कामना डेली, कपिलवस्तु। नेपाल भम्रण बर्ष २०२० को अवसरमा बेलायको कोलवर्न टाउन काउन्सील नर्थ योक्साका मेयर डाक्टर जगन्नाथ शर्माले प्राचिन कपिलवस्तु आएका छन । श्रीमती लक्ष्मी शर्मा,दुइ छोरीहरु डाक्टर प्रतिक्षा र प्रतिभा पौड्यालसंगै उनी लुम्बिनीको भ्रमण गरी यहा आएका हुन । आइतवार दिउसो उनी सहीत परिवारले प्राचिन कपिलस्तुको तौलिहवा बजार, भिक्षु चोक लगायतका स्थलहरको अवलोकन गरेका थिए । उनलाई लुम्बिनी विकास कोषका सदस्य राजेश ज्ञवालीले स्वागत गरेका थिए ।
नेपालको पर्वत जिल्ला बिहारी गाउपालिमा जन्मेका मेयर शर्मा २० बर्ष देखि बेलायतमा छन । संचारकर्मीसंग सक्षिप्त कुराकानी गर्दै भ्रमण बर्षलाई लक्षित गरी आफनो परिवार १० दिन अघि नेपाल आएको बताए । आगमी जनवरी १५ सम्म आफुले नेपालका बिभिन्न पर्यटकी स्थलको भ्रमण गर्ने योजना रहेको उनले सुनाए । भ्रमण बर्षलाई सफल पार्न आफुले सक्दो प्रयास गर्ने र बेयायतमा समेत भ्रमण बर्षको प्रचारप्रसार गर्ने उनले प्रतिबद्धता ब्यक्त गरे ।‘ नेलालको आर्थिक विकास र संबृद्धिकालागि सरकारले राखेको भ्रमण बर्ष आफैमा महत्वपुर्ण काम हो ’ उनले भने ‘ नेपालीको नाताले मैले पनि आफनो स्तरबाट यसको सफलताकालागि पुर्ण सहयोग गछु्र्र ’ । बेलायतामा बस्ने नेपाली नागरिक र बबेलयातीलाइ समेत भ्रमण बर्षको जानकारी गराई नेपाल घुम्न आग्रह गर्ने उनले बताए ।
बिश्व शान्तिको मुहान लुम्बिनी र बुद्धको क्रिडास्थल प्राचिन कपिलस्तुमा पाईला टेक्न पाउदा आफुलाई निकै खुशी लागेको बताए । उनले लुम्बिनी र प्राचिन कपिलस्तुको योजनाबद्धरुपमा विकास गरिनु पर्नेमा जोड दिए । ‘ यस पटक समयको पावन्दीले गर्दा बुद्ध स्थलहरु त्यती राम्ररी घुम्न पाइृन अर्को पटक सयम मिलाएर फेरी भ्रमण गर्नेछु ’ उनले भने । उनले पर्वतका तीन पालिकासंग आफनो नगरपालिकाले भगेनेी संबन्ध कायम गर्ने प्रकृया अघि बाढएको समेत बताए । आईतवार उनी सहीत परिवार बुटवल पुगेका छन । यसैबिच मेयर शर्मालाइ बुटवलमा जारी औधोगिक प्रर्दशनीमा सोमवार सम्मान समेत गर्ने कार्यक्रम रहेको परिवारिक श्रोतले जनाएको छ ।