ओमप्रकाश गुप्ता,लमही। पछिल्लो समय साइलो गितबाट चर्चामा अाएका देउखुरी क्षेत्रकै परिचित गायक विक्रम रानाको साइलो गितमा फिल्मी जगतका चक्लेटी नायक दिलिप राइमाझीले नाचेर जखेरा महोत्सव तताएका छन् । शिवरात्रीको अवसरमा जखेरा शिवालय धार्मिक तथा पर्यटन बिकास प्रतिष्ठान लमही नगरपालिका ३ जखेरातालले अायाेजना गरेकाे चाैथाे जखेरा पर्यटन तथा सांस्कृतिक महाेत्सबको शनिबार दोस्रो तथा अन्तिम दिनमा गायक विक्रमले साइलो गित गाउँदा नायक दिलिप नाचेका थिए भने उनलाई मोडेल अारूषी मगरले साथ दिएका थिए । उनीहरूको प्रस्तुतिमा दर्शकहरूले पनि नाचेर साथ दिएका थिए भने हुटिङ समेत गरेका थिए । गायक विक्रमले मलाई पनि मन पर्यो पोथी काली काली,मायाले मायाले ढाट्यो मायाले लगायतका गितबाट दर्शकलाई मनोरञ्जन दिएका थिए । उता नायक दिलिपले मोडेल अारूषी सँग मिक्स चलचित्र गितमा नृत्य देखाएका थिए । तर नायक दिलिपको एक्सन भने दर्शकले हेर्न पाएनन् । यसै बिच गायकहरू चन्द्र शर्मा,अभिमन्यु चाैधरी,जनकविवश न्याैपाने,गायक मोडेल विजय पुन,अनुप बुढा र बाल कलाकारहरू एन्जल सोमइमगर,अनुष्का अाचार्य लगायतका कलाकारले मञ्च तताएका थिए । भने भुलन्द गुप्ताले मार्मिक अभियन देखाएर दर्शकलाई भावुक बनाएका थिए । यसै बिच शनिबारनै महोत्सवको समापन गरिएको छ । प्रतिष्ठानका अध्यक्ष रामप्रसाद उपाध्यायको अध्यक्षता एवम्लमही नगरपालिका ३ नम्बर वडा अध्यक्ष बाबुराम चाैधरीको प्रमुख अातिथ्यतामा महोत्सव समापन गरिएको हो । प्रतिष्ठानका उपाध्यक्ष रविध्वज थापाको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका महासचिव लोकमणी बञ्जाडेले गरेका थिए ।
जखेरामा गायक विक्रम रानाले ‘साइलो’ गित गाउँदा नायक दिलिप नाचे छमछमी
जखेरामा गायक विक्रम रानाले ‘साइलो’ गित गाउँदा नायक दिलिप नाचे छमछमी

Advertisement
तपाईको प्रतिक्रिया