राम बहादुर बिश्वकर्मा,प्यूठान । समुदायस्तरमा कोरोना भाइरसको सङ्क्रमण बढेको भन्दै प्यूठानमामा आज राति १२ बजेदेखि लागू हुने गरी एक हप्ता लकडाउन हुने भएको छ। जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को बिहिबार बिहान बसेको बैठकले भोलीदेखी भाद्र १८ गते राती १२ बजे सम्मका लागि जिल्लाभर पूर्ण बन्दाबन्दी गर्ने निर्णय गरेको हो।
यो अवधिमा एम्बुलेन्स, प्रेस, दूधका गाडीबाहेक सबै यातायातका साधन बन्द रहने छन् । बन्द अवधिमा अत्यावश्यक खाद्यान्न पसल, तरकारी पसल र डेरी बिहान ७ बजे देखि ९ बजेसम्म र बेलुका ५ बजेदेखी ७ बजेसम्म खोल्न दिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिनुभयो । सङ्क्रमित समुदायमा हेलमेल भएका र समुदायमा कोरोना सङ्क्रमणको जोखिम उच्च बनेको भन्दै उनीहरुको कन्ट्र्याक ट्रेसिङ गरिने भुसालले बताउनुभयो।
‘ उहाले संभावित टे«किङ, ट्याकिङ्ग र टेस्टिङ्गलाई अगाडी बढाउनका लागि एक हप्ता लकडाउन गर्ने निर्णय भएको छ भन्नुभयो।’
यस अघि १५ गतेसम्म सार्वजनिक तथा नीजि यातायात बन्द गर्ने निर्णय गरिएको थियो। सो समय अबधीलाई तीन दिन थप गरी भदौ १८ गतेसम्म बन्दाबन्दि गर्ने निर्णय भएको हो।
प्यूठानमा एक हप्ता लकडाउन,अब पसल पनि बन्द हुने
प्यूठानमा एक हप्ता लकडाउन,अब पसल पनि बन्द हुने
Advertisement
तपाईको प्रतिक्रिया