• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

१८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. धनुषाका ११० परिवारले पाए लालपुर्जा

  • ५. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ८. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ९. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • १०. लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

चोर ढोकाबाट कार्यकारीको हाजीर, ५ वडाध्यक्ष र ७ सदस्यहरुले दिए राजिनामा


  •   शुक्रबार, चैत २०, २०७७ मा प्रकाशित
  • टेकबहादुर पुन, दाङ । लमही नगरपालिकाका ५ वडाध्यक्ष सहित ७ जना वडा सदस्यहरुले शुक्रबार सामुहिक राजिनामा दिएका छन् ।

    Advertisement

    बिबादित प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगीलाई मेयर, उपमेयर सहित केही वडाध्यक्षहरुले पुन: लमही नगरमा सरुवा गराउँदै चोर ढोकाबाट हाजिर गराएको आरोपमा उनिहरुले राजिनामा दिएका हुन् ।डाँगीलाई कार्यालयमा उपस्थित नगराई हाजिरी बोकेर लुकिछिपी चोरढोकाबाट हाजिर गराएको उनिहरुको आरोप छ । लमही नगरपालिकाको कुनैपनि गतिबिधी तथा बैठकहरुमा समाबेस नहुने गरि उनिहरुले मेयर कुलबहादुर केसीलाई राजिनामा पत्र हस्तान्तरण गरेका हुन् । लमही नगर कार्यपालिकाले गठन गरेको बिषयगत विभिन्न समिति हरुमा नरहने गरि राजिनामा दिएको वडा नम्बर ६ का वडाध्यक्ष गणेशमान चौधरीले बताए । “कार्यपालिकाको बिषयगत समितिका जिम्बेवारीमा अब रहँदैनौ, ३ दिन सम्म धर्नामा बस्दापनि ब्यवास्ता गरियो चौधरीले भने-यसको जिम्वेवार मेयर, उपमेयर र केही वडाध्यक्ष हुनुपर्छ ।”

    राजिनामा दिने वडा नम्बर ६ का वडाध्यक्ष गणेशमान चौधरी कार्यपालिकाको बिषयगत सामाजिक बिकाश समितिको सँयोजक सहित अन्य ४ समितिमा सदस्यको जिम्बेवारीमा थिए । त्यस्तै वडा नम्बर २ का वडाध्यक्ष नेपालु चौधरी वातावरण तथा बिपद ब्यबस्थापन समितिको सँयोजक, वडा नम्बर ३ का वडाध्यक्ष बाबुराम चौधरी ५ समितिमा सदस्य, वडा नम्बर १ का वडाध्यक्ष नुमराज पौडेल बिधेयक समितिको सँयोजक र वडा नम्बर ८ का वडाध्यक्ष मेघनारायण चौधरी सार्बजनिक सेवा तथा क्षमता बिकाश समितिको सँयोजकको जिम्बेवारीमा थिए । अन्य ७ जना कार्यपालिका सदस्यहरु पनि विभिन्न समितिहरुमा सदस्यको जिम्बेवारमा थिए ।बाणगँगा नगरपालिका कपिलबस्तु बाट यही चैत्र १७ गते रमाना लिएर आएका बिबादित कार्यकारी डाँगीलाई लुकिछिपि १८ गते नै लमही नगरपालिकामा हाजिर गराएको रहस्य बाहिर आएको छ । जुन हाजिर भएको जानकारी पत्रमा डाँगीको आफ्नै हस्ताक्षर छ ।

    कार्यकारी डाँगी लमही नगरमा सरुवा भएर आउन थालेको खबर पाए लगत्तै ५ वडाध्यक्ष सहित ७ सदस्यहरु ३ दिनसम्म नगरपालिकाको मुलगेट मै धर्नामा थिए । उनलाई नगरपालिकामा हाजिर हुन नदिएर बहिस्कार गर्ने भन्दै धर्नामा बस्नुपरेको वडा नम्बर ३ का वडाध्यक्ष बाबुराम चौधरीले बताए ।
    यो भन्दा पहिले नै बिबादमा मुछिएका कार्यकारीलाई कुनैपनि हालतमा लमही नगरमा हाजिर हुन नदिने उनिहरुको धारणा थियो । तर, आफुहरुको धर्ना कार्यक्रमलाई ब्यवास्ता गरी लुकिछिपि हाजिर गराएको आरोपमा राजिनामा दिनुपरेको वडा नम्बर २ का वडाध्यक्ष नेपालु चौधरीले बताए ।

    उता मेयर कुल बहादुर केसीले आर्थिक बर्षको मसान्त नजिकिँदै गर्दा बिकाशमा अबरोध हुनेगरी कार्यकारीलाई बहिस्कार गर्न खोज्नु जायज नभएको धारणा राखे । नेपाल सरकारका कर्मचारी आउने जाने क्रम चलिरहने जनाउँदै मेयर केसीले मन्त्रालयबाट सरुवा भएर आउने कर्मचारीलाई हाजिर हुनबाट बञ्चित गर्न नहुने बताए । “हामी आर्थिक बर्षको मसान्तको नजिकमा छौँ, धेरै बिकाशका कामहरु रोकिएका छन, यस्तो प्रस्थितिमा कार्यकारीलाई आउन नदिनु भनेको आफै लज्जित हुनु हो मेयर केसीले भने-भोलि जनप्रतिनिधिले कामनै गर्न सकेनन् भन्ने आक्षप लाग्न सक्छ, फेरि अन्तिम स्थितिमा अर्को कार्यकारी खोज्नुपनि त समस्या छ ।” बिकाशमा अबरोध नहुने गरि चालू आर्थिक बर्षका कामहरु आईसकेका कार्यकारी बाटै गराउने मेयर केसीको धारणा छ ।  असार सम्म हेरौँ, पछि बिकल्प सोचौँला भनेर सम्झाउने प्रयास गरिरहेको छु, यसको लागि तत्काल छलफल बोलाउने तयारीमा पनि छु मेयर केसीले भने । प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगी यो भन्दा पहिले लमही नगरमा रहँदा अत्यधिक बिबादमा मुछिएका थिए । उनका बिरुद्द नगर कार्यपालिकाका १९ जना सदस्य मध्य १६ जना सदस्य र नगरसभाका ५० जनामध्य ४७ जनाले हस्ताक्षर गरि बिरोध जनाएका थिए । त्यस्तै नगरपालिकामा कार्यरत कर्मचारीहरुले समेत पेन डाउन गर्दै चरणबद्द आन्दोलन गरेका थिए ।

    प्रमुख कार्यकारी अधिकृत डाँगीलाई नोकरलाही, सामन्ती हैकमबाद, कार्यशैली गलत भएको लगायतका बुँदागत रुपमा आरोप लगाईएको थियो भने विधि र पद्दतीलाई भुली २ जना कर्मचारीलाई जवरजस्ती सरुवा सहमती लिन बाध्य पार्नुका साथै १ जना कर्मचारीलाई जागिरमा नरहने गरि बरखास्त गरेको आरोप समेत लागेको थियो ।

    शुक्रबार, चैत २०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो
    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार
    हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • २.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ३.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ४.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ५.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    • ६.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

    • ७.
      १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

    • ८.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...