कामना डेली,काठमाडौ। विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २ करोड २८ लाख नाघेको छ ।
Advertisement
एकैदिन २ लाख ६६ हजार ४११ जनामा संक्रमण पुष्टि भएपछि आज बिहानसम्ममा कोरोना संक्रमितको संख्या २ करोड २८ लाख ५६ हजार १३४ पुगेको हो ।
त्यस्तै, एकैदिन थप ६ हजार १७५ जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ७ लाख ९६ हजार ९९२ पुगेको छ ।
संक्रमितमध्ये १ करोड ५५ लाख ११ हजार ६६९ जना संक्रमण मुक्त भएका छन् ।