काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप एक हजार १६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप एक हजार १६जनामा कोरोना संक्रमण पुष्टि भएको बताए। योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २८ हजार २५७ पुगेको छ ।गत २४ घण्टामा देशभरका प्रयोगशालामा १३ हजार ४६१ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको प्रवक्ता डा. गौतमले बताए । पछिल्लो २४ घण्टामा कोरोना निको भएर थप ८५ जना अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन्, भने अहिलेसम्म कोरोना निको हुनेको संख्या १७ हजार५८० पुगेको छ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार ५६३ जना रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै क्वारेन्टिनमा १३ हजार ९२६ जना रहेका छन्।
एकै दिन १०१६ जनामा कोरोना संक्रमण
एकै दिन १०१६ जनामा कोरोना संक्रमण
Advertisement
तपाईको प्रतिक्रिया