• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

पत्रकार ज्यु,पत्रकारिता गर्ने कि पार्टीकारिता ?


  •   शुक्रबार, बैशाख १०, २०७८ मा प्रकाशित
  • नारायण पौडेल ।  भर्खरै देशमा पत्रकार महासंघको चुनाव सकिएको छ। बडो हर्षोउल्लासका साथ सामाजिक संजालमा विभिन्न तस्वीरहरु सुशोभित छन्।
    पत्रकारको चुनाब पुरै दलमय भयो । झट्ट हेर्दा पत्रकारहरु चुनाबी मैदानमा उत्रीएको देखिएपनी पत्रकारको आबरणमा भएको यो पार्टीकै चुनाबको बिम्ब झल्किन्थ्यो। हुन पनि राजनितीक दल निकट पेशागत संगठनहरु प्यानल बनाएर चुनाबमा होमिएका थिए । हो, तीनै संगठनबाट टिकट पाएका नेतापत्रकारलाई बेस्सरी लागेको थियो चुनाब।
    आखिर विभिन्न प्यानल र अनेक गुट उपगुटमार्फत चुनावमा उठेकाहरु तामझामका साथ विजयी भए, स्वतन्त्र उम्मेद्वारी दिएकाहरु मध्ये लगभग सबै पछारिए । चुनाब जितेकालाई खुसी बाँडनै भ्याई नभ्याई छ। चुनाब जित्ने त खुसी नहुने कुरै भएन । आफ्ना शुभेच्छुक संगठनबाट चुनाब जितेका नेतालाई बधाई भन्दै फेसबुकका भित्ता रङ्गाएका छन। दलका चम्चे कार्यकर्ता । जो पटक्कै सुहाउने कुरा होइन एउटा खास पत्रकारका लागि। चुनाब जितेका पत्रकार हुन वा तीनका दलका नेता कार्यकर्ता फलानो फलानो प्यानलले जित्यो भन्दै उफ्रिरहेका छन्। यत्तिमै रोकिएका छैनन् आफूलाई पार्टीले विस्वास गरि टिकट दिएकोमा भित्र भित्रै गौरवको महसुस गरिरहेका छन।

    Advertisement

    चुनाव जितेका नेता पत्रकार यतिबेला नेताहरुका घर आँगनमा आशीर्वाद थाप्न कुदिरहेका छन्। लाग्छ दशैमा थापेको ठूलावडाको आशीर्वादले दिर्घायुको कामना गरोस् ।नेताहरु चाकडी चाहन्छ्न र पत्रकार ज्युहरू आशिर्बाद।नेता र पत्रकारको सम्बन्ध वाह क्या गज्जव। पत्रकारले पार्टीको झन्डा बोकेर चुनाव जिते पछि उ स्वतन्त्र पत्रकार हुन्छ कि दलको प्रबक्ता ?आज आमपाठकहरुले यस्को जवाफ मागिरहेका छन। पत्रकार हुन हिजोआज समाचारमुलक सामाग्री पस्कनै पर्दैन, गोजीमा कलम नहोस् ,टिपोट गर्न पेपर नहोस्,आफ्नो परिचयपत्र नै छुटोस्। तर दलको सदस्यता कार्ड भने साथमा कहिल्यै छुट्दैन उनीहरूसंग। किनकि पार्टीको परिचय छुट्नु उनीहरुका लागि पत्रकारिता छुट्नु हो। केहि अपबाद बाहेक यो समग्र देशको दृश्य हो । यसो भन्दै गर्दा म स्तम्भकार लाजले भुतुक्क छु पत्रकार साथिहरु यहाहरु त प्रफुल्ल नै हुनुहुन्छ होला ?पत्रकारिता स्वतन्त्र हुने हो, पत्रकारको पनि राजनितिक आस्था हुन्छ। तर, आस्था यसरी स्खलित हुने गरि छल्कन हुन्थ्यो कि हुन्थेन यहाहरुले समिक्षा गर्नुभएकै होला होईन?
    बास्तबमा दलिय स्वार्थ बोकेका पत्रकारले पत्रकारिता भन्दा पनि पार्टीकारिता गर्ने निश्चित छ, के लेख्यो भन्दा पनि कुन पार्टीकाले लेख्यो ? भनेर सोच्ने र त्यही अनुसार मिलाएर बुझ्नु पर्ने स्थिती देखापरेको छ । यो स्थिती चिर्न पत्रकार वन्धुहरुको ध्यान जाला नै।

