न।
    कुटपिटपछि उनिहरुलाई त्यहि छाडेर दुई बालक आफनो घरमा र रेमबहादुर घर्ति संलग्न मध्येको एक बालकको घरमा गएर सुते ।
    गत असार १४ गते सोमबार विहान नरेन्द्र मृत र उनका साथी २५ बर्षीया शुरेस बस्नेत अचेत अवस्थामा भेटिएका थिए ।
    प्रहरी नायब उपरिक्षक मल्लले सामान्य विवादको घटनामा नरेन्द्रले ज्यान गुमाएको बताए।
    सामान्य बिबादबाट सुरु भएको घटना कुटपिटमा परिणत हुँदा युवकको हत्या हुन पुगेको अनुसन्धानबाट समेत खुलेको छ। ( अभियुक्तहरुले प्रहरी समक्ष दिएको बयानमा आधारित ) श्रोत: जिल्ला प्रहरी कार्यालय प्युठान।

    बिहिबार, असार १७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • २.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ६.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ७.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ८.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...