• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असार २३, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

झिमरुकमा किसान पेन्सन कार्यक्रम सुरु

कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”

दाङमा बाघको छालासहित तीन जना पक्राउ

सडकको बीचमै बिजुलीको पोल

बर्दियामा डेङ्गु, कालाजार र स्क्रबटाइफसका बिरामी बढ्दै

नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

पहिरोको जोखिम बढेसँगै पाल्पामा रातिको यात्रामा रोक

रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु

लोकप्रिय समाचार

  • १. क्वाडी–बाग्दुला सडक विस्तार हुँदै, संरचना हट्नेमा स्थानीय चिन्तित

  • २. मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति धन्यवाद

  • ३. शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’ सार्वजनिक

  • ४. रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

  • ५. प्युठानमा सर्वोदय माविको एसईई नतिजा उत्कृष्ट

  • ६. पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

  • ७. लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

  • ८. बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार

  • ९. गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

  • १०. रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

नक्सा प्रकाशनमा सुझाव, निर्देशन र निर्णयकाे अन्तर्य : ध्यान र निशाना कहाँ छ ?


  •   शनिबार, साउन १०, २०७७ मा प्रकाशित
  • नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केही नेताहरूले सार्वजनिक रूपमा भ्रम फैलाएका कारण याे विनम्र निवेदन र ध्यानाकर्षण गराउनु जरूरी भएकाे छ, जसले केन्द्रीय कमिटीकाे पछिल्लाे बैठक (१५-१९ माघ २०७६ ) ले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितकाे नक्सा प्रकाशित गर्न सरकारलाई निर्देशन दिएकाे र पछि आएर सरकारले नक्सा प्रकाशित गरेकाे भन्ने दावीसमेत गरिरहेका छन ! पार्टीले भन्नु र सरकारले गर्नु वा नेताले सुझाव दिनु र प्रधानमन्त्रीले सुझाव ग्रहण गर्नुमा अचम्मित हुनुपर्ने त कुनै कारण हुँदैन ।
    यसरी दिउँसै रात पार्ने तथ्यहीन कुरा गर्नुकाे साटाे बरू अाफू प्रधानमन्त्री रहेकाे बेला पहिल्यै याे नक्सा यसैगरी प्रकाशित गरेर इतिहास रचेकाे भए हुँदैनथ्याे हाेला र ?
    मात्र निर्देशन दिएकाे भरमा हुने यति सजिलाे काम किन आफैले नगरेकाे हाेला ?
    समस्या त सन् १९६२ (२०१९साल) देखि यहाँ छँदैथियाे, किन याे काम २०१९ यताका १६ जना प्रधानमन्त्री र तिनका सरकारहरूले गर्न नसकेर माैन, उदासीन र बेखबर भएका त ? अनि अहिलेकाे सरकार र प्रधानमन्त्री केपी शर्मा आेलीले नै याे काम गर्नुपरेकाे हाे त ?किन उहाँलाई कृपा गरेर याे अवसर दिइएकाे हाे त ?

    Advertisement

    फेरि सरकारले अध्ययन र तयारी नगरेकाे भए जेठ १ गते निर्देशन दिएकाे भरमा जेठ ७ गते सातै दिनमा नक्सा प्रकाशन गरिहाल्न संभव हुने थियाे ? नक्सा बनिबनाउ नै थियाे ?

    यस्ताे महत्वपूर्ण निर्णय गर्दा अवश्य पनि सल्लाह सुझाव त तीन कराेड नेपालीहरू, बाैद्दिक क्षेत्र, संचार माध्यमहरू, अभियन्ताहरू तथा सबै पार्टीका नेता कार्यकर्ता र विभिन्न कमिटीहरूले पनि दिनु स्वाभाविक नै थियाे । राष्ट्रिय हित र एकतासँग सम्बन्धित यस संवेदनशील विषयमा सबैकाे सल्लाह र सुझाव सरकारलाई प्राप्त भएकाे थियाे, सरकार स्वयंले तीन पटक त सर्वदलीय सर्वपक्षीय बैठक नै अायाेजना गरेर साझा दृष्टिकोण बनाउने काम गरेकाे थियाे । तदनुरूप खास निर्णय त प्रधानमन्त्रीले लिनुभएर नै सरकारकाे नीति तथा कार्यकम, मन्त्रिपरिषदकाे निर्णय, नक्सा प्रकाशन र संविधान संशाेधनमा सिङ्गै राष्ट्र एकताबद्द भइकन अघि बढेकाे तथ्य स्पष्ट छ । यसमा सल्लाह मात्र दिनु र नक्सा प्रकाशित गर्ने साहसिक निर्णय लिनुमा कति ठूलाे अन्तर छ भन्ने पनि जगजाहेर नै छ । अनि यता आएर ककसकाे कुन हीनग्रन्थी रसाएर याे सब अभिव्यक्ति आइरहेकाे छ ?
    केन्द्रीय कमिटीकाे उक्त बैठकद्वारा पारित ११बुँदे समसामयिक प्रस्तावहरूमा अहिले दावी गरिएजस्ताे नक्सा प्रकाशित गर्न निर्देशन दिएकाे अर्थ र आशयसम्म लाग्ने कुनै शब्द, वाक्य, प्रस्ताव र भनिएजस्ताे निर्देशन कहींकतै छैन । दुनियाँ र निर्णय गर्ने हामी केन्द्रीय कमिटीका सदस्यहरूलाई यसरी मूर्ख बनाउने अनुचित प्रयाश कसरी पुष्टि हुन्छ ? जबकि प्रधानमन्त्रीले संसदमै बाेल्ने क्रममा यस कदममा सबैकाे याेगदान छ भनेर स्पष्ट गरिसक्नुभएकाे छ ।

    लाै हेराैं त, केन्द्रीय कमिटीको बैठकद्वारा पारित समसामयिक प्रस्तावकाे याे बुँदा –
    “८.यो बैठक २०१९ नोभेम्बर २ का दिन नेपालका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर भारतले प्रकाशित गरेको राजनीतिक नक्सालाई अमान्य ठहर गर्दछ । ऐतिहासिक नक्सा, प्रमाण र दस्तावेजहरूका आधारमा ती भूभागहरू एवं सुस्ता क्षेत्र नेपालका अभिन्न अंग हुन् भन्ने कुरामा हाम्रो पार्टी स्पष्ट छ र नेपाल र भारतका परराष्ट्र सचिवहरूको संयन्त्रबाट समस्याको समाधान गर्ने पूर्व सहमति विपरीत गरिएको एकपक्षीय निर्णय नेपालका लागि मान्य नहुने स्पष्ट पार्न चाहन्छ । यस सम्बन्धमा नेपाल सरकारले सर्वदलीय बैठक आयोजना गरेर साझा राष्ट्रिय दृष्टिकोण निर्माण गर्न लिएको तदारुकता, देशको भौगोलिक अखण्डता रक्षाका लागि सरकारले लिएको अडान र चालेका कदमहरू सही रहेको कुरामा जोड दिँदै पार्टी सरकारको त्यस अडानलाई दृढ समर्थन गर्दछ । राष्ट्रिय सहमतिलाई थप सुदृढ बनाउँदै यस समस्याको समाधान कुटनीतिक एवम् राजनीतिक माध्यमबाट गर्न बैठक सरकारलाई आह्वान गर्दछ । साथै विभिन्न स्थानमा सीमाना र दसगजा मिचिएको र नेपालले आफ्नो भू–भागमा गर्न लागेका निर्माण कार्यमा समेत भारतीय पक्षबाट अवरोध सिर्जना भएकोले यस विषयमा तत्काल आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गर्दछ ।

    नक्सा प्रकाशन गर्ने भनी सरकारलाई दिएकाे निर्देशन यसमा खाेई कहाँनेर छ ?

    शुरूमा यस किसिमकाे तथ्यहीन दावी गरिए पनि याे पुष्टि नहुँदा फेरि बाेली बदलिन पुगेकाे छ । “मेराे अध्यक्षतामा भएकाे स्थायी किटी वा सचिवालयकाे बैठकले गरेकाे निर्णयअनुसार” भन्नुपर्ने सकसचाहिं किन गरिरहनु परेकाे हाेला ? प्रधानमन्त्रीले हाेइन, म र मैले भन्नुपर्ने खण्ड र बाध्यता किन आइपरेकाे छ ? शुरूमा यस किसिमको तथ्यहीन दावी गरिए पनि यो पुष्टि नहुँदा फेरि बोली बदलिन पुगेको छ । ‘मेरो अध्यक्षतामा भएको स्थायी कमिटी वा सचिवालयको बैठकले गरेको निर्णयअनुसार’ भन्नुपर्ने सकसचाहिं किन गरिरहनु परेको होला ? प्रधानमन्त्रीले होइन, म र मैले भन्नुपर्ने खण्ड र बाध्यता किन आइपरेको छ ?

    त्यस्तो निर्णय कुन वक्तव्यमा, कुन मितिमा र कहिले सार्वजनिक छ ? पार्टी प्रवक्ताले कति गते र कति बजेको मिडिया ब्रिफिङमा यो सार्वजनिक गर्नुभएको छ ?

    कुन अन्तरपार्टी निर्देशनमा पार्टीपंक्तिलाई र कुन पत्राचारमार्फत सरकारलाई जानकारी गराइएको छ ?

    जबकि स्थायी कमिटीको २०७६ पुस ७ गते सम्पन बैठकले गरेको निर्णय समसमयिक प्रस्तावमा यसप्रकार सार्वजनिक गरिएको पाइन्छ :
    ‘२) यो बैठक गत २०१९ नोभेम्बर २ का दिन नेपालका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर भारतले प्रकाशित गरेको राजनीतिक नक्सालाई अमान्य ठहर गर्दछ । ऐतिहासिक नक्सा, प्रमाण र दस्तावेजहरूका आाधारमा ती भूभागहरू एवं सुस्ता क्षेत्र नेपालका अभिन्न अंग हुन् भन्ने यथार्थ पुष्टि भएको कुरामा हाम्रो पार्टी स्पष्ट छ । यस समस्याको समाधानका लागि नेपाल र भारतका परराष्ट्र सचिवहरूको संयन्त्रबाट समाधान गर्ने दुबै देशबीच यसअघि नै भइसकेको निर्णयविपरीत भारतले गरेको एकपक्षीय निर्णय नेपालका लागि मान्य नहुने कुरा पार्टी स्पष्ट पार्न चाहन्छ । यस सम्बन्धमा नेपाल सरकारले लिएका अडान र चालेका कदमहरू सही रहेको कुरामा जोड दिँदै पार्टी सरकारको त्यस अडानलाई दृढ समर्थन गर्दछ र यस सम्बन्धमा नेपालका सबै राजनीतिक दल, पक्ष र सरोकारवालाहरूका बीचमा कायम भएको राष्ट्रिय सहमतिलाई पार्टी हार्दिक स्वागत गर्दछ । राष्ट्रिय सहमतिलाई सुदृढ बनाउँदै यस समस्याको समाधान कुटनीतिक माध्यमबाट गर्न बैठक सरकारलाई आव्हान गर्दछ । साथै विभिन्न स्थानमा सिमाना र दशगजा मिचिएको र नेपालले आफ्नो भू–भागमा गर्न लागेका निर्माण कार्यमा समेत भारतीय पक्षबाट अवरोध सिर्जना भएकोले यस विषयमा तत्काल कदम चाल्न सरकारको ध्यानाकर्षण गर्दछ ।’

    पार्टीका स्थायी र केन्द्रीय कमिटीका बैठकपछि पार्टी एकतासँग सम्बन्धित विषय १५ दिनभित्र टुङ्याउने भन्ने निर्णय नै भएको थियो ।

    आज ८ महिना बितिसक्दा समेत ती १५ दिन किन आउन सकेनन् ? पार्टी एकीकरण कुन जग, अथोरिटी, सहमति र घोषणामा भएको हो ? एजेन्डा तय गर्ने, छलफल गर्ने, निर्णय लिने र सहमति गर्ने कसरी हो भनिएको छ ? भागबण्डा कसरी भएगरेको हो ? समय समयका निर्णय कसरी र के के भएका छन् ? यी र यस्ता जिज्ञासाहरूसँगै यो प्रश्न विशेष रूपमा उठेको छ, ध्यान र निशाना कहाँ छ ? गतिविधि के कस्ता भइरहेका छन् ?

    आफ्नो पार्टीको सरकारले गरेको काम, जसमा सिंगो राष्ट्र एकढिक्का बनेको छ, यसमा विवाद र भ्रम किन ? कसको स्वार्थ र चाहनामा यो सब भइरहेको छ ? विपक्षी दलका नेताको यसमा कुनै गुनासो र हीनता प्रकट नहुने, सत्ताधारी दलभित्र किन उछिनपाछिनको होडबाजी चलिरहेको छ ? अनि यो मपाईंत्व प्रदर्शन किन ? तथ्यको आफूखुशी अपव्याख्या र भ्रष्टीकरण किन ?

    सूर्य थापा,प्रधानमन्त्री केपि शर्मा ओलीका प्रेस सल्लाहकार, नेकपाका प्रचार बिभाग उपप्रमुख तथा केन्द्रीय सदस्य हुनुहुन्छ।

    शनिबार, साउन १०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”
    गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु
    गढवा गाउँपालिकामा एक वर्षमा १२१ उजुरी, ८१ फर्छ्यौट
    गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा
    झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै
    बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार

    लोकप्रिय

    • १.
      क्वाडी–बाग्दुला सडक विस्तार हुँदै, संरचना हट्नेमा स्थानीय

    • २.
      मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति

    • ३.
      शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’

    • ४.
      रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

    • ५.
      प्युठानमा सर्वोदय माविको एसईई नतिजा उत्कृष्ट

    • ६.
      पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

    भर्खरै

    • १.
      झिमरुकमा किसान पेन्सन कार्यक्रम सुरु

    • २.
      कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”

    • ३.
      दाङमा बाघको छालासहित तीन जना पक्राउ

    • ४.
      सडकको बीचमै बिजुलीको पोल

    • ५.
      बर्दियामा डेङ्गु, कालाजार र स्क्रबटाइफसका बिरामी बढ्दै

    • ६.
      नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

    • ७.
      पहिरोको जोखिम बढेसँगै पाल्पामा रातिको यात्रामा रोक

    • ८.
      रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation