बुटवल। आज २५६५औं बुद्ध जयन्ती बुद्धको जन्मस्थल लुम्बिनीमा सीमित व्यक्तिको उपस्थितिमा मनाइएको छ। कोरोना माहामारीको समयमा सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अपनाउँदै मायादेवी परिसरमा भिक्षुहरुले पूजापाठ गरेर मनाएका थिए ।
मायादेवी परिसरमा लुम्बिनीमा रहेका महायानी, बज्रयानी र थेरवादी सम्प्रदायका गुरुरगुरुमा, भिक्षुरभिक्षुण, लामाबाट धार्मिक पूजा तथा मन्त्रोचारण गरिएको छ । बिहान ७ बजेबाट सुरु मन्त्रोच्चारण ८ बजेसम्म चलेको थियो । भिक्षुहरु बाहेक लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, प्रदेससभा सदस्य फकरुद्धिन खान र लुम्बिनी विकास कोषका पदाधिकारीले मात्रै बुद्धजयन्तीको औपचारिक कार्यक्रममा भाग लिनुभएको थियो ।
प्रत्येक वर्ष शुल्क पूर्णिमाका दिन मनाइने बुद्धजयन्तीका अवसरमा अन्य वर्षमा भने भव्य मेलाको आयोजना हुने गरेको थियो । गत वर्ष र यस वर्ष भने कोरोनाका महामारीका कारण निश्चित धर्मगुरु मात्र जम्मा भएर बुद्धजयन्ती मनाइएको छ । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन बौद्ध धर्ममा ठूलो महत्व छ ।