• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ३. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

बेसहारा दम्पतीको सहारा बनिन् सोनाली


  •   बिहिबार, जेठ ०८, २०७७ मा प्रकाशित
  • टेकबहादुर पुन,दाङ । बिचरा यी दम्पती । माटोले लिपेको झुपडी भत्किनै लागेको छ । सिटाको बार, उत्तर पट्टिको भित्ता त झन ढलिसकेको छ । झरी पर्यो की पानी बगेर घरभित्रै पानी पानी हुन्छ । यहि घरमा बस्छन् यी दम्पती। थुप्रै रात त उनिहरुले आँखा नचिम्लेरै रात गुजारे । आँखा चिम्लिउन पनि कसरी? हावाहुरीको बेगसँगै आउने पानीले घर ढलेर आफ्नै ज्यान निल्ने पो होकी भन्ने चिन्ता पनि त छ । आखिर प्राणी न हो, बाँच्ने रहर  त सबैको हुन्छ । दाङको लमही नगरपालिका वडा नम्बर १ नर्ति निवासी धनिराम चौधरी र दशनी चौधरीको दयनिय अबस्था बयान गरि साध्य छैन । त्यसैपनि गरिबिले थिचेको छ । उमेरले पनि ६५ बर्ष नाघिसकेका यी दम्पती न काम गर्न सक्छन् न घर बनाउन नै । उमेर भए त काम गरेरै भएपनि कमाई गर्थे होलान। अर्को घर बनाउथे होलान । तर,अब त त्यो पनि सम्भव कहा छ र ? किनकी उनिहरु लठ्ठीको सहारामा हिडंडुल गर्छन् । कमसेकम छोराहरु भएको भएपनि यी दम्पतीलाई बुढेसकालमा यति कष्ट ब्यहोर्नु पर्थेन होला । तर त्यो आस पनि रहेन । उनिहरुका छोरा नभएका पनि होईनन् । बिडम्बना ३ वटा छोराहरुको बाल्यकाल मै अकालमा मृत्यु भएको थियो । ३ वटी छोरीहरुलाई हेरचाह गर्दै उनिहरुको जीवन संघर्षमय बन्यो । बिस्तारै छोरीहरु हुर्कदै गए, ती दम्पतीको उमेर पनि ढल्कदै गयो । छोरीहरुको बिवाहको समय नजिकियो, उमेर पुगेपछी ३ वटै छोरीको कन्यादान पनि भयो । त्यस पश्चात् यी दम्पतीहरु एक्लै बस्दै एका छन् ।
    सबै छोरीको बिवाह भएपनि कान्छी छोरीले बेला बेलामा बाबा आमाको हेरचाह गर्थिन् । उनिहरुलाई पुग्ने रासनपानी आफ्नै घरबाट लिएर दिने गर्थिन । तर, उनले बाबा आमाको हेरचाह सधै गर्न सकिनन् । उनी भन्छिन ‘बिबाह भईसकेपछी श्रीमान र सासुकै दबावमा बस्नुपर्ने रहेछ’ यो कस्तो बिडम्बना । तिनै दम्पतीका लागि लमही नगरपालिका वडा नम्बर ४ निवासी सोनाली पुन मगर एक असल छोरीको रुपमा स्थापित भईन । समाजसेवी सोनालीले आफ्नो ब्यक्तीगत खर्चमा उनिहरुको लागी घर बनाईदिन लागेकी छिन् । २ कोठे घरको निर्माण कार्य तिब्र रुपमा अघि बढेको उनले जानकारी दिईन । करिब १ लाख रुपैयाको खर्च गरेर घरनिर्माण कार्य थालेकी हुन । लमही नगर अन्तरगतका सम्पुर्ण वडामा राहात बितरण गर्ने अभियान अन्तरगत सोनाली वडा नम्बर १ नर्ति पुगेकि थिईन । त्यहाँ पुग्दा ती दम्पतीको दयनिय अबस्था देखेर उनले आफ्नो मनलाई थाम्न सकिनन् ।अन्तत: घरै बनाईदिने निष्कर्समा पुगिन् । उनी भन्छिन ‘उहाँहरुको अबस्था देखेर जो कोहीको पनि मन त रुन्छ नै । “आफ्नो मनलाई थाम्न नसकेर नै यो निर्णय लिए, अब त चाँडै घर निर्माण कार्य पनि सकिन्छ सोनालीले भनिन्-नया घरमा प्रबेश गराएर उहाँहरु सँगै एकछाक खाना खाने धोको छ ।”
    ती दम्पती भन्छन सोनाली जस्ता सन्तान लाई जो कोही बाबा आमाले जन्म दिन सक्दैन ।
    सोनाली पुन मगर कुनै धनाढ्य कि छोरी होईनन् तर उनमा एक विशाल हृदय अबस्य छ ।

    Advertisement

    बिहिबार, जेठ ०८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ३.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • २.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ३.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ४.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ५.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ६.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ७.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ८.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...