    आज प्युठानले पनि यही र यस्तै पेरिफेरिबाट नेतृत्व पाएको छ। साथीहरू विजयी भएका छन् । बिजयी साथीहरू त पत्रकार पो रहेछन् भन्ने जानकारी पनि भएकै छ। यहाँ पनि दलको लविङ,दलदत उम्मेद्वार, प्यानल र संरक्षण प्रष्ट्र देखिएको सामाजिक संजालहरुमा आएका आलोचनाबाटै थाह हुन्छ।

    साच्चिकै भन्ने नै हो भने,पत्रकारिताको आधारभूत मुल्यमान्यता र पेशागत आचारसंहिता हाँसिल नगरिकन गरिएको लेखापढीलाई पत्रकारिता भन्नै सकिदैन ।पत्रकारिता त सामाजिक क्रियाकलापको एक हिस्सा हो ।तटस्थता,स्वच्छता ,जवाफदेहिता ,स्वतन्त्रता ,सत्यता पत्रकारका मुल्यहरु हुन् । आज पत्रकारको नाममा सामाजिक पद प्रतिष्ठा ,सम्मान र विभिन्न स्वार्थ पूर्ति गर्न उद्दत आकाँङ्क्षीहरुसँग पत्रकारिता र यसका मूल्य मान्यताको कुनै जरुरत छ जस्तो लाग्दैन ।मात्र जरुरत छ त दलीय संगठन ,परिचय र त्यसको भजन गानको!
    पत्रकारको यो प्रवृत्ति र यश किसिमको पत्रकारिताप्रति मेरो व्यक्तिगत टाउको दुखाइ मात्र होइन ।मैले यहाँ कुनै पात्र र पेशाको मानहानी गर्न खोजेको पनि होइन । मात्र पेशाको प्रयोग गरि कुनै गलत प्रवृत्तिका बारेमा केही मनका उथलपुथिल शब्दहरू मात्र खर्चिएको हुँ।
    आज पार्टीकार पत्रकारको विगविगी र हालिमुहालि भइरहदा भ्रष्टहरुबाटै पत्रकार पालितपोषित भइरहेका छन् । आज तरवार भन्दा शक्तिशाली कलमलाई कमजोर बनाएका छन् । आफ्नो स्वविवेक र ज्ञानलाई बन्धक बनाएका छन् । सत्यको नीवमा दलीय मसी भरेका छन् । अनि पार्टीगत इरेजरले वास्तविकतालाई मेट्दै छन् । के यही हो पत्रकार ? के यसैलाई पत्रकारिता स्विकार्नु ? अहँ कदापि स्वीकारयोग्य छैन ।मात्र एउटै प्रश्न छ: व्यवस्थापिका ,कार्यपालिका र न्यायपालिका पछिको चौथो अंगका पत्रकारहरुले दलाल ,घुसखोर,ठालु ,नैतिक रुपमा पतन, भ्रष्टहरूको जयजयकार गर्ने कि मुद्धा उधिन्ने ?समाजलाई त्यस्ता कुकर्ताहरुको पञ्जाबाट टाढा राखी आम नागरिकलाई सचेत गराई समाजलाई अग्रगमनतर्फ डोहोराउने ? यसको उत्तर आम नागरिकले खोजीरहेका छन् ।

    पत्रकारहरुले नै राज्यका विकृतिहरु अौँल्याउनु पर्ने हो। तर दलीय आवरणमा समाजका कैयौं राजनीतिक विकृतिको ढाकछोप भएको पाइन्छ । आफ्नो पार्टीको गलत प्रवृत्ति विरुद्ध बोल्न नसक्ने ,कलम चलाउन हात कमाउने प्रवृत्तिको पछिल्लो समय निकै विकास भएको छ।यो नितान्त गलत छ।पत्रकार कला,कर्म र सेवा सबै हो।पत्रकार बलियो नभए भ्रष्टाचारीहरुमा ,राजनीति आवरणका दलालीहरुमा कुनै डर लाज बाँकी रहन्न ।भ्रष्टहरुलाई नाङ्गेझार बनाउने हतियार बोकेका पत्रकारले नेपोलिएन बोनापार्टले भनेझैं आरोपी,समालोचक ,सल्लाहकार र राष्ट्रका सेवकका रुपमा काम गर्नुपर्छ ।
    चार विरोधी पत्रकार चार हजार सेनाभन्दा पनि डरलाग्दा र शक्तिसाली हुन्छन् भन्ने तथ्यलाई प्रमाणीत गर्नुपर्छ । नेताहरुलाई पुष्पगुच्छा चढाउँदै,पैतलामुनिको धुलोलाई शीरोधार्य मान्ने नभई आम आवाजविहिन नागरिकको प्रतिनिधित्व गर्नुपर्छ ।साच्चिकै आफूलाई पत्रकार हुँ र पत्रकारिता मेरो पेशा हो भन्नेहरूले पत्रकारिताभित्रको निष्पक्षता र आचारसंहिताको कठोर पालना गर्नुपर्छ ।र यो हिम्मत उनीहरुमा हुनैपर्छ ।
    समाजको ऐनाको रुपमा आफूलाई उभ्याई ,समाजका राजनीतिक ,आर्थिक, सामाजिक सबैखाले विकृति विसंगति र कुकृतिहरुको यथार्थ चित्रण गरी ,सबैखाले समस्याको उजागर गर्दै ,विकृतिको भण्डाफोर गर्दै त्यसको न्यायोचित समाधानतर्फ समाजलाई डोहोर्याउने काम पत्रकारको हो ।यो नै असली पत्रकारको चरित्र हो। तर विडम्बना शब्द शक्तिको माध्यमबाट शासकलाई समेत झुकाउने हैसियत बोकेका पत्रकारनै गलत प्रवृत्ति विरुद्ध बोल्नै डराउनु ,कलमलाई बङ्ग्याउनु र दलीय मुकुण्डो ओढेर आफ्नै प्रतिष्ठा जोगाउन लागिपर्नुले पत्रकारिताको विस्वसनीयता नै धरापमा परेको छ।
    यस्तो अबस्थामा अब पत्रकार साँच्चिकै पत्रकार बन्ने कि पार्टीका बफादार कार्यकर्ता बन्ने यो बडो यक्ष प्रश्नका रुपमा अगाडि आएको छ। विभिन्न स्वार्थ समुह वा राजनीतिक दलहरुले पत्रकारिताको गलत प्रयोग वा दुरुपयोग भने गरिरहेका देखिन्छन् । जसले गर्दा हुर्कदै गरेको, मौलाउदै गएको वा जान थालेको लोकतन्त्रमाथी प्रहार भइरहेको छ ।
    यस्तो विकराल अवस्थामा आफ्नो आफ्नो मर्यादित पेशाप्रतिको साख गुम्दै जानू असली पत्रकारहरुका लागि कुनै हिसाबले पनि शोभनिय कुरा छैन ।देशको चौथो अङ्गका रुपमा चिनिने पत्रकारलाई आम नागरिक र पाठकले हेर्ने अहिलेसम्मको दृष्टिकोणमा अब सकारात्मक परिवर्तन ल्याउनु आवस्यक छ।यसका लागि पत्रकार भन्नेहरूले आफ्नो कलममा टाँसिएको दलीय स्टिकरलाई च्यात्नुपर्छ,कलमबाट निस्कने शब्दहरुमा दलीय रोदन सुनिनुहुदैन,नेताको चम्चे मुखपात्र नभई श्रमजीवीहरुको प्रतिनिधि पात्र बन्न सक्नुपर्छ ।
    बर्षभरि पार्टीको हनुमान बनी भजनगान गाउनुको साटो ,आधारभुत आबस्यक्ता समेत पूरा गर्न नसकेका आम नागरिकको रोदन र आवाजलाई सम्बोधन गर्न तत्पर हुनुपर्छ ।यसो गरेमा मात्र पत्रकारिता झल्काउँछ,पत्रकार चिनाउँछ।
    अब आजैका दिनदेखि आफूलाई पत्रकार भन्नेहरूले राजनीति दलको मुकुण्डो फ्याकि पत्रकारिता गरेमा पत्रकारिताको विस्वसनियता र पाठकको रुची गुम्ने थिएन कि।
    शुभकामना ।

    लेखक बिबेकशिल साझा पार्टी प्युठानका अध्यक्ष हुनुहुन्छ।

    शुक्रबार, बैशाख १०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • २.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ६.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ७.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ८.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